विराटनगरले जनकपुरलाई दियो १३६ रनको लक्ष्य

प्रेस संवाददाता प्रेस संवाददाता
|
सोमबार, मंसिर ८, २०८२
|
|
१९ पटक हेरिएको
Shares
विराटनगरले जनकपुरलाई दियो १३६ रनको लक्ष्य

सारांश

  •   नेपाल प्रिमियर लिग (एनपीएल) को दोस्रो संस्करणमा विराटनगर किङ्सले साविक विजेता जनकपुर बोल्ट्सविरुद्ध १३६ रनको लक्ष्य प्रस्तुत गरेको छ ।
  • सोमबार कीर्तिपुरस्थित त्रिवि क्रिकेट रंगशालामा टस हारेर ब्याटिङमा आएको विराटनगरले निर्धारित २० ओभरमा सात विकेट गुमाएर १३५ रनको योगफल खडा गरेको हो ।
  • विराटनगरका बसिर अहमदले ३६ रन बनाए ।

८ मंसिर, काठमाडौं । 

नेपाल प्रिमियर लिग (एनपीएल) को दोस्रो संस्करणमा विराटनगर किङ्सले साविक विजेता जनकपुर बोल्ट्सविरुद्ध १३६ रनको लक्ष्य प्रस्तुत गरेको छ । सोमबार कीर्तिपुरस्थित त्रिवि क्रिकेट रंगशालामा टस हारेर ब्याटिङमा आएको विराटनगरले निर्धारित २० ओभरमा सात विकेट गुमाएर १३५ रनको योगफल खडा गरेको हो । विराटनगरका बसिर अहमदले ३६ रन बनाए । बसिरले ३५ बलमा तीन छक्का प्रहार गरे ।

५५ रनमा २ विकेट गुमाएको स्थितिबाट बसिरले सुभव रन्जानेसँग ५२ रनको साझेदारी गर्दै विराटनगरलाई १०० रन पार गराएका थिए । रन्जानेले २९ बलमा दुई चौका र दुई छक्कासति ३७ रन थपे । ओपनर लोकेश बमले २८ रन जोडे । मार्टिन गप्टिलले १३ र जर्ज मुन्सेले १० रन जोडे । विराटनगरका मर्चेनट डे लांगे गोल्डेन डक भए । विराटनगरलाई मध्यम योगफलमा रोक्न बलिङतर्फ संगिथ कुरे र रुपेश सिंहले समान दुई विकेट लिए । कोरेले चार ओभर बलिङगर्दा २६ रन खर्चिए । आदित्य मेहताले एक विकेट हात पारे ।

आज साविक विजेता जनकपुर पहिलो जितको खोजीमा छ । जनकुपरले यसअघि उद्घाटन खेलमा काठमाण्डू गोर्खाजविरुद्ध पाँच विकेटको हार बेहोरेको थियो । यता, विराटनगर भने लगातार तेस्रो जितको लक्ष्यमा हुनेछ । विराटनगरले यसअघि पहिलो खेलमा पोखरा एभेन्जर्सविरुद्ध ५३ रनको र काठमाण्डू गोर्खाजविरुद्ध पाँच विकेटको जित निकालेको थियो ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

राप्रपाले प्राविधिक रुपमा चुनाव हारेपनि राजनीतिक रुपमा जितेको छ :अध्यक्ष लिङ्देन
राप्रपाले प्राविधिक रुपमा चुनाव हारेपनि राजनीतिक रुपमा जितेको छ :अध्यक्ष लिङ्देन
यी २५ निर्माण कम्पनी परे प्रधानमन्त्री कार्यालयको कालोसूचीमा (नामावली)
यी २५ निर्माण कम्पनी परे प्रधानमन्त्री कार्यालयको कालोसूचीमा (नामावली)
विप्लव नेतृत्वको नेकपाले बोलायो केन्द्रीय कमिटी बैठक
विप्लव नेतृत्वको नेकपाले बोलायो केन्द्रीय कमिटी बैठक
पर्खाल चढेर संसद् भवन छिर्ने प्रयासमा जेन-जी, नियन्त्रणमा लिन प्रयास गर्दै सुरक्षाकर्मी
पर्खाल चढेर संसद् भवन छिर्ने प्रयासमा जेन-जी, नियन्त्रणमा लिन प्रयास गर्दै सुरक्षाकर्मी
ग्रीन कार्डको प्रलोभनमा मानब बेचबिखन, आरोपी पक्राउ
ग्रीन कार्डको प्रलोभनमा मानब बेचबिखन, आरोपी पक्राउ
बाढी-पहिरोले काभ्रेमा मृत्यु हुनेको संख्या ३ पुग्यो, ११ जना बेपत्ता
बाढी-पहिरोले काभ्रेमा मृत्यु हुनेको संख्या ३ पुग्यो, ११ जना बेपत्ता
मुग्लिन-नारायणगढ सडक दुईतर्फी सञ्चालनमा
मुग्लिन-नारायणगढ सडक दुईतर्फी सञ्चालनमा
एयर इन्डिया विमान दुर्घटनामा नेपालकी एयर होस्टेस मनिषा थापाको मृ*त्यु
एयर इन्डिया विमान दुर्घटनामा नेपालकी एयर होस्टेस मनिषा थापाको मृ*त्यु
तनावग्रस्त बनेपछि नेपालगञ्जमा सेना परिचालन, स्थिति नियन्त्रणमा
तनावग्रस्त बनेपछि नेपालगञ्जमा सेना परिचालन, स्थिति नियन्त्रणमा
आजदेखि नागरिक एपमा राष्ट्रिय परिचयपत्र, निन नम्बर पाएकाले राहदानी बनाउन मिल्ने
आजदेखि नागरिक एपमा राष्ट्रिय परिचयपत्र, निन नम्बर पाएकाले राहदानी बनाउन मिल्ने