प्रादेशिक अस्पताल मलंगवामा सार्वजनिक बिदाका दिन पनि नियमित सेवा सञ्चालन

प्रेस संवाददाता प्रेस संवाददाता
|
आइतबार, फाल्गुन १८, २०८१
|
|
२३ पटक हेरिएको
Shares
प्रादेशिक अस्पताल मलंगवामा सार्वजनिक बिदाका दिन पनि नियमित सेवा सञ्चालन

सारांश

  • बिरामीहरूको उपचारलाई निरन्तरता दिन चिकित्सक तथा स्वास्थ्यकर्मीहरू खटिएका थिए।
  •   अस्पतालका निमित्त मेडिकल सुपरिटेन्डेन्ट डा.
  • सचिन यादवका अनुसार सार्वजनिक बिदाका दिन पनि आकस्मिक तथा नियमित सेवा अवरुद्ध नभएको र तीन वटा आकस्मिक सिजेरियन शल्यक्रिया (Emergency LSCS) सफलतापूर्वक सम्पन्न भएका छन्।

मलंगवा, फागुन १६ – ग्याल्पो ल्होछारको सार्वजनिक बिदाका दिन पनि प्रादेशिक अस्पताल मलंगवामा नियमित स्वास्थ्य सेवा सञ्चालन गरियो। बिरामीहरूको उपचारलाई निरन्तरता दिन चिकित्सक तथा स्वास्थ्यकर्मीहरू खटिएका थिए।

अस्पतालका निमित्त मेडिकल सुपरिटेन्डेन्ट डा. सचिन यादवका अनुसार सार्वजनिक बिदाका दिन पनि आकस्मिक तथा नियमित सेवा अवरुद्ध नभएको र तीन वटा आकस्मिक सिजेरियन शल्यक्रिया (Emergency LSCS) सफलतापूर्वक सम्पन्न भएका छन्।

त्यस्तै, परिवार नियोजन, सुरक्षित गर्भपात, ART सेन्टर, DOTS, ARV सेवा (कुकुरले टोकेको घाउ उपचार), प्रयोगशाला, फिजियोथेरापी, रक्तसञ्चार केन्द्र (ब्लड बैंक), सामाजिक सुरक्षा इकाई (SSU), तथा एकद्वार संकट व्यवस्थापन केन्द्र (OCMC) जस्ता सेवाहरू पनि नियमित रूपमा सञ्चालन भएका थिए।

हिजो मात्रै अस्पतालमा “मानसिक स्वास्थ्य” विषयमा विशेष शैक्षिक कार्यक्रम सम्पन्न भएको थियो। प्रमुख वक्ता डा. बैजु कुशवाहाले मानसिक स्वास्थ्यसम्बन्धी भ्रम हटाउन तथा यसको महत्त्वबारे जानकारी गराउन प्रस्तुति दिएका थिए। डा. यादवले नेपाल सरकारका मानसिक स्वास्थ्यसम्बन्धी पहलहरू तथा नेपालको संविधानले गरेको व्यवस्थाबारे जानकारी गराउँदै, ज्ञानवर्धक प्रस्तुतीकरणका लागि डा. कुशवाहालाई धन्यवाद ज्ञापन पनि गरेका थिए।

डा. यादवका अनुसार कार्यक्रमको बिचमै आकस्मिक प्रसूति तथा नवजात शिशु सेवा (EmONC) मा एक अनबुक्ड केस आइपुगेको थियो, जसमा ४२ हप्ते गर्भवती पहिलोपटक आमा (Primigravida) प्रसव पीडामा थिइन्। बच्चाको पेटभित्रको पानी (एम्नियोटिक फ्लुइड) बाक्लो मेकोनियम मिश्रित (Thick MSL) थियो र भ्रूणको मुटुको चाल निकै कम (Fetal Bradycardia) देखिएको थियो। सीमित स्रोतको बाबजुद पनि शल्यक्रिया (Em. LSCS) गरियो, जसमा बच्चाले जन्मनेबित्तिकै रुवायो, जुन राम्रो संकेत हो, डा. यादवले बताए।

अस्पताल व्यवस्थापनका अनुसार, भविष्यमा पनि बिरामीहरूको सुविधाका लागि सार्वजनिक बिदाका दिन नियमित सेवा सञ्चालन गरिनेछ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

सिरहा भन्सार कार्यालयले उठायो लक्ष्यभन्दा बढी राजस्व
सिरहा भन्सार कार्यालयले उठायो लक्ष्यभन्दा बढी राजस्व
सहकारीका समस्याबारे राष्ट्रपतिको चासो, मन्त्री र सचिवलाई दिए निर्देशन
सहकारीका समस्याबारे राष्ट्रपतिको चासो, मन्त्री र सचिवलाई दिए निर्देशन
विमानस्थल भन्सारमा सशस्त्र राखेपछि रिसायो नेपाल प्रहरी
विमानस्थल भन्सारमा सशस्त्र राखेपछि रिसायो नेपाल प्रहरी
सुदूरपश्चिम विरुद्ध टस जितेर बलिङ गर्दै लुम्बिनी
सुदूरपश्चिम विरुद्ध टस जितेर बलिङ गर्दै लुम्बिनी
हिम्मत भए केपी ओलीलाई पक्रेर देखाउ : महेश बस्नेत
हिम्मत भए केपी ओलीलाई पक्रेर देखाउ : महेश बस्नेत
सुनचाँदीको भाउमा उछाल, सुन तोलामा २३ सयले बढ्दा चाँदी पनि महँगियो
सुनचाँदीको भाउमा उछाल, सुन तोलामा २३ सयले बढ्दा चाँदी पनि महँगियो
सभापति कप: सहिद गेटमा आज ट्रफी अनावरण हुँदै
सभापति कप: सहिद गेटमा आज ट्रफी अनावरण हुँदै
विपक्षीको अवरोधपछि संसद् बैठक स्थगित
विपक्षीको अवरोधपछि संसद् बैठक स्थगित
रुपन्देहीमा कांग्रेस नेता बालकृष्ण खाँणको घर तोडफोड, कांग्रेस र एमाले कार्यालय तोडफोड तथा गाडीमा आगजनी
रुपन्देहीमा कांग्रेस नेता बालकृष्ण खाँणको घर तोडफोड, कांग्रेस र एमाले कार्यालय तोडफोड तथा गाडीमा आगजनी
दार्चुलामा आप्रवासी स्रोत केन्द्र
दार्चुलामा आप्रवासी स्रोत केन्द्र