गण्डकी प्रदेश सरकारको बजेट पारित

प्रेस संवाददाता प्रेस संवाददाता
|
शुक्रबार, आषाढ १३, २०८२
|
|
४९ पटक हेरिएको
Shares
गण्डकी प्रदेश सरकारको बजेट पारित

सारांश

  • गण्डकी प्रदेश सरकारको आगामी आव २०८२/८३ को बजेट प्रदेशसभाबाट बहुमतले पारित भएको छ ।
  • यही असार १ गते सार्वजनिक बजेट र मन्त्रालयगत विनियोजनमाथि प्रदेशसभामा भएको छलपछि शुक्रबार बजेट पारित गरिएको हो ।
  • यसअघि बजेटमाथि प्रदेशसभा सदस्यहरूले उठाएका प्रश्नको मन्त्रीहरू र मुख्यमन्त्रीले प्रदेशसभामा जवाफ प्रस्तुत गर्नुभएको थियो ।

१३ असार, काठमाडौं ।

गण्डकी प्रदेश सरकारको आगामी आव २०८२/८३ को बजेट प्रदेशसभाबाट बहुमतले पारित भएको छ । यही असार १ गते सार्वजनिक बजेट र मन्त्रालयगत विनियोजनमाथि प्रदेशसभामा भएको छलपछि शुक्रबार बजेट पारित गरिएको हो । यसअघि बजेटमाथि प्रदेशसभा सदस्यहरूले उठाएका प्रश्नको मन्त्रीहरू र मुख्यमन्त्रीले प्रदेशसभामा जवाफ प्रस्तुत गर्नुभएको थियो । आजको बैठकमा मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले प्राथमिकताका आधारमा बजेट बाँडफाँट गरिएको बताउनुभयो ।

पुरानो दायित्व थपिँदा कास्की र गोरखामा बढी बजेट विनियोजन भएको उहाँको भनाइ थियो । “कास्की प्रदेशको राजधानी र पर्यटकीय राजधानीसमेत भएकाले बजेटको प्राथमिकतामा पर्नु स्वभाविक हो, गोरखामा पुराना आयोजनाको दायित्व सिर्जना हुँदा बजेट बढी विनियोजन भएको हो”, मुख्यमन्त्री पाण्डेले भन्नुभयो ।  भौतिक पूर्वाधारतर्फ रु ५० लाखभन्दा कमका योजनामा बजेट नराख्ने भनिए पनि पुरानो दायित्वकै कारण कतिपय योजनामा त्योभन्दा थोरै बजेट विनियोजन गर्नुपर्ने बाध्यता रहेको उहाँले बताउनुभयो । स्रोत सुनिश्चित नगरी योजना छनोट गर्ने प्रवृत्ति अन्त्य गर्नुपर्ने मुख्यमन्त्री पाण्डेले बताउनुभयो । प्रदेश सरकारले आगामी आव २०८२÷८३ का लागि रु ३१ अर्ब ९७ करोड ९९ लाख ९९ हजारको बजेट ल्याएको थियो ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

नेप्से परिसूचक आठ दशमलव ५७ अङ्कले घट्यो
नेप्से परिसूचक आठ दशमलव ५७ अङ्कले घट्यो
आज प्रधानमन्त्रीलाई प्रतिवेदन बुझाउँदै जेनजी आन्दोलन जाँचबुझ आयोग, त्यसपछि के हुन्छ?
आज प्रधानमन्त्रीलाई प्रतिवेदन बुझाउँदै जेनजी आन्दोलन जाँचबुझ आयोग, त्यसपछि के हुन्छ?
निजी क्षेत्रलाई लगानीमैत्री बनाउन नीतिगत सुधार भएका छन् : उर्जामन्त्री
निजी क्षेत्रलाई लगानीमैत्री बनाउन नीतिगत सुधार भएका छन् : उर्जामन्त्री
आवासीय चिकित्सक पनि सडकमा, माइतीघरमा प्रहरीसँग धकेलाधकेल
आवासीय चिकित्सक पनि सडकमा, माइतीघरमा प्रहरीसँग धकेलाधकेल
भूमिसम्बन्धी विधेयकविरुद्ध आन्दोलन गर्ने जसपाको घोषणा
भूमिसम्बन्धी विधेयकविरुद्ध आन्दोलन गर्ने जसपाको घोषणा
यी प्रदेशमा चट्याङ्सहित वर्षाको सम्भावना, सडक तथा हवाई यातायातमा प्रभाव पर्ने
यी प्रदेशमा चट्याङ्सहित वर्षाको सम्भावना, सडक तथा हवाई यातायातमा प्रभाव पर्ने
भूमिहीन सुकुम्बासीलाई जग्गाधनी प्रमाण पुर्जा वितरण सुरु
भूमिहीन सुकुम्बासीलाई जग्गाधनी प्रमाण पुर्जा वितरण सुरु
एनपीएल क्रिकेटमा आज चार टोली मैदान उत्रने
एनपीएल क्रिकेटमा आज चार टोली मैदान उत्रने
माछा मार्न गएका बोटे कालीगण्डकी नदीमा मृत फेला
माछा मार्न गएका बोटे कालीगण्डकी नदीमा मृत फेला
मानव अधिकारको रक्षाका लागि सरकार कटिबद्ध छ : प्रधानमन्त्री ओली
मानव अधिकारको रक्षाका लागि सरकार कटिबद्ध छ : प्रधानमन्त्री ओली