मुख्यमन्त्री नियुक्ति विवाद : नेता–कार्यकर्ताबाट कर्मचारीमाथि कुटपिट

प्रेस संवाददाता प्रेस संवाददाता
|
सोमबार, कार्तिक २४, २०८२
|
|
३० पटक हेरिएको
Shares
मुख्यमन्त्री नियुक्ति विवाद : नेता–कार्यकर्ताबाट कर्मचारीमाथि कुटपिट

सारांश

  • मधेश प्रदेशमा मुख्यमन्त्री नियुक्तिको विषयलाई लिएर असन्तुष्ट दलका नेता–कार्यकर्ताहरुले कर्मचारीलाई पनि कुटेका छन् ।
  • प्रदेशको मुख्यमन्त्रीको कार्यकक्षमा रहेका कर्मचारीमाथि कुटपिट भएको हो ।
  • तोडफोडमा उत्रिएको समूहबाट एक पुरुष कर्मचारीले रेकर्ड फाइल जोगाउन खोजेको एउटा भिडियोमा देखिन्छ ।

२४ कात्तिक, काठमाडौं ।

मधेश प्रदेशमा मुख्यमन्त्री नियुक्तिको विषयलाई लिएर असन्तुष्ट दलका नेता–कार्यकर्ताहरुले कर्मचारीलाई पनि कुटेका छन् । प्रदेशको मुख्यमन्त्रीको कार्यकक्षमा रहेका कर्मचारीमाथि कुटपिट भएको हो । तोडफोडमा उत्रिएको समूहबाट एक पुरुष कर्मचारीले रेकर्ड फाइल जोगाउन खोजेको एउटा भिडियोमा देखिन्छ । तिनै कर्मचारीमाथि भिड जाइलाग्छ । उनको टाउकोमा मुक्का बर्सिन्छ । त्यसपछि उनको हातबाट फाइल भुइँमा खस्छ । कुटाइ खाएका ती कर्मचारीलाई अर्का एक साथीले आक्रोशित भिडबाट फुत्काएर कोठा बाहिर निकाल्छन् । मधेशमा मुख्यमन्त्री नियुक्तिको विवादले उग्ररुप लिएको छ । प्रदेश प्रमुख र मुख्यमन्त्रीको कार्यालयमा तोडफोड भएको छ भने नेता–कार्यकर्ताहरुले मधेश भवन अगाडि टायर बालेर प्रदर्शन गरेका छन् ।

आज बिहानै कांग्रेस सहितका सांसदहरू मुख्यमन्त्रीको कार्यकक्षभित्र पुगेर तोडफोड गर्ने क्रममा एक सांसदले नेपालको राष्ट्रिय झन्डा समेत निकालेर फालेका छन् । नेपाली कांग्रेस, जसपा, लोसपा सहितका प्रदेश सांसद र कार्यकर्ताहरू एमाले दलका नेता सरोज कुमार यादवलाई मुख्यमन्त्री नियुक्त गरिएको भन्दै विरोधमा छन् । प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारीले आज कात्तिक २४ गते बिहान ४ बजेतिर बिरामी भएको भन्दै काठमाडौं जान लागेको बताएकी थिइन् । निवर्तमान मुख्यमन्त्री जितेन्द्र सोनलले उनलाई फूल दिएर स्वास्थ्यलाभको कामना गर्दै बिदाइ गरेका थिए ।

तर महोत्तरीको बर्दिबास नगरपालिका–३ कालापानीस्थित होटेल पानसमा पुगेर प्रदेश प्रमुख भण्डारीले ठूलो दलको हैसियतमा एमाले संसदीय दलका नेता सरोज कुमार यादवलाई मुख्यमन्त्री पदको शपथग्रहण गराएकी थिइन् । यो घटनापछि मधेशको राजनीति तरंगित भएको छ । यसमा असन्तुष्ट दलहरुले आलोचना गरिरहेका छन् । निवर्तमान मुख्यमन्त्री एवम् लोसपा नेता सोनलले प्रदेश प्रमुखले मधेश प्रदेशको अस्मिता लुटेको प्रतिक्रिया दिएका छन् । यसैगरी जनमत पार्टीका अध्यक्ष डा‍. सीके राउतले मधेशलाई स्वायत्त घोषणा गर्ने मौका यही भएको बताएका छन् । डा. राउतले मधेश प्रदेश सभाको बैठक सडकमा नै डाकेर भए पनि स्वायत्त घोषणा गर्न आह्वान गरेका छन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

प्रधानन्यायाधीश सिफारिसका लागि संवैधानिक परिषद्को बैठक बस्दै
प्रधानन्यायाधीश सिफारिसका लागि संवैधानिक परिषद्को बैठक बस्दै
गुटरेसको सम्बोधन सुन्न सांसदले औपचारिक पोशाक लगाएर जानुपर्ने
गुटरेसको सम्बोधन सुन्न सांसदले औपचारिक पोशाक लगाएर जानुपर्ने
अमेरिकी उपराष्ट्रपति आजदेखि भारत भ्रमणमा
अमेरिकी उपराष्ट्रपति आजदेखि भारत भ्रमणमा
मुम्बई इन्डियन्सका कप्तान हार्दिकलाई २४ लाख जरिवाना
मुम्बई इन्डियन्सका कप्तान हार्दिकलाई २४ लाख जरिवाना
आफ्नै श्रीमतीलाई घाँटी थिचेर हत्या गरेको अभियोगमा, श्रीमान् पक्राउ
आफ्नै श्रीमतीलाई घाँटी थिचेर हत्या गरेको अभियोगमा, श्रीमान् पक्राउ
खुर्सानीको बोराभित्र लुकाएको लागूऔषधसहित एक जना पक्राउ
खुर्सानीको बोराभित्र लुकाएको लागूऔषधसहित एक जना पक्राउ
लगातार तेस्रो दिन घट्यो नेप्से परिसूचक
लगातार तेस्रो दिन घट्यो नेप्से परिसूचक
संसद्‍बाट प्रचण्डको चुनौती- सरकारका हरेक अपराध नङ्ग्याउँछौँ, रमिते बन्दैनौँ
संसद्‍बाट प्रचण्डको चुनौती- सरकारका हरेक अपराध नङ्ग्याउँछौँ, रमिते बन्दैनौँ
केपी ओलीलाई गिरफ्तार गर्ने भनेर राती ३ बजेसम्म मिटिङ भइरहेको छ : ओली
केपी ओलीलाई गिरफ्तार गर्ने भनेर राती ३ बजेसम्म मिटिङ भइरहेको छ : ओली
उपाधिका लागि नेपाली युवा टोलीले युएईसँग प्रतिस्पर्धा गर्ने
उपाधिका लागि नेपाली युवा टोलीले युएईसँग प्रतिस्पर्धा गर्ने