अर्थमन्त्री खनालद्वारा आगजनीले ध्वस्त भाटभटेनी निरीक्षण

प्रेस संवाददाता प्रेस संवाददाता
|
मंगलबार, भाद्र ३१, २०८२
|
|
३५ पटक हेरिएको
Shares
अर्थमन्त्री खनालद्वारा आगजनीले ध्वस्त भाटभटेनी निरीक्षण

सारांश

  • जेन जेड आन्दोलनका क्रममा तोडफोड, लुटपाट र आगजनी गरिएको भाटभटेनीमा नवनियुक्त अर्थमन्त्री रामेश्वर खनालले अवलोकन गरेका छन् ।
  • मंगलबार अर्थमन्त्री खनालले भाटभटेनी सुपरमार्केटको कोटेश्वर शाखाको अवलोकन गरेका हुन् ।
  • अवलोकनका क्रममा अर्थमन्त्री खनालले भाटभटेनीका सञ्चालक मीनबहादुर गुरुङलाई भेटेर सान्त्वना समेत दिएका छन् ।

३१ भदौ, काठमाडौं ।

जेन जेड आन्दोलनका क्रममा तोडफोड, लुटपाट र आगजनी गरिएको भाटभटेनीमा नवनियुक्त अर्थमन्त्री रामेश्वर खनालले अवलोकन गरेका छन् । मंगलबार अर्थमन्त्री खनालले भाटभटेनी सुपरमार्केटको कोटेश्वर शाखाको अवलोकन गरेका हुन् । अवलोकनका क्रममा अर्थमन्त्री खनालले भाटभटेनीका सञ्चालक मीनबहादुर गुरुङलाई भेटेर सान्त्वना समेत दिएका छन् । अर्थमन्त्री खनालको उपस्थितिले संस्थालाई दृढता र हौसला मिलेको उनले बताएका थिए ।

मन्त्रीको उपस्थितिले हामीलाई अघि बढ्ने प्रेरणा दिएकाले भौतिक संरचना भत्किए पनि भाटभटेनीको आत्मा कहिल्यै टुट्दैन उनले बताएका थिए । कम्पनीले विपत्तिका बिच पनि अझ सबल भएर पुनः निर्माण गर्ने र जनताको सेवामा निरन्तर प्रतिबद्ध रहने प्रतिबद्धता जनाएको छ। जेन जेड आन्दोलनका क्रममा देशभर रहेका विभिन्न भाटभटेनीमा तोडफोड, लुटपाट तथा आगजनी गरिएको थियो । आगजनीबाट जोगिएका शाखाहरू पुनः सञ्चालनमा आइसकेका छन् । भाटभटेनी केवल पसल मात्र नभएर परिवार समेत रहेकोले अब पुनः उही विश्वास, माया र प्रतिबद्धतासहित सेवा दिन तयार रहेको जनाएको छ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

अनुसन्धान प्रहरी अभियोजनकर्ता बिच समन्वय जरुरी छः गृहमन्त्री
अनुसन्धान प्रहरी अभियोजनकर्ता बिच समन्वय जरुरी छः गृहमन्त्री
आइतबार प्रतिनिधिसभा बैठक बस्ने, यस्ता छन् कार्यसूची
आइतबार प्रतिनिधिसभा बैठक बस्ने, यस्ता छन् कार्यसूची
बागमती प्रदेशलाई प्लास्टिकरहित बनाउने घोषणा, वातावरण मन्त्रालयलाई ३ अर्ब बजेट
बागमती प्रदेशलाई प्लास्टिकरहित बनाउने घोषणा, वातावरण मन्त्रालयलाई ३ अर्ब बजेट
अख्तियारको मर्यादा दिनप्रतिदिन कमजोर हुँदैछ :अमरेशकुमार सिंह
अख्तियारको मर्यादा दिनप्रतिदिन कमजोर हुँदैछ :अमरेशकुमार सिंह
निजामती विधेयकमाथिको छलफल अन्तिम चरणमा
निजामती विधेयकमाथिको छलफल अन्तिम चरणमा
एमाले निर्णायक राष्ट्रिय शक्ति बन्छ, स्टन्टबाजीमा विश्वास गर्दैनौं : ओली
एमाले निर्णायक राष्ट्रिय शक्ति बन्छ, स्टन्टबाजीमा विश्वास गर्दैनौं : ओली
चार महिनामा उठ्यो १ खर्ब ३६ अर्ब भन्सार राजश्व
चार महिनामा उठ्यो १ खर्ब ३६ अर्ब भन्सार राजश्व
‘डीएसपी हुँ’ भन्दै रेस्टुराँको बिल नतिर्ने व्यक्ति पक्राउ
‘डीएसपी हुँ’ भन्दै रेस्टुराँको बिल नतिर्ने व्यक्ति पक्राउ
मनोहरा नदीले धार परिवर्तन गर्दा सरेको ११५ रोपनी जग्गा व्यवस्थापन चाँडै
मनोहरा नदीले धार परिवर्तन गर्दा सरेको ११५ रोपनी जग्गा व्यवस्थापन चाँडै
राष्ट्रियसभामा पनि गृहमन्त्रीको राजीनामा माग
राष्ट्रियसभामा पनि गृहमन्त्रीको राजीनामा माग