Press 4K
शुक्रबार, १४ कार्तिक २०८३
Bajaj Himanshu Motors
Bajaj Himanshu Motors

कृषि नै विकासको प्रमुख आधार हो : मन्त्री पौडेल

प्रेस संवाददाता प्रेस संवाददाता
|
आइतबार, चैत्र २९, २०८२
|
|
१९८ पटक हेरिएको
Shares
कृषि नै विकासको प्रमुख आधार हो : मन्त्री पौडेल

सारांश

  • बागमती प्रदेशका कृषि तथा पशुपन्छी विकास मन्त्री मधुसुदन पौडेलले स्थानीय तहमा रोजगारी सिर्जना नगरेसम्म विकासको वास्तविक अर्थ जनताले अनुभूति गर्न नसक्ने बताएका छन् ।
  • कृषिमा अन्तरप्रदेश सम्बन्ध र सहकार्य विषयक छलफल कार्यक्रममा बोल्दै मन्त्री पौडेलले नेपालको जस्तो देशका लागि कृषि नै विकासको प्रमुख आधार भएको उल्लेख गरे ।
  • उनले भने, ‘स्थानिय तहमा रोजगारी सिर्जना नगरेसम्म विकासको अर्थ जनताले बुझ्न सक्दैनन् ।

 

२९ चैत,काठमाडौं ।

बागमती प्रदेशका कृषि तथा पशुपन्छी विकास मन्त्री मधुसुदन पौडेलले स्थानीय तहमा रोजगारी सिर्जना नगरेसम्म विकासको वास्तविक अर्थ जनताले अनुभूति गर्न नसक्ने बताएका छन् । कृषिमा अन्तरप्रदेश सम्बन्ध र सहकार्य विषयक छलफल कार्यक्रममा बोल्दै मन्त्री पौडेलले नेपालको जस्तो देशका लागि कृषि नै विकासको प्रमुख आधार भएको उल्लेख गरे ।

उनले भने, ‘स्थानिय तहमा रोजगारी सिर्जना नगरेसम्म विकासको अर्थ जनताले बुझ्न सक्दैनन् । हाम्रो जस्तो मुलुकको लागि विकासको सबैभन्दा महत्वपूर्ण कुरा जुन रोजगारीसँग जोडिएको छ त्यो कृषि नै हो । कृषि आधारित उद्योग र कृषि आधारित कर्म नै हाम्रो जस्तो मुलुकका लागि विकासको प्रमुख आधार हो ।’ उनले कृषि आधारित उद्योग र कृषि कर्ममार्फत रोजगारी सिर्जना गर्न सकिने भएकाले यस क्षेत्रमा विशेष ध्यान दिनुपर्ने बताए ।

मन्त्री पौडेलले मल अभावको समस्या अझै समाधान हुन नसकेको पनि बताए । उनले रासायनिक मलको खरिद केन्द्र सरकारले गर्ने र प्रदेश सरकारले वितरण गर्ने व्यवस्था भए पनि बागमती प्रदेशका लागि आवश्यक मल पर्याप्त मात्रामा उपलब्ध हुन नसकेको बताए । उनले बागमती प्रदेशलाई वार्षिक करिब १ लाख १३ हजार मेट्रिक टन मल आवश्यक पर्ने जानकारी दिए । उनले भने, ‘मलको कुरा सधैं उठ्दै आएको छ । केन्द्र सरकारले मल खरिद गर्छ । प्रदेश सरकारले वितरण गर्ने मात्रै हो । १ लाख १३ हजार मेट्रिक टन बागमती प्रदेशलाई मलखात आवश्यक छ ।  त्यो अपुग छ । यसमा सबैभन्दा बढी ध्यान दिनुपर्ने छ ।’ उनले रासायनिक मलसँगै जैविक तथा प्राङ्गारिक मलको प्रयोगमा पनि जोड दिनुपर्ने बताए । कृषि उत्पादन वृद्धि र दिगो विकासका लागि सबै तहका सरकार र सरोकारवालाले यस विषयमा विशेष ध्यान दिनुपर्ने उनको भनाइ थियो ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

विपद्को जोखिम व्यवस्थापन सरकारको उच्च प्राथमिकतामा छ : गृहमन्त्री आर्याल
विपद्को जोखिम व्यवस्थापन सरकारको उच्च प्राथमिकतामा छ : गृहमन्त्री आर्याल
बसको झ्यालबाट टाउको निकाल्दा गेटमा ठोक्किएर किशोरीको मृ*त्यु
बसको झ्यालबाट टाउको निकाल्दा गेटमा ठोक्किएर किशोरीको मृ*त्यु
बराह सहकारीकाे पाैने ११ अर्ब हिनामिना- बराह ग्रुपमा आवद्ध दुई दर्जनबढी कम्पनीलाई मुद्दा
बराह सहकारीकाे पाैने ११ अर्ब हिनामिना- बराह ग्रुपमा आवद्ध दुई दर्जनबढी कम्पनीलाई मुद्दा
निर्मला ह*त्या प्रकरणका सात वर्ष : अनुसन्धान जारी
निर्मला ह*त्या प्रकरणका सात वर्ष : अनुसन्धान जारी
क्यान्सरका बिरामीलाई निःशुल्क हवाई टिकट उपलब्ध गराउन सम्झौता
क्यान्सरका बिरामीलाई निःशुल्क हवाई टिकट उपलब्ध गराउन सम्झौता
नीति तथा कार्यक्रम राजाकालीन परम्पराको निरन्तरता हो : उपेन्द्र यादव
नीति तथा कार्यक्रम राजाकालीन परम्पराको निरन्तरता हो : उपेन्द्र यादव
कांग्रेसको नीति प्रतिष्ठानले तोक्यो सात वटा उपसमितिका संयोजक
कांग्रेसको नीति प्रतिष्ठानले तोक्यो सात वटा उपसमितिका संयोजक
मन्त्री रावल र चिनियाँ राजदूतबीच शिष्टाचार भेटवार्ता
मन्त्री रावल र चिनियाँ राजदूतबीच शिष्टाचार भेटवार्ता
अर्थमन्त्री खनालद्वारा आगजनीले ध्वस्त भाटभटेनी निरीक्षण
अर्थमन्त्री खनालद्वारा आगजनीले ध्वस्त भाटभटेनी निरीक्षण
मानव स्रोत विकास परियोजना कार्यान्वयन गर्न जापानले नेपाललाई दियो ५३ करोड ७० लाख अनुदान
मानव स्रोत विकास परियोजना कार्यान्वयन गर्न जापानले नेपाललाई दियो ५३ करोड ७० लाख अनुदान

पात्रो

२०८३
Sep/Oct 2026
आइत
सोम
मंगल
बुध
बिहि
शुक्र
शनि

राशिफल

राशिफल लोड हुँदैछ...

रेडियो

रेडियो लोड हुँदैछ...

स्टेशन छान्नुहोस्

-

भिडियो

लोड हुँदैछ...

मिति परिवर्तन

विनिमय दर

मुद्रा रूपान्तरण

Update: Loading...
🇺🇸 USD
🇳🇵 NPR

Indicative Exchange Rate: 1 USD = Loading...

Open Market Rates

Currency Unit Buy Sell

...