सुरु भयो १५ दिने मिथिला माध्यमिकी परिक्रमा

प्रेस संवाददाता प्रेस संवाददाता
|
बिहिबार, फाल्गुन १५, २०८१
|
|
४२ पटक हेरिएको
Shares
सुरु भयो १५ दिने मिथिला माध्यमिकी परिक्रमा

सारांश

  • मिथिलाञ्चल क्षेत्रका धार्मिक तथा ऐतिहासिक महत्वको १५ दिने मध्य (माध्यमिकी) परिक्रमा आजदेखि सुरु भएको छ ।
  • धनुषाको मिथिला बिहारी नगरपालिकाको कचुरीबाट मिथिला बिहारीको डोला परिक्रमाका लागि प्रस्थान गरेपछि १५ दिने परिक्रमा विधिवत रुपमा सुरु भएको हो ।
  • आज दिउँसो जनकपुरधाम आइपुग्ने मिथिला बिहारीको डोला अग्निकुण्डमा विश्राम गरेर किशोरीजीको डोलासहित जनकपुरको अन्य मठमन्दिरको डोला हनुमाननगर पुग्नेछ ।

१५ फागुन, जनकपुरधाम । मिथिलाञ्चल क्षेत्रका धार्मिक तथा ऐतिहासिक महत्वको १५ दिने मध्य (माध्यमिकी) परिक्रमा आजदेखि सुरु भएको छ । धनुषाको मिथिला बिहारी नगरपालिकाको कचुरीबाट मिथिला बिहारीको डोला परिक्रमाका लागि प्रस्थान गरेपछि १५ दिने परिक्रमा विधिवत रुपमा सुरु भएको हो । आज दिउँसो जनकपुरधाम आइपुग्ने मिथिला बिहारीको डोला अग्निकुण्डमा विश्राम गरेर किशोरीजीको डोलासहित जनकपुरको अन्य मठमन्दिरको डोला हनुमाननगर पुग्नेछ ।

हनुमाननगरमा रात्रि विश्रामपछि शुक्रबार परिक्रमा भारत विहारको कलनस्थित कल्यानेश्वरका लागि प्रस्थान गर्ने छ । फागुने औँसीदेखि पूर्णिमासम्म चल्ने परिक्रमामा धनुषा, महोत्तरी र भारत बिहारका दर्जनांै धार्मिक ऐतिहासिक स्थलहरुको ९० किलो मिटर र छिमेकी मुलुक भारतको ३० किलो मिटर गरि जम्मा १२० किलो मिटर भू–भागको यात्रा गरिन्छ । १५ दिने परिक्रममा अन्तर्गत क्रमश जनकपुरको हनुमान नगर, बिहारको कलनास्थित कल्यानेश्वर, भारतकै फुलहर स्थित गिरिजा स्थान,

महोत्तरीको मठिहानी, जलेश्वर, मडई, धुव्रकुण्ड, कञ्चनवन, पर्वता, धनुषाधाम, सतोखर, औरही, करुण (भारत), विसौल (भारत) र यात्राको अन्तिम दिन अर्थात १५ औ दिन जनकपुरको अन्तरगृह परिक्रमा गरी मध्य परिक्रमा सम्पन्न हुनेगर्दछ । डोलामा परम्परागत बाजाँगाजा, झाँकी कीर्तनसहितका मौलिक पहिरनमा लाखौ नरनारीहरु सहभागिता हुने गर्छन् । वृहत्त, मध्य र अन्तरगृह गरि चीन प्रकारको परिक्रमा गरिन्छ । तर विभिन्न समस्याका कारण वर्तमान समयमा मध्य परिक्रमामा रुचि राख्नेहरुको संख्या अहिले पनि उल्लेखनिय रहेको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

बागलुङमा  भाडाकै घरमा पाँच पालिका सञ्चालन
बागलुङमा भाडाकै घरमा पाँच पालिका सञ्चालन
नेप्से निरन्तर घट्दो क्रममा, कारोबार रकममा भने सामान्य सुधार
नेप्से निरन्तर घट्दो क्रममा, कारोबार रकममा भने सामान्य सुधार
पैगम्बर मुहम्मदको जन्म जयन्तीको उपलक्ष्यमा रक्तदान कार्यक्रम सम्पन्न
पैगम्बर मुहम्मदको जन्म जयन्तीको उपलक्ष्यमा रक्तदान कार्यक्रम सम्पन्न
११ औं पटक सर्‍यो संसद् बैठक, कारण एउटै- विशेष !
११ औं पटक सर्‍यो संसद् बैठक, कारण एउटै- विशेष !
मधेशका अधिकांश पुल निर्माण अलपत्र, पदमा रहे वा नरहे पनि खबरदारी गर्छु : मन्त्री घिसिङ
मधेशका अधिकांश पुल निर्माण अलपत्र, पदमा रहे वा नरहे पनि खबरदारी गर्छु : मन्त्री घिसिङ
कांग्रेस केन्द्रीय कार्यसमिति बैठक सर्‍यो
कांग्रेस केन्द्रीय कार्यसमिति बैठक सर्‍यो
अशान्त भारतीय राज्य मणिपुरमा ताजा हिंसापछि कर्फ्यू आदेश
रुकुम पश्चिमका २२ हजार घरधुरीमा केन्द्रीय विद्युत् प्रसारण
रुकुम पश्चिमका २२ हजार घरधुरीमा केन्द्रीय विद्युत् प्रसारण
धनुषामा सिँचाइ गर्ने क्रममा करेन्ट लागेर किसानको मृ*त्यु
धनुषामा सिँचाइ गर्ने क्रममा करेन्ट लागेर किसानको मृ*त्यु
नेपाल बैंकको खुद नाफा ३२२.९८ प्रतिशतले बढ्यो, सञ्चालन मुनाफामा पनि छलाङ
नेपाल बैंकको खुद नाफा ३२२.९८ प्रतिशतले बढ्यो, सञ्चालन मुनाफामा पनि छलाङ