सरकारवादी मुद्दामा महान्यायाधिवक्ताको कार्यालयलाई ६८ प्रतिशत सफलता

प्रेस संवाददाता प्रेस संवाददाता
|
शुक्रबार, श्रावण २, २०८२
|
|
३५ पटक हेरिएको
Shares
सरकारवादी मुद्दामा महान्यायाधिवक्ताको कार्यालयलाई ६८ प्रतिशत सफलता

सारांश

  •   महान्यायाधिवक्ताको कार्यालयले सरकारवादी मुद्दामा ६८ प्रतिशत सफलता प्राप्त गरेको जनाएको छ ।
  • शुक्रवार काठमाडौंमा एक कार्यक्रमको आयोजना गर्दैै महान्यायाधिवक्ता रमेश बडालले २०८१ सालमा सरकारवादी मुद्दामा ६८ प्रतिशत सफलता प्राप्त भएको जानकारी दिनुभएको हो ।
  • उहाँकाअनुसार हालसम्म ३ हजार ३ सय ७० वटा मुद्दा फाइलको अध्ययनपछि २ हजार ७ सय ९० वटामा मुद्दामा कार्यालयले पुनरावेदन नगर्ने निर्णय गरेको छ ।

२ साउन, काठमाडौं । 

महान्यायाधिवक्ताको कार्यालयले सरकारवादी मुद्दामा ६८ प्रतिशत सफलता प्राप्त गरेको जनाएको छ । शुक्रवार काठमाडौंमा एक कार्यक्रमको आयोजना गर्दैै महान्यायाधिवक्ता रमेश बडालले २०८१ सालमा सरकारवादी मुद्दामा ६८ प्रतिशत सफलता प्राप्त भएको जानकारी दिनुभएको हो । उहाँकाअनुसार हालसम्म ३ हजार ३ सय ७० वटा मुद्दा फाइलको अध्ययनपछि २ हजार ७ सय ९० वटामा मुद्दामा कार्यालयले पुनरावेदन नगर्ने निर्णय गरेको छ ।

उहाँले प्राप्त मुद्दाहरुमध्ये ४८६ वटा सर्वोच्च अदालतमा र ९५ वटा मुद्दा उच्च अदालतमा पुनरावेदन गर्ने गर्ने निर्णय गरेको बताउनु भयो । मुद्दा चलाउने वा नचलाउनेबारे गरिएको प्रारम्भिक निर्णयमा ३६८ मुद्दामध्ये ३४० वटामा मुद्दा नचलाउने निर्णय गरिएको बताउनु भयो । उहाँले अघिल्लो कार्यकालको तुलनामा पुनरावेदनसम्बन्धी फाइल संख्या घटेको बताउनु भयो । उहाँले नायब र सह–न्यायाधिवक्तालाई निर्णयको अधिकार प्रत्यायोजन गरिएकाले फाइलको संख्या स्वाभाविक रूपमा कम भएको बताउनु भयो । उहाँले भन्नुभयो, ‘३ हजार ३ सय ७० वटा फाइलमा पुनरावेदन गर्ने वा नगर्ने भन्ने विषयमा मैले हस्ताक्षर गरेको छु । त्यसमध्ये २ हजार ७ सय ९० वटामा पुनरावेदन नगर्ने भनी निर्णय भएको छ । ४८६ वटा सर्वोच्च अदालतमा र ९५ वटा उच्च अदालतमा पुनरावेदन गर्नेगरी फर्काइएको रहेछ । मुद्दा चलाउने कि नचलाउने भनेर हेर्ने हो भने ३६८ वटा मुद्दामध्ये ३४० वटा मुद्दा नचल्ने निर्णय भएको छ ।

किनभने मुद्दा चल्ने हो भने त तलबाटै चलिसकेको हुन्छ । त्यसमध्ये १० वटा मुद्दा चलाउने भनेर हामीले तल फर्कायौं । बाँकी मुद्दाहरुमा थप अनुसन्धान र आवश्यकताअनुसार फर्काएका छौं । यसअधिका महान्यायाधिवक्ताको कार्यकालमा यो संख्या यसभन्दा दोब्बर भएको हुनसक्छ भन्ने मेरो अनुमान छ । किनभने म आइसकेपछि कतिपय अधिकारहरु तल नायब महान्यायाधिवक्तालाई प्रत्योजन गरिएको थियो । सह न्यायाधिवक्तालाई समेत अधिकार प्रत्योजन गरिएको कारणले गर्दा फाइल संख्या गत वर्षभन्दा घटेको छ भन्ने मेरो अनुमान हो । गत वर्ष हामीले अभियोजन गरेको सरकारवादी मुद्दामध्ये ६८ प्रतिशत सफलता हासिल गरेको देखिन्छ । त्यो सफलता भन्नुको मतलब के हो भने हामीले सवारी ज्यान मुद्दामा कुनैपनि सजाय भएमा हामीले त्यसलाई सफलता रुपमा लियौं । यो वर्ष यस्तो संख्या बढेको मेरो विश्वास छ ।’ फौजदारी न्याय प्रणालीलाई र सुधारका लागि आफू प्रतिवद्ध रहेको उहाँले बताउनु भयो । शुक्रवार नै महान्यायाधिवक्ताको कार्यालयका नायव महान्यायाधिवक्ता टेकबहादुर घिमिरेको विदाई समेत गरिएको छ । घिमिरे अनिवार्य अवकाशमा जान लाग्नुभएको कारण बिदाई गरिएको हो ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

युक्रेनमा रुसी हवाई आक्रमण, पाँच जनाको मृ*त्यु, दर्जनौं घाइते
युक्रेनमा रुसी हवाई आक्रमण, पाँच जनाको मृ*त्यु, दर्जनौं घाइते
जनकपुरधामलाई ‘म्यारिज हव’को रुपमा विकास गर्नुपर्छः उपप्रधानमन्त्री सिंह
जनकपुरधामलाई ‘म्यारिज हव’को रुपमा विकास गर्नुपर्छः उपप्रधानमन्त्री सिंह
जसपाको दोस्रो दिनको बैठकपनि निष्कर्षविहीन, भोलि फेरि बस्ने
जसपाको दोस्रो दिनको बैठकपनि निष्कर्षविहीन, भोलि फेरि बस्ने
जागिरबाट निकालिएका गाडी चालकले गरे पानी फ्याक्ट्रीका म्यानेजरको हत्या
जागिरबाट निकालिएका गाडी चालकले गरे पानी फ्याक्ट्रीका म्यानेजरको हत्या
कुष्ठरोग प्रभावितप्रति राज्यले पर्याप्त काम गर्न सकेन : मन्त्री सिन्हा
कुष्ठरोग प्रभावितप्रति राज्यले पर्याप्त काम गर्न सकेन : मन्त्री सिन्हा
कांग्रेस विशेष महाधिवेशनको बन्दसत्र : नीति–नेतृत्व मन्थन हुने
कांग्रेस विशेष महाधिवेशनको बन्दसत्र : नीति–नेतृत्व मन्थन हुने
उत्पादनबिनाको वितरणले समस्या निम्तायोः कांग्रेस उपसभापति गुरुङ
उत्पादनबिनाको वितरणले समस्या निम्तायोः कांग्रेस उपसभापति गुरुङ
कम्युनिष्ट आदर्शको लक्ष्य आर्थिक तथा सामाजिक रुपान्तरणका लागि हुनुपर्छः अध्यक्ष नेपाल
कम्युनिष्ट आदर्शको लक्ष्य आर्थिक तथा सामाजिक रुपान्तरणका लागि हुनुपर्छः अध्यक्ष नेपाल
निर्वाचन तयारीबारे आयोग र गृह मन्त्रालयबीच छलफल
निर्वाचन तयारीबारे आयोग र गृह मन्त्रालयबीच छलफल
जलवायु परिवर्तनको क्षतिपूर्ति माग गर्दै काठमाडौँमा प्रदर्शन