Press 4K
बिहिबार, २५ भाद्र २०८३

कृषि नै विकासको प्रमुख आधार हो : मन्त्री पौडेल

प्रेस संवाददाता प्रेस संवाददाता
|
आइतबार, चैत्र २९, २०८२
|
|
१९१ पटक हेरिएको
Shares
कृषि नै विकासको प्रमुख आधार हो : मन्त्री पौडेल

सारांश

  • बागमती प्रदेशका कृषि तथा पशुपन्छी विकास मन्त्री मधुसुदन पौडेलले स्थानीय तहमा रोजगारी सिर्जना नगरेसम्म विकासको वास्तविक अर्थ जनताले अनुभूति गर्न नसक्ने बताएका छन् ।
  • कृषिमा अन्तरप्रदेश सम्बन्ध र सहकार्य विषयक छलफल कार्यक्रममा बोल्दै मन्त्री पौडेलले नेपालको जस्तो देशका लागि कृषि नै विकासको प्रमुख आधार भएको उल्लेख गरे ।
  • उनले भने, ‘स्थानिय तहमा रोजगारी सिर्जना नगरेसम्म विकासको अर्थ जनताले बुझ्न सक्दैनन् ।

२९ चैत,काठमाडौं ।

बागमती प्रदेशका कृषि तथा पशुपन्छी विकास मन्त्री मधुसुदन पौडेलले स्थानीय तहमा रोजगारी सिर्जना नगरेसम्म विकासको वास्तविक अर्थ जनताले अनुभूति गर्न नसक्ने बताएका छन् । कृषिमा अन्तरप्रदेश सम्बन्ध र सहकार्य विषयक छलफल कार्यक्रममा बोल्दै मन्त्री पौडेलले नेपालको जस्तो देशका लागि कृषि नै विकासको प्रमुख आधार भएको उल्लेख गरे ।

उनले भने, ‘स्थानिय तहमा रोजगारी सिर्जना नगरेसम्म विकासको अर्थ जनताले बुझ्न सक्दैनन् । हाम्रो जस्तो मुलुकको लागि विकासको सबैभन्दा महत्वपूर्ण कुरा जुन रोजगारीसँग जोडिएको छ त्यो कृषि नै हो । कृषि आधारित उद्योग र कृषि आधारित कर्म नै हाम्रो जस्तो मुलुकका लागि विकासको प्रमुख आधार हो ।’ उनले कृषि आधारित उद्योग र कृषि कर्ममार्फत रोजगारी सिर्जना गर्न सकिने भएकाले यस क्षेत्रमा विशेष ध्यान दिनुपर्ने बताए ।

मन्त्री पौडेलले मल अभावको समस्या अझै समाधान हुन नसकेको पनि बताए । उनले रासायनिक मलको खरिद केन्द्र सरकारले गर्ने र प्रदेश सरकारले वितरण गर्ने व्यवस्था भए पनि बागमती प्रदेशका लागि आवश्यक मल पर्याप्त मात्रामा उपलब्ध हुन नसकेको बताए । उनले बागमती प्रदेशलाई वार्षिक करिब १ लाख १३ हजार मेट्रिक टन मल आवश्यक पर्ने जानकारी दिए । उनले भने, ‘मलको कुरा सधैं उठ्दै आएको छ । केन्द्र सरकारले मल खरिद गर्छ । प्रदेश सरकारले वितरण गर्ने मात्रै हो । १ लाख १३ हजार मेट्रिक टन बागमती प्रदेशलाई मलखात आवश्यक छ ।  त्यो अपुग छ । यसमा सबैभन्दा बढी ध्यान दिनुपर्ने छ ।’ उनले रासायनिक मलसँगै जैविक तथा प्राङ्गारिक मलको प्रयोगमा पनि जोड दिनुपर्ने बताए । कृषि उत्पादन वृद्धि र दिगो विकासका लागि सबै तहका सरकार र सरोकारवालाले यस विषयमा विशेष ध्यान दिनुपर्ने उनको भनाइ थियो ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

नेपाली चेस टोली श्रीलंका प्रस्थान
नेपाली चेस टोली श्रीलंका प्रस्थान
जुम्लामा सिलिन्डर ग्यास अभाव हुने त्रास, वितरण प्रणाली पारदर्शी बनाइने
जुम्लामा सिलिन्डर ग्यास अभाव हुने त्रास, वितरण प्रणाली पारदर्शी बनाइने
१६ अर्ब लगानीमा बराह क्षेत्रदेखि धनकुटासम्म केबलकार बनाउन सम्भाव्यता अध्ययन सुरु
१६ अर्ब लगानीमा बराह क्षेत्रदेखि धनकुटासम्म केबलकार बनाउन सम्भाव्यता अध्ययन सुरु
रविको थुनछेक बहस आज सकिएन, भोलि फेरि उपस्थित हुने
रविको थुनछेक बहस आज सकिएन, भोलि फेरि उपस्थित हुने
शव हस्तान्तरण गर्न सुरु, तीनको पहिचानै खुलेन
शव हस्तान्तरण गर्न सुरु, तीनको पहिचानै खुलेन
तातोपानी भन्सार नाकाबाट दशैंका सामान ल्याउन सुरु
तातोपानी भन्सार नाकाबाट दशैंका सामान ल्याउन सुरु
विद्युत् महसुल विवाद समाधान गर्न सरकारको स्वीकृति, २४ घन्टाभित्र उद्योगमा लाइन जोडिने
विद्युत् महसुल विवाद समाधान गर्न सरकारको स्वीकृति, २४ घन्टाभित्र उद्योगमा लाइन जोडिने
बजेटमा सुझाव दिन स्वास्थ्य मन्त्रालयको आह्वान
बजेटमा सुझाव दिन स्वास्थ्य मन्त्रालयको आह्वान
हरिवनमा २९ वटा सिसिटिभी जडान र ट्राफिक प्रहरी पोष्टको समुद्घाटन
हरिवनमा २९ वटा सिसिटिभी जडान र ट्राफिक प्रहरी पोष्टको समुद्घाटन
हेटौंडामा ट्रामाडोल क्याप्सुलसहित पाँच जना पक्राउ
हेटौंडामा ट्रामाडोल क्याप्सुलसहित पाँच जना पक्राउ

पात्रो

२०८३
Sep/Oct 2026
आइत
सोम
मंगल
बुध
बिहि
शुक्र
शनि

राशिफल

राशिफल लोड हुँदैछ...

रेडियो

रेडियो लोड हुँदैछ...

स्टेशन छान्नुहोस्

-

भिडियो

लोड हुँदैछ...

मिति परिवर्तन

विनिमय दर

मुद्रा रूपान्तरण

Update: Loading...
🇺🇸 USD
🇳🇵 NPR

Indicative Exchange Rate: 1 USD = Loading...

Open Market Rates

Currency Unit Buy Sell

...