Bajaj Himanshu Motors
Bajaj Himanshu Motors

सर्लाही र सिराहामा करेन्ट लागेर दुई जनाको मृ*त्यु

प्रेस संवाददाता प्रेस संवाददाता
|
सोमबार, आषाढ ९, २०८२
|
|
३४ पटक हेरिएको
Shares
सर्लाही र सिराहामा करेन्ट लागेर दुई जनाको मृ*त्यु

सारांश

  • सर्लाही र सिराहामा करेन्ट  लागेर एक/एक जनाको मृत्यु भएको छ ।
  •   सर्लाहीको बरहथवा नगरपालिका-३ बस्ने ६० वर्षीय उपेन्द्र महतोको करेन्ट लागेर सोमबार बिहान मृत्यु भएको प्रहरीले जनाएको छ ।
  • सोही नगरपालिका-४ मुना चोक बस्ने राजेन्द्र साहको घरबाट बोरिङको लागि विद्युतको तार निकाल्ने क्रममा तारबाट करेन्ट लागेर गम्भीर घाइते भएका उनको नगर अस्पताल बरहथवामा उपचारको क्रममा मृत्यु भएको हो ।

९ असार,सर्लाही ।

सर्लाही र सिराहामा करेन्ट  लागेर एक/एक जनाको मृत्यु भएको छ ।  सर्लाहीको बरहथवा नगरपालिका-३ बस्ने ६० वर्षीय उपेन्द्र महतोको करेन्ट लागेर सोमबार बिहान मृत्यु भएको प्रहरीले जनाएको छ । सोही नगरपालिका-४ मुना चोक बस्ने राजेन्द्र साहको घरबाट बोरिङको लागि विद्युतको तार निकाल्ने क्रममा तारबाट करेन्ट लागेर गम्भीर घाइते भएका उनको नगर अस्पताल बरहथवामा उपचारको क्रममा मृत्यु भएको हो ।

यसैगरी, सिराहाको गोलबजार नगरपालिका-१३ दुर्गापुर टोल बस्ने ६२ वर्षीय रामपृत पण्डितको करेन्ट लागेर सोमबार बिहान मृत्यु भएको छ । सोही नगरपालिका-१२ बेतौनाको चौरस्थित आफ्नै खेतबारीमा विद्युतीय मोटरबाट पानी लगाउने क्रममा करेन्ट लागेर उनको मृत्यु भएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?