Bajaj Himanshu Motors
Bajaj Himanshu Motors

पाकिस्तानलाई हराउँदै श्रीलंका एसिया कपको फाइनलमा

प्रेस संवाददाता प्रेस संवाददाता
|
शुक्रबार, भाद्र २९, २०८०
|
|
११४ पटक हेरिएको
Shares
पाकिस्तानलाई हराउँदै श्रीलंका एसिया कपको फाइनलमा

सारांश

  • एसिया कप क्रिकेटको उपाधिका लागि भारत र श्रीलंका भिड्ने भएका छन् ।
  • सुपर फोरको बिहीबार भएको खेलमा पाकिस्तानलाई २ विकेटले पराजित गर्दै श्रीलंकाले फाइनलमा स्थान पक्का गर्‍यो ।
  • श्रीलंकाले ४२ ओभरमा २५२ रन बनाउनुपर्ने लक्ष्य पाएको थियो ।

काठमाडौं । एसिया कप क्रिकेटको उपाधिका लागि भारत र श्रीलंका भिड्ने भएका छन् । सुपर फोरको बिहीबार भएको खेलमा पाकिस्तानलाई २ विकेटले पराजित गर्दै श्रीलंकाले फाइनलमा स्थान पक्का गर्‍यो ।

श्रीलंकाले ४२ ओभरमा २५२ रन बनाउनुपर्ने लक्ष्य पाएको थियो । उसले अन्तिम बलमा २ रन जोड्दै लक्ष्य पूरा गरेको हो । श्रीलंकालाई अन्तिम ओभरमा ८ रन आवश्यक रहेका बेला सुरूका चार बलमा २ रन लिएर एक विकेट गुमाएको थियो । पाँचौं बलमा असालान्काले चौका प्रहार गर्दैं जितको सम्भावना कायमै राखेका थिए । अन्तिम बलमा पनि उनले दुई रन लिए ।

श्रीलंकाको पालीम कुसल मेन्डिसले ९१, चरिथ असालान्काले अविजित ४९ र सदीरा समराविक्रमाले ४८ रन बनाए । त्यसअघि पाकिस्तानको पालीमा मोहम्मद रिजवानले ८६, अब्दुल्लाह सफिकले ५२ र इफ्तिखर अहमदले ४७ रन बनाएका थिए । सुपर फोरमा दुवै टोलीले बंगलादेशलाई हराएका थिए भने भारतसँग पराजय ब्यहोरेका थिए ।

सुरुका दुई खेलमा जित हात पार्दै भारत यसअघि नै फाइनल पुगिसकेको छ । श्रीलंका समग्रमा ११औँ पटक एसिया कपको फाइनलमा पुगेको हो । यो प्रतियोगिता भारतले ७ र श्रीलंकाले ६ पटक जितेका छन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

कारोबारसँगै बढ्यो सेयर बजार, नेप्से २६२५ अंकमा
कारोबारसँगै बढ्यो सेयर बजार, नेप्से २६२५ अंकमा
मेरो कार्यकालमा भारत र चीनसँग सन्तुलित सम्बन्ध थियो : प्रचण्ड
मेरो कार्यकालमा भारत र चीनसँग सन्तुलित सम्बन्ध थियो : प्रचण्ड
२ दिनमा ८८ सय घटेको सुनको भाउ आज बढ्यो, चाँदीको मूल्य पनि उकालो
२ दिनमा ८८ सय घटेको सुनको भाउ आज बढ्यो, चाँदीको मूल्य पनि उकालो
सर्लाहीमा बोलेरोबाट २४४ किलो गाँजा बरामद, एक युवक पक्राउ।
सर्लाहीमा बोलेरोबाट २४४ किलो गाँजा बरामद, एक युवक पक्राउ।
रवीन्द्र र धवलसहित ४१ जनालाई म्याद थपका लागि लगिँदै
रवीन्द्र र धवलसहित ४१ जनालाई म्याद थपका लागि लगिँदै
पानीमा फोहोर भेटिएपछि उद्योगलाई दुई लाख जरिवाना
पानीमा फोहोर भेटिएपछि उद्योगलाई दुई लाख जरिवाना
इजरायलबाट फर्केका विपिनकी आमा र बहिनीले भेटे प्रधानमन्त्री
इजरायलबाट फर्केका विपिनकी आमा र बहिनीले भेटे प्रधानमन्त्री
सेनाले निस्क्रिय पार्‍यो संखुवासभामा भेटिएको शंकास्पद वस्तु
सेनाले निस्क्रिय पार्‍यो संखुवासभामा भेटिएको शंकास्पद वस्तु
हुलाकको आवश्यकता र सार्थकता मरेको छैन्: मन्त्री खरेल
हुलाकको आवश्यकता र सार्थकता मरेको छैन्: मन्त्री खरेल
उपसचिव र शाखा अधिकृतसहित ४३ कर्मचारीको सरुवा (नामावलीसहित)
उपसचिव र शाखा अधिकृतसहित ४३ कर्मचारीको सरुवा (नामावलीसहित)