जागिरबाट निकालिएका गाडी चालकले गरे पानी फ्याक्ट्रीका म्यानेजरको हत्या

प्रेस संवाददाता प्रेस संवाददाता
|
आइतबार, मंसिर १४, २०८२
|
|
२३ पटक हेरिएको
Shares
जागिरबाट निकालिएका गाडी चालकले गरे पानी फ्याक्ट्रीका म्यानेजरको हत्या

सारांश

  • प्रसौनी गाउँपालिका ६ भुलही चोकमा रहेको किरण बेभरेज नेपाल प्रालि (पानी फ्याक्ट्री) का म्यानेजर रामकिशोर सिंहको मंसिर ११ गते राति ८ः२५ बजे हत्या भएको थियो।
  • उनको हत्या कम्पनीकै सवारी चालकले गरेको खुलासा भएको छ।
  • पर्साको वीरगन्ज महानगरपालिका २२ मनियारीका २१ वर्षीय राजनकुमार रामले आफ्ना साथीसँग मिलेर हत्या गरेको प्रहरीको दाबी छ।

१४ मंसिर, बारा

बारामा एउटा पानी फ्याक्ट्रीका म्यानेजरको हत्या भएको छ। प्रसौनी गाउँपालिका ६ भुलही चोकमा रहेको किरण बेभरेज नेपाल प्रालि (पानी फ्याक्ट्री) का म्यानेजर रामकिशोर सिंहको मंसिर ११ गते राति ८ः२५ बजे हत्या भएको थियो। उनको हत्या कम्पनीकै सवारी चालकले गरेको खुलासा भएको छ। पर्साको वीरगन्ज महानगरपालिका २२ मनियारीका २१ वर्षीय राजनकुमार रामले आफ्ना साथीसँग मिलेर हत्या गरेको प्रहरीको दाबी छ।

रामकिशोरले सवारी चालक राजकुमारलाई जागिरबाट निकालेका थिए। सोही विषयलाई लिएर उनको हत्या भएको बारा प्रहरीको निस्कर्ष छ। हत्यामा संलग्न रहेको आरोपमा राजकुमार र उनका साथी सोही ठाउँका ३२ वर्षीय प्रमोद साह तुरहालाई चक्कुसहित पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय बाराका प्रहरी निरीक्षक खेमप्रसाद नेपालले बताए।  सर्लाही धनकौल गाउँपालिका २ घर भई सोही फ्याक्ट्रीमा मेनेजरको काम गर्ने ५० वर्षीय रामकिशोरको धारिलो हतियारको प्रयोग गरी विभत्स हत्या भएको थियो। पानी फ्याक्ट्रीभन्दा २५ मिटर उत्तरतर्फ खाल्डोमा फालिएको अवस्थामा रामकिशोरको शव फेला परेको थियो।

राजनकुमार राम सोही पानी फ्याक्ट्रीमा चालकको रूपमा काम गर्दै आईरहेका थिए। गत सालको गढीमाइ मेलाको समयमा गाडीको क्लजप्लेट जलाएको भन्दै म्यानेजरसँग उनको झगडा भएको थियो। त्यतिबेला काम छाडेका उनी गएको कात्तिक १ गतेदेखि पुनः काममा फर्किएका थिए।  तर काम गर्दा उनले फ्याक्ट्रीले तोकेको भन्दा ५ देखि १० रुपैयाँ बढीमा पानी बेच्ने गरेको कम्पनीले थाहा पायो। कम्पनीले पानीको विक्रि मुल्य प्रतिकार्टुन ११० रुपैयाँ तोकेको थियो। तर चालक रामले ११५ देखि १२० रुपैयाँसम्म लिने गरेको भेटियो।  बढी लिएको रकम चालक आफै लैजान्थे। त्यो थाहा पाएपछि म्यानेजर रामकिशोरले चालक राजनकुमारलाई कामबाट निकालेका थिए। यस पटक उनी काम थालेको डेढ महिना नहुँदै निकालिए। यस विषयमा दुई जनाको झगडा भयो।  मंसिर ११ गते म्यानेजरले उनको हिसाबकिताब चुक्ता गरेर पठाइदिएका थिए। सोही विषयलाई लिएर चालक राजनकुमारले आफ्नो साथी प्रमोद साह तुरहासँग मिलेर हत्या गर्ने योजना बनाएको खुलेको छ।

त्यसबेलुका रामकिशोर फ्याक्ट्रीमै थिए। रक्सी खाएर राजनकुमार र प्रमोद त्यहाँ पुगे। उनीहरुले इँट्टा र चक्कु साथमा लिएर गएका थिए।त्यसैले प्रहार गरी हत्या गरेको प्रहरीको दाबी छ। १२ गते बिहान ८ बजेतिर प्रहरीलाई घटनाको सूचना आएको थियो। घटना स्थलमा पुगेर प्हरीले अनुसन्धान अगाडी बढाएको थियो। घटनामा संलग्न व्यक्तिहरुको पहिचान गरी प्रहरीले खोजीकार्य सुरु गरेको गर्यो।  पर्साको छिपहरमाई गाउँपालिका ५ भिस्वाको नाकाबाट भारततर्फ भाग्दै गरेको अवस्थामा राजनकुमार रामलाई पक्राउ गर्यो।  प्रमोद साह तुरहा वीरगञ्ज महानगरपालिका २२ मा लुकिछिपि बसेको अवस्थामा पक्राउ परेका थिए। उनीहरुविरुद्ध कर्तव्य ज्यान सम्बन्धी कसुरमा बारा जिल्ला अदालतबाट ७ दिन म्याद लिएर प्रहरीले अनुसन्धान अगाडी बढाएको निरीक्षक नेपालले बताए।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?