४ वटा ऐन र एउटा नियमावली खारेज गर्दै सरकार

प्रेस संवाददाता प्रेस संवाददाता
|
बिहिबार, आषाढ २५, २०८३
|
|
१५१ पटक हेरिएको
Shares
४ वटा ऐन र एउटा नियमावली खारेज गर्दै सरकार

सारांश

  • सरकारले ४ वटा ऐन र एउटा नियमावली खारेज गर्दैछ ।
  •  यस निम्ति अर्थमन्त्री डा.
  • स्वर्णिम वाग्लेले ‘अर्थ सम्बन्धी केही नेपाल कानुनलाई संशोधन र खारेज गर्न बनेको विधेयक’ ल्याएका छन् ।

२५ असार, काठमाडौं ।

सरकारले ४ वटा ऐन र एउटा नियमावली खारेज गर्दैछ । यस निम्ति अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले ‘अर्थ सम्बन्धी केही नेपाल कानुनलाई संशोधन र खारेज गर्न बनेको विधेयक’ ल्याएका छन् । यसको दफा ५ मा खारेजी र बचाउ सम्बन्धी प्रावधान छ । जसमा चार वटा ऐन खारेज गर्ने प्रस्ताव छ ।

(क) प्रादेशिक विकास योजनाहरु (कार्यान्वित गर्ने) ऐन, २०१३

(ख) नेपाली मुद्राको चलन चल्ती बढाउने ऐन, २०१४

(ग) आय टिकट दस्तुर ऐन, २०१९

(घ) राजस्व चुहावट (अनुसन्धान तथा नियन्त्रण) ऐन, २०५२

(ङ) वित्तीय मध्यस्थताको काम गर्ने संस्था सम्बन्धी ऐन, २०५५

यसबाहेक राजस्व चुहावट (अनुसन्धान तथा नियन्त्रण) नियमावली २०७९ पनि खारेज गर्ने प्रस्ताव विधेयकमा छ । प्रस्तावित विधेयकअनुसार विधेयक ऐनमा रुपान्तरित भएर लागू हुँदाका बखत राजस्व अनुसन्धान विभागमा दर्ता भई विभागबाट अनुसन्धान भइरहेका वा अनुसन्धान पूरा भए तापनि मुद्दा दायर हुन बाँकी रहेका उजुरी अन्य निकायमा सर्नेछन्, यस्तो विषय आयकर, अन्त:शुल्क, मूल्य अभिवृद्धि कर र गैरकर सम्बन्धी भए आन्तरिक राजस्व विभागमा सर्नेछ । चोरी निकासी वा पैठारी सम्बन्धी विषय भन्सार विभागमा सर्नेछ । विदेशी विनिमयसँग सम्बन्धित कसूरको हकमा विदेशी विनिमय (नियमित गर्ने) ऐन, २०१९ को दफा ११क बमोजिम तोकिएको अनुसन्धान अधिकारीमा सर्नेछ । यो ऐन प्रारम्भ हुँदाका बखत राजस्व अनुसन्धान विभागमा रहेका अभिलेखलाई नेपाल सरकार, अर्थ मन्त्रालयको निर्णय बमोजिम तत् तत् निकायमा सर्ने गरी व्यवस्थापन गर्ने भनिएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

शपथपछि नवनियुक्त प्रधानमन्त्रीलाई राष्ट्रपतिले भने- तपाईं सफल हुनुहोस्, देश सफल होस्
शपथपछि नवनियुक्त प्रधानमन्त्रीलाई राष्ट्रपतिले भने- तपाईं सफल हुनुहोस्, देश सफल होस्
गभर्नर पौडेलप्रति ज्ञानेन्द्र शाहीको कटाक्ष : चुनाव हरुवा कार्यकर्ता गभर्नर बन्ने
गभर्नर पौडेलप्रति ज्ञानेन्द्र शाहीको कटाक्ष : चुनाव हरुवा कार्यकर्ता गभर्नर बन्ने
‘संसदमा तथ्यमा आधारित बौद्धिक बहस आवश्यक’
‘संसदमा तथ्यमा आधारित बौद्धिक बहस आवश्यक’
उपसभामुख हटाउने तयारी ? रास्वपाको सचेत विरोध
उपसभामुख हटाउने तयारी ? रास्वपाको सचेत विरोध
संसदीय समिति बैठकमा २ मिनेट नबसी बाहिरिए देउवा
संसदीय समिति बैठकमा २ मिनेट नबसी बाहिरिए देउवा
नर्वे विश्वकपको क्वाटरफाइनलमा, ब्राजिल बाहिरियो
नर्वे विश्वकपको क्वाटरफाइनलमा, ब्राजिल बाहिरियो
मिथिला माध्यमिकी परिक्रमा आज कञ्चन वन पुग्दै, आजैदेखि मिथिलाञ्चलमा होली सुरु
मिथिला माध्यमिकी परिक्रमा आज कञ्चन वन पुग्दै, आजैदेखि मिथिलाञ्चलमा होली सुरु
कैद भुक्तानी गरिसकेको व्यक्तिलाई चारित्रिक प्रमाणपत्र दिँदा कैद बस्नुको कारण उल्लेख नगरी दिऔँः सांसद प्रधान
कैद भुक्तानी गरिसकेको व्यक्तिलाई चारित्रिक प्रमाणपत्र दिँदा कैद बस्नुको कारण उल्लेख नगरी दिऔँः सांसद प्रधान
नेपाली कांग्रेसले ७८ औं स्थापना दिवस मनाउँदै
नेपाली कांग्रेसले ७८ औं स्थापना दिवस मनाउँदै
लुम्बिनी बौद्ध विश्वविद्यालयको रजिस्ट्रारमा आचार्य नियुक्त
लुम्बिनी बौद्ध विश्वविद्यालयको रजिस्ट्रारमा आचार्य नियुक्त