ललितपुरको पुलचोक आसपास क्षेत्रमा ६ महिनासम्मका लागि निषेधाज्ञा जारी

प्रेस संवाददाता प्रेस संवाददाता
|
मंगलबार, मंसिर ५, २०८०
|
|
२८ पटक हेरिएको
Shares
ललितपुरको पुलचोक आसपास क्षेत्रमा ६ महिनासम्मका लागि निषेधाज्ञा जारी

सारांश

  • जिल्ला प्रशासन कार्यालय ललितपुरले  पुल्चोक आसपासको क्षेत्रमा ६ महिनासम्मका लागि निषेधाज्ञा जारी गरेको छ ।
  • प्रमुख जिल्ला अधिकारी रुद्रप्रसाद पण्डितद्वारा जारी आदेशमा मंगलबारदेखि सो निषेधाज्ञा लागू हुने बताइएको हो ।
  • आदेशमा ललितपुर जिल्ला ललितपुर महानगरपालिका वडा नं.

काठमाडौँ । जिल्ला प्रशासन कार्यालय ललितपुरले  पुल्चोक आसपासको क्षेत्रमा ६ महिनासम्मका लागि निषेधाज्ञा जारी गरेको छ ।

प्रमुख जिल्ला अधिकारी रुद्रप्रसाद पण्डितद्वारा जारी आदेशमा मंगलबारदेखि सो निषेधाज्ञा लागू हुने बताइएको हो । आदेशमा ललितपुर जिल्ला ललितपुर महानगरपालिका वडा नं. ३ पुल्चोक स्थित यु.एन. हाउस र मन्त्रि निवास पुल्चोकको सुरक्षा संवेदनशिलतालाई ध्यानमा राखी पूर्व तर्फ इनारमोड जाने मूलवाटो, पश्चिम राष्ट्रिय किताबखाना (निजामती), उत्तर तर्फ आन्तरिक राजस्व कार्यालय तथा यु.एन. हाउस र दक्षिण तर्फ राष्ट्रिय मानव अधिकार आयोग एवम् राष्ट्रिय सहकारी विकास बोर्डको चार किल्लाभित्र भित्र निषेधित क्षेत्र घोषणा गरिएको छ ।

आदेशमा भनिएको छ, ’स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६ को उपदफा (३.क) बमोजिम मिति २०८० साल मंसिर ०५ गतेदेखि आगामी ६ महिना सम्मका लागि पाँच जनाभन्दा बढि व्यक्ति भेला जम्मा भई नारा, जुलुस, प्रदर्शन, धर्ना, घेराउ, अनसन, सभा जस्ता आन्दोलन वा विरोधका कार्यक्रम गर्न निषेध गरेको आदेश जारी गरिएको छ .’ सहयाक प्रमुख जिल्ला अधिकारी अमरदीप सुनुवारका अनुसार मन्त्री क्वार्टर आसपासको क्षेत्रमा यसअघि पनि निषेधाज्ञा कायम रहँदै आएकोमा यसपटक सो दायरालाई केही थपमात्र गरिएको हो ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

धनुषामा ८३५ किलो गाँजा बरामद
धनुषामा ८३५ किलो गाँजा बरामद
सर्लाही जाँदै गरेको भ्यान त्रिभुवन राजपथमा दुर्घटना, १४ जना घाइते
सर्लाही जाँदै गरेको भ्यान त्रिभुवन राजपथमा दुर्घटना, १४ जना घाइते
चाडबाड लक्षित यातायात व्यवस्थापनमा मन्त्री घिसिङको ७ बुँदे निर्णय: सुरुङमार्ग, सुरक्षा, सडक सुधारदेखि कन्ट्रोल रुमसम्म
चाडबाड लक्षित यातायात व्यवस्थापनमा मन्त्री घिसिङको ७ बुँदे निर्णय: सुरुङमार्ग, सुरक्षा, सडक सुधारदेखि कन्ट्रोल रुमसम्म
आज विधायन व्यवस्थापन समितिको बैठक बस्दै
आज विधायन व्यवस्थापन समितिको बैठक बस्दै
कञ्चनपुरमा जङ्गली हात्ती मृत फेला
कञ्चनपुरमा जङ्गली हात्ती मृत फेला
त्रिभुवन विमानस्थल अब ८ घण्टामात्र बन्द
त्रिभुवन विमानस्थल अब ८ घण्टामात्र बन्द
गठबन्धनका कारण स्थानीय तहमा महिला प्रतिनिधित्व घट्यो: पूर्वराष्ट्रपति भण्डारी
गठबन्धनका कारण स्थानीय तहमा महिला प्रतिनिधित्व घट्यो: पूर्वराष्ट्रपति भण्डारी
मोटरसाइकल चोरीमा संलग्न रहेको आरोपमा एक जना पक्राउ
मोटरसाइकल चोरीमा संलग्न रहेको आरोपमा एक जना पक्राउ
पाङबारी पिकमा सम्पर्कविहीन दुई आरोही मृ*त फेला
पाङबारी पिकमा सम्पर्कविहीन दुई आरोही मृ*त फेला
प्रधानमन्त्री ओलीले अनुगमन गरे जल तथा मौसम विज्ञान विभाग
प्रधानमन्त्री ओलीले अनुगमन गरे जल तथा मौसम विज्ञान विभाग