सरकारको औचित्य पूर्ण रुपमा सकियो : कांग्रेस नेता कोइराला

प्रेस संवाददाता प्रेस संवाददाता
|
सोमबार, भाद्र २३, २०८२
|
|
३९ पटक हेरिएको
Shares
सरकारको औचित्य पूर्ण रुपमा सकियो : कांग्रेस नेता कोइराला

सारांश

  •   जेनजी आन्दोलनमा सरकारले गरेको वर्वर र प्रदर्शन गरेको क्रुरता प्रति खेद व्यक्त गर्दै नेपाली कांग्रेसका नेता शेखर कोइराला वर्तमान सरकारको औचित्य पूर्ण रुपमा सकेको बताएका छन् ।
  • सोमबार साँझ सामाजिक सञ्जालमा सन्देश लेख्दै उनले लेख्दै उनले आजको घटनाका कारण वर्तमान सरकारको औचित्य पूर्ण रुपमा समाप्त भएको बताएका छन् ।
  • ‘आज सरकारका कारण देशमा जे भयो त्यसको परिकल्पना सभ्य समाजमा कसैले पनि गर्न सक्दैन ।

२३ भदौ, काठमाडौं । 

जेनजी आन्दोलनमा सरकारले गरेको वर्वर र प्रदर्शन गरेको क्रुरता प्रति खेद व्यक्त गर्दै नेपाली कांग्रेसका नेता शेखर कोइराला वर्तमान सरकारको औचित्य पूर्ण रुपमा सकेको बताएका छन् । सोमबार साँझ सामाजिक सञ्जालमा सन्देश लेख्दै उनले लेख्दै उनले आजको घटनाका कारण वर्तमान सरकारको औचित्य पूर्ण रुपमा समाप्त भएको बताएका छन् । ‘आज सरकारका कारण देशमा जे भयो त्यसको परिकल्पना सभ्य समाजमा कसैले पनि गर्न सक्दैन ।

जनताप्रति अनुत्तरदायी, जनताको आवाज सुन्न र बुझ्न नसक्ने निरंकुश क्रुर सरकारले हातमा किताब काँपी बोकेर देशभित्रै आफ्नो उज्ज्वल भविष्यको परिकल्पनामा डुबेको कलिला युवा बिद्यार्थीहरुमाथि बर्वर ढंगवाट गोली प्रहार गरेको छ,’ जेनजीलाई सम्बोधन गर्दै उनले लेखेका छन्, ‘त्यसको जति निन्दा र भर्त्सना गरे पनि पुग्दैन । सरकारले गरेको तपाईं हाम्रा प्रियजनहरुको हत्याले मलाई मर्माहत बनाएको छ ।

श्रद्धाञ्जलीका केही शब्दले राष्ट्रकै यो अपुरणीय क्षतिमा मल्हम लगाउन सक्दैन । यस पिडादायी क्षणमा म तपाईं र तपाईंका अभिभावकहरुसँगै छु र रहिरहनेछु । तपाईंहरुका माग समय सापेक्ष र जायज छन् । आजको लोकतन्त्रमा आफ्ना कुकृत्य लुकाउन सामाजिक सञ्जाल बन्द गर्नु अधिनायकवाद भन्दा अरु के होला र ? देशवाट भ्रष्टाचार निर्मुल हुनैपर्छ । आजवाट वर्तमान सरकारको औचित्य पुरै समाप्त भएको छ । तपाईं हामी मिलेर देशका हरेक समस्याको विधि सम्मत समाधान खोजौं ।’

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

पार्टीभित्र एकढिक्का हुँदा कांग्रेसलाई कसैले कमजोर गर्न सक्दैन : मन्त्री लेखक
पार्टीभित्र एकढिक्का हुँदा कांग्रेसलाई कसैले कमजोर गर्न सक्दैन : मन्त्री लेखक
आज मन्त्रिपरिषद् बैठक बस्दै
आज मन्त्रिपरिषद् बैठक बस्दै
शिक्षा विधेयकमार्फत आफ्ना मागहरु सम्बोधन नभए देशव्यापी आन्दोलन चर्काउने राहत शिक्षकहरुको चेतावनी
शिक्षा विधेयकमार्फत आफ्ना मागहरु सम्बोधन नभए देशव्यापी आन्दोलन चर्काउने राहत शिक्षकहरुको चेतावनी
काठमाडौं महानगर एक्सनमा : राजधानीको सबै डिजिटल बोर्ड हटाउन सुरु
काठमाडौं महानगर एक्सनमा : राजधानीको सबै डिजिटल बोर्ड हटाउन सुरु
मलंगवामा दिन दहाडै चोरी, प्रहरी सीमामा पैसा उठाउनमा व्यस्त
मलंगवामा दिन दहाडै चोरी, प्रहरी सीमामा पैसा उठाउनमा व्यस्त
प्रधानमन्त्रीसँग ‘कोरिया रेलरोड कर्पाेरेशन’ का प्रमुखको भेट
प्रधानमन्त्रीसँग ‘कोरिया रेलरोड कर्पाेरेशन’ का प्रमुखको भेट
सञ्चारमन्त्री खरेलसँग भारतीय अतिरिक्त सचिवको शिष्टाचार भेट
सञ्चारमन्त्री खरेलसँग भारतीय अतिरिक्त सचिवको शिष्टाचार भेट
पाल्पा जाँदै गरेको कार सिद्धार्थ राजमार्गमा पुरियो
पाल्पा जाँदै गरेको कार सिद्धार्थ राजमार्गमा पुरियो
निर्माण क्षेत्रमा अनुचित लेनदेन स्वीकार्य हुँदैन् : अध्यक्ष रवि सिंह
निर्माण क्षेत्रमा अनुचित लेनदेन स्वीकार्य हुँदैन् : अध्यक्ष रवि सिंह
डाक्टरमाथि कुटपिट गर्दा हुने दण्ड सजायसम्बन्धी सूचना सबै अस्पतालमा टाँसिने
डाक्टरमाथि कुटपिट गर्दा हुने दण्ड सजायसम्बन्धी सूचना सबै अस्पतालमा टाँसिने