जावलाखेलमा अर्धबेहोस भेटिएका दम्पतीको मृत्यु

प्रेस संवाददाता प्रेस संवाददाता
|
शनिबार, आषाढ १, २०८१
|
|
२१ पटक हेरिएको
Shares
जावलाखेलमा अर्धबेहोस भेटिएका दम्पतीको मृत्यु

सारांश

  • ललितपुर महानगरपालिकाको जावलाखेलमा अर्धचेत अवस्थामा भेटिएका दम्पतीको मृत्यु भएको छ ।
  • सिन्धुपाल्चोक घर भई हाल जावलाखेल अल्का अस्पताल पछाडि डेरा गरी बस्ने अन्दाजी २५ वर्षीय उमेश सेन्चुरी र उनकी श्रीमती रेणु सेन्चुरीको उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।
  • ​ जिल्ला प्रहरी परिसर ललितपुरका प्रवक्ता एसपी नरेश सुवेदीका अनुसार उनीहरू शुक्रबार राति साढे ८ बजे अर्धबेहोश अवस्थामा फेला परेका थिए ।

 

१ असार, ललितपुर। ललितपुर महानगरपालिकाको जावलाखेलमा अर्धचेत अवस्थामा भेटिएका दम्पतीको मृत्यु भएको छ ।

सिन्धुपाल्चोक घर भई हाल जावलाखेल अल्का अस्पताल पछाडि डेरा गरी बस्ने अन्दाजी २५ वर्षीय उमेश सेन्चुरी र उनकी श्रीमती रेणु सेन्चुरीको उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।​ जिल्ला प्रहरी परिसर ललितपुरका प्रवक्ता एसपी नरेश सुवेदीका अनुसार उनीहरू शुक्रबार राति साढे ८ बजे अर्धबेहोश अवस्थामा फेला परेका थिए ।​​

स्थानीयले जानकारी गराएपछि प्रहरीले दुवै जनालाई उपचारको लागि पाटन अस्पताल पुर्‍याएको थियो । उनीहरूको उपचारको क्रममा राति साढे ९ बजे मृत्यु भएको थियो । सेन्चुरी दम्पतीको शव पोस्टमार्टमको लागि शिक्षण अस्पताल महाराजगन्ज पठाइएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी परिसर ललितपुरले जनाएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?