विद्यालय शिक्षा विधेयकका सबै बुँदामा सहमति

प्रेस संवाददाता प्रेस संवाददाता
|
आइतबार, जेठ ४, २०८२
|
|
३२ पटक हेरिएको
Shares
विद्यालय शिक्षा विधेयकका सबै बुँदामा सहमति

सारांश

  • विद्यालय शिक्षा विधेयकमा चर्चित र धेरैको चासो रहेका सबैजसो बुँदामा सहमति जुटेको छ।
  • सहमतिसहित संसदीय उपसमितिले तयार पारेको प्रतिवेदन आइतबार संसदको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिलाई बुझाइने भएको छ ।
  • विधेयकमा सर्वाधिक चासो रहेको र विवादित विषयमा सहमति जुटाएर प्रतिवेदन तयार पार्न समितिले नेपाल कम्युनिस्ट पार्टी (एमाले) का सचिव छबिलाल विश्वकर्माको संयोजकत्वमा उपसमिति गठन गरेको थियो ।

४ जेठ, काठमाडौँ ।

विद्यालय शिक्षा विधेयकमा चर्चित र धेरैको चासो रहेका सबैजसो बुँदामा सहमति जुटेको छ। सहमतिसहित संसदीय उपसमितिले तयार पारेको प्रतिवेदन आइतबार संसदको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिलाई बुझाइने भएको छ । विधेयकमा सर्वाधिक चासो रहेको र विवादित विषयमा सहमति जुटाएर प्रतिवेदन तयार पार्न समितिले नेपाल कम्युनिस्ट पार्टी (एमाले) का सचिव छबिलाल विश्वकर्माको संयोजकत्वमा उपसमिति गठन गरेको थियो । एक सदस्यका अनुसार उपसमितिले शुक्रबार अबेरसम्म लगाएर प्रतिबेदन लेखन कार्य पनि सम्पन्न गरिसकेको छ ।

उपसमितिले करिब तीन महिना लगाएर सहमति जुटाएको छ । समितिका एक सदस्यका अनुसार उपसमितिले जुटाएको सहमति अनुसार नै शिक्षा विधेयक पारित भयो भने विद्यालय तहका प्रधानाध्यापक सार्वजनिक प्रतिस्पर्धाबाट नियुक्त हुने छन् । यस्तो प्रतिस्पर्धा शिक्षक सेवा आयोगले गराउने छ र स्थानीय तहले नियुक्त गर्ने छ । यसका लागि शिक्षक सेवा आयोगले रोस्टर तयार पार्ने छ । त्यही विषयको रोस्टरबाट प्रधानाध्यापक नियुक्त हुने छ । विधेयकले शिक्षकको सरुवाको बाटो पनि खुलाइदिएको खबर गोरखापत्रमा छापिएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

महिला फुटबल टोलीका प्रशिक्षक वाइल्डले पठाए राजीनामा पत्र, निर्णय हुन बाँकी
महिला फुटबल टोलीका प्रशिक्षक वाइल्डले पठाए राजीनामा पत्र, निर्णय हुन बाँकी
बुटबलमा झन्डै डेढ करोड राजस्व छल्ने दुई व्यवसायीविरुद्ध मुद्दा
बुटबलमा झन्डै डेढ करोड राजस्व छल्ने दुई व्यवसायीविरुद्ध मुद्दा
प्रधानमन्त्रीको सचिवालयबाट कार्यरत १३ जना हटाइए
प्रधानमन्त्रीको सचिवालयबाट कार्यरत १३ जना हटाइए
मधेशमा वनमन्त्री बनेकी विच्छालाई राप्रपाले गर्‍यो निलम्बन
मधेशमा वनमन्त्री बनेकी विच्छालाई राप्रपाले गर्‍यो निलम्बन
निजी मेडिकल कलेजको सम्बन्धन खारेज गर्ने स्वास्थ्यमन्त्रीको चेतावनी
निजी मेडिकल कलेजको सम्बन्धन खारेज गर्ने स्वास्थ्यमन्त्रीको चेतावनी
४२ लाखभन्दा बढीका सामानसहित ट्रक नियन्त्रणमा
४२ लाखभन्दा बढीका सामानसहित ट्रक नियन्त्रणमा
ढोरपाटनका मेयर नेपालीलाई कास्की जिल्ला अदालतबाट पनि थुनामा पठाउन आदेश
ढोरपाटनका मेयर नेपालीलाई कास्की जिल्ला अदालतबाट पनि थुनामा पठाउन आदेश
कृषिमा रैथाने सीप र प्रविधि बढाउन ‘आइपिएम’ कृषक पाठशाला’
कृषिमा रैथाने सीप र प्रविधि बढाउन ‘आइपिएम’ कृषक पाठशाला’
विपद्लगायत मानवीय संकटमा क्षेत्रीय एकता आवश्यक छ : गृहमन्त्री लेखक
विपद्लगायत मानवीय संकटमा क्षेत्रीय एकता आवश्यक छ : गृहमन्त्री लेखक
तोलामा २७०० रुपैयाँ घट्यो सुनको मूल्य, आज कतिमा हुँदैछ कारोबार ?
तोलामा २७०० रुपैयाँ घट्यो सुनको मूल्य, आज कतिमा हुँदैछ कारोबार ?