हुलाकको आवश्यकता र सार्थकता मरेको छैन्: मन्त्री खरेल

प्रेस संवाददाता प्रेस संवाददाता
|
बिहिबार, आश्विन २३, २०८२
|
|
२४ पटक हेरिएको
Shares
हुलाकको आवश्यकता र सार्थकता मरेको छैन्: मन्त्री खरेल

सारांश

  • सञ्चार तथा सूचना प्रविधि मन्त्री जगदिश खरेलले हुलाकलाई आधुनिक, प्रतिस्पर्धी र व्यवसायकि बनाउनुपर्ने बताएका छन् ।
  • विहीबार विश्व हुलाक दिवसको अवसरमा काठमाडौंमा आयोजित कार्यक्रममा उनले हुलाकलाई व्यवसायिक बनाउनुपर्ने भन्दै विश्वको सबै कुनामा रहेका नेपालीहरुसम्म हुलाकको पहुँच पु¥याउनुपर्ने बताए ।
  • उनले भने, ‘अब हुलाकको सन्दर्भमा हुलाकलाई आधुनिक बनाउनु पर्छ ।

२३ असोज, काठमाडौं ।

सञ्चार तथा सूचना प्रविधि मन्त्री जगदिश खरेलले हुलाकलाई आधुनिक, प्रतिस्पर्धी र व्यवसायकि बनाउनुपर्ने बताएका छन् । विहीबार विश्व हुलाक दिवसको अवसरमा काठमाडौंमा आयोजित कार्यक्रममा उनले हुलाकलाई व्यवसायिक बनाउनुपर्ने भन्दै विश्वको सबै कुनामा रहेका नेपालीहरुसम्म हुलाकको पहुँच पु¥याउनुपर्ने बताए । उनले भने, ‘अब हुलाकको सन्दर्भमा हुलाकलाई आधुनिक बनाउनु पर्छ । हुलाकलाई प्रतिस्पर्धी बनाउनु पर्छ र व्यवसायकि बनाउनुपर्छ । हामीले जुन अभियान अगाडि बढाउदैँ छौ यो सबै कुराहरुले मात्र विश्वव्यापी पहुँच पु¥याउन सक्छौ । विश्वको सबै कुनामा रहेको नेपालीहरुसम्म हुलाकको पहुँच भयो भने बद्लिदो समय अनुसार स्मार्ट हुलाकको जुन कुरा गरेका छौ यसलाई सार्थक बनाउन सक्छौ ।’

यस्तै, उनले हुलाकको आवश्यकता र सार्थकता नमरेको भन्दै यसलाई समय अनुकुल अगाडि बढाउन नेपाल सरकार र सञ्चार मन्त्रालय सबै सरोकारवालाहरुको साथमा रहेको बताए ।  उनले भने, ‘हुलाकको आवश्यकता र सार्थकता मरेको छैन् । यसलाई समय अनुकुल बनाउदैँ जानुपर्छ भन्ने कुरामा जसरी काम गर्नु भएको छ त्यसमा सरकार र सञ्चार मन्त्रालय सबै सरोकारवालाहरुको साथमा रहेको छ ।’ साथै, उनले नीतिगत, संरचनागत विषयमा गर्नुपर्ने कामहरु र अन्य कार्यान्वयनको पाटोमा के के काम कसरी गर्न सकिन्छ भन्ने सन्दर्भमा सरकार सबैजनासँग बसेर सहकार्य गर्न तयार रहेको बताए । इतिहास बोकेको पुरानो र गर्भिलो इतिहास बोकेको संस्थामा आएर यो दिवस मनाउन पाउदा र चार वटा हुलाक टिकटमा टाँचा लगाई राख्दा एकदमै खुसी लागेको पनि उनको भनाई छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

अस्पतालमा रगत अभाव भए १११५ मा फोन गर्न स्वास्थ्य मन्त्रालयको आग्रह
अस्पतालमा रगत अभाव भए १११५ मा फोन गर्न स्वास्थ्य मन्त्रालयको आग्रह
मलंगवामा गणेश चतुर्थीको मुर्ति विसर्जनमा ढुंगा फाल्ने युवक पक्राउ 
मलंगवामा गणेश चतुर्थीको मुर्ति विसर्जनमा ढुंगा फाल्ने युवक पक्राउ 
स्वास्थ्य बीमा कार्यक्रम पुनर्संरचना हुन्छ : अर्थमन्त्री वाग्ले
स्वास्थ्य बीमा कार्यक्रम पुनर्संरचना हुन्छ : अर्थमन्त्री वाग्ले
भरुवा बन्दुक  र चोरीका सामानसहित ३ जना पक्राउ
भरुवा बन्दुक र चोरीका सामानसहित ३ जना पक्राउ
पाँच महिनामा वीरगञ्ज नाका हुँदै तीन खर्ब ५९ अर्बका सामान भित्रियो
पाँच महिनामा वीरगञ्ज नाका हुँदै तीन खर्ब ५९ अर्बका सामान भित्रियो
समानुपातिकतर्फ रास्वपा साढे ४९ लाख नजिक, अरुको मत कति ?
समानुपातिकतर्फ रास्वपा साढे ४९ लाख नजिक, अरुको मत कति ?
तीन सय किलो गाँजासहित कृषि फर्म सञ्चालक पक्राउ
तीन सय किलो गाँजासहित कृषि फर्म सञ्चालक पक्राउ
प्रधानमन्त्रीलाई विश्वासको मत नदिन काँग्रेसको ‘ह्विप’
प्रधानमन्त्रीलाई विश्वासको मत नदिन काँग्रेसको ‘ह्विप’
४ वटा ऐन र एउटा नियमावली खारेज गर्दै सरकार
४ वटा ऐन र एउटा नियमावली खारेज गर्दै सरकार
चन्द्रनगरमा सामाजिक सुरक्षा कार्यविधि बनाउन समिति गठन
चन्द्रनगरमा सामाजिक सुरक्षा कार्यविधि बनाउन समिति गठन