राजदूत नियुक्तिको तयारी अन्तिम चरणमा, २० स्थान खाली

प्रेस संवाददाता प्रेस संवाददाता
|
मंगलबार, श्रावण १९, २०८३
|
|
९६ पटक हेरिएको
Shares
राजदूत नियुक्तिको तयारी अन्तिम चरणमा, २० स्थान खाली

सारांश

  •   सरकारले रिक्त रहेका २० राजदूत पदमा नियुक्तिका लागि सिफारिस गर्ने तयारी अन्तिम चरणमा पुर्‍याएको छ।
  • परराष्ट्र मन्त्रालयले प्राप्त आवेदनहरूको अध्ययन गरिरहेको र उपयुक्त उम्मेदवार छनोट गरी अर्को सातासम्म मन्त्रिपरिषद्मा सिफारिस गर्ने तयारी रहेको जनाएको छ।
  • यसपटक पहिलोपटक खुला आवेदनमार्फत राजदूत नियुक्तिको प्रक्रिया अघि बढाइएको हो।

१९ साउन, काठमाडौं । 

सरकारले रिक्त रहेका २० राजदूत पदमा नियुक्तिका लागि सिफारिस गर्ने तयारी अन्तिम चरणमा पुर्‍याएको छ। परराष्ट्र मन्त्रालयले प्राप्त आवेदनहरूको अध्ययन गरिरहेको र उपयुक्त उम्मेदवार छनोट गरी अर्को सातासम्म मन्त्रिपरिषद्मा सिफारिस गर्ने तयारी रहेको जनाएको छ। यसपटक पहिलोपटक खुला आवेदनमार्फत राजदूत नियुक्तिको प्रक्रिया अघि बढाइएको हो। मन्त्रालयका अनुसार करिब ३ हजारभन्दा बढी आवेदन परेका छन्। तीमध्येबाट योग्यता, अनुभव र आवश्यक मापदण्डका आधारमा उम्मेदवार छनोट गरिनेछ।

हाल भारत, अमेरिका, चीन, अस्ट्रेलिया, जर्मनी, इजरायल, जापान, दक्षिण कोरिया, मलेसिया, ओमान, कतार, रुस, साउदी अरब, श्रीलंका, बेलायत र स्पेनस्थित नेपाली नियोगमा राजदूत पद रिक्त छन्। त्यसैगरी इजिप्ट, बहराइन, बंगलादेश, म्यानमार तथा संयुक्त राष्ट्रसंघीय नियोग भियनामा कार्यकाल सकिएपछि म्याद थपेर राजदूतहरूले जिम्मेवारी सम्हालिरहेका छन्। यीसहित कुल २० मिसनमा नयाँ राजदूत नियुक्त गर्नुपर्ने अवस्था रहेको छ।

नेपालका २८ वटा राजदूतावास, संयुक्त राष्ट्रसंघका लागि ३ स्थायी नियोग र ८ महावाणिज्यदूतावास गरी हाल ३९ कूटनीतिक मिसन सञ्चालनमा छन्। सरकारले चालु आर्थिक वर्षदेखि दक्षिण अफ्रिका, ब्राजिल र डेनमार्कस्थित नेपाली राजदूतावास बन्द गर्ने निर्णय गरिसकेको छ। हाल न्यूयोर्क, जेनेभा, भियना, बहराइन, बंगलादेश, बेल्जियम, क्यानडा, इजिप्ट, फ्रान्स, कुवेत, म्यानमार, पाकिस्तान, पोर्चुगल, थाइल्यान्ड र संयुक्त अरब इमिरेट्स (यूएई) मा मात्र राजदूत कार्यरत छन्। नेपालमा राजदूत नियुक्ति राजनीतिक तथा परराष्ट्र सेवाका करिअर कूटनीतिज्ञ दुवै समूहबाट गर्ने परम्परा छ। यसपटक पनि सोही अभ्यासलाई निरन्तरता दिने तयारी सरकारले गरेको छ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

अर्थमन्त्री र सचिवहरुबीच कार्यसम्पादन सम्झौता
अर्थमन्त्री र सचिवहरुबीच कार्यसम्पादन सम्झौता
राष्ट्रिय सभाबाट दुई विधेयक पारित
राष्ट्रिय सभाबाट दुई विधेयक पारित
चेकजाँचबाट बच्न झोला फालेर युवक फरार, झोलाबाट २० लाख भारु बरामद
चेकजाँचबाट बच्न झोला फालेर युवक फरार, झोलाबाट २० लाख भारु बरामद
मुलुकको हितले स्थान पाएको दिन हो : प्रधानमन्त्री ओली
मुलुकको हितले स्थान पाएको दिन हो : प्रधानमन्त्री ओली
२५ सय रुपैयाँले घट्यो सुनको मूल्य
२५ सय रुपैयाँले घट्यो सुनको मूल्य
मकवानपुरका दुवै निर्वाचन क्षेत्रमा रास्वपाको अग्रता, मतगणनास्थल बाहिर समर्थकहरूको भीड
मकवानपुरका दुवै निर्वाचन क्षेत्रमा रास्वपाको अग्रता, मतगणनास्थल बाहिर समर्थकहरूको भीड
आन्दोलनमा क्षति भाेगेका व्यवसायीले पुससम्म कर्जा पुनर्तालिकीकरण गर्न पाउने
आन्दोलनमा क्षति भाेगेका व्यवसायीले पुससम्म कर्जा पुनर्तालिकीकरण गर्न पाउने
प्रतिनिधिसभा निर्वाचन : माघ ३ गतेदेखि आचारसंहिता लागू हुँदै
प्रतिनिधिसभा निर्वाचन : माघ ३ गतेदेखि आचारसंहिता लागू हुँदै
जसपा नेतृ सिंहले हल्दी कार्यक्रममा पड्काएकी थिइन् पेस्तोल
जसपा नेतृ सिंहले हल्दी कार्यक्रममा पड्काएकी थिइन् पेस्तोल
सहकारी ठगी प्रकरण: आजदेखि प्रतिवादी पक्षका वकिलहरूले बहस गर्ने
सहकारी ठगी प्रकरण: आजदेखि प्रतिवादी पक्षका वकिलहरूले बहस गर्ने