उपाधिका लागि नेपाली युवा टोलीले युएईसँग प्रतिस्पर्धा गर्ने

प्रेस संवाददाता प्रेस संवाददाता
|
शनिबार, मंसिर १३, २०८२
|
|
२३ पटक हेरिएको
Shares
उपाधिका लागि नेपाली युवा टोलीले युएईसँग प्रतिस्पर्धा गर्ने

सारांश

  • एसीसी मेन्स यू-१९ प्रिमियर कपको उपाधिका लागि नेपाली युवा टोलीले घरेलु टोली युएईसँग खेल्ने भएको छ।
  •   फाइनलमा पुगेसँगै नेपाल र युएईले यू–१९ एसिया कपमा स्थान पक्का गरेका छन्।
  • प्रिमियर कपबाट तीन टोलीले एसिया कपमा स्थान बनाउनेछन्।

१३ मंसिर, काठमाडौं ।

एसीसी मेन्स यू-१९ प्रिमियर कपको उपाधिका लागि नेपाली युवा टोलीले घरेलु टोली युएईसँग खेल्ने भएको छ।  फाइनलमा पुगेसँगै नेपाल र युएईले यू–१९ एसिया कपमा स्थान पक्का गरेका छन्। प्रिमियर कपबाट तीन टोलीले एसिया कपमा स्थान बनाउनेछन्। नेपाल र युएईसँगै तेस्रो स्थानमा रहने टोलीले एसिया कप खेल्नेछ।  शनिबार भएको सेमिफाइनलमा युएईले ओमनलाई आठ विकेटले पराजित गर्दै नेपालसँगको भेट पक्का गरेको हो।

ओमानले दिएको एक सय २७ रनको लक्ष्य युएईले २०.१ ओभरमा दुई विकेटको क्षतिमा पूरा गरेको छ।  युएईका लागि ओपनर तथा कप्तान याययिन राईले सर्वाधिक ७१ रनको योगदान दिए। अर्का ओपनर आयान मिसबह १९ रनमा आउट भए। मुहम्मद रायान खान २० र पृथ्वी मधु १४ रनमा अविजित रहे।  त्यसअघि ब्याटिङ गरेको ओमन ३७.३ ओभरमा एक सय २६ रन बनाउँदा अलआउट भयो।

आजै भएको सेमिफाइनल खेलमा नेपालले मलेसियालाई नौ विकेटले पराजित गर्दै नेपाल उपाधि नजिक पुगेको थियो। मलेसियाले दिएको ५२ रनको झिनो लक्ष्य नेपालले ७.५ ओभरमा एक विकेटको क्षतिमा भेट्टायो। त्यसअघि युएईको अजमानस्थित सेभेन डिस्ट्रिक ग्राउन्ड–२ मा पहिले ब्याटिङ गरेको मलेसिया १७.२ ओभरमा ५१ रनमा समेटिएको थियो। अब तेस्रो स्थानका लागि ओमन र मलेसिया भिड्नेछन्। यो खेलको विजेताले पनि एसिया कपमा स्थान बनाउनेछ। फाइनल तथा र स्थानको खेल सोमबार हुनेछ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

सिराहा र धनुषा जोड्ने कमला पुलको बाँकी काम हुँदै, चैतभित्र सञ्चालनमा ल्याउने लक्ष्य
सिराहा र धनुषा जोड्ने कमला पुलको बाँकी काम हुँदै, चैतभित्र सञ्चालनमा ल्याउने लक्ष्य
धनुषामा पौडी खेल्ने क्रममा बेपत्ता युवकको शव फेला
धनुषामा पौडी खेल्ने क्रममा बेपत्ता युवकको शव फेला
सल्यानमा चट्याङ लागेर शिक्षकको मृत्यु
सल्यानमा चट्याङ लागेर शिक्षकको मृत्यु
लहान मुटु अस्पताल : कम शुल्कमा गुणस्तरीय सेवा
लहान मुटु अस्पताल : कम शुल्कमा गुणस्तरीय सेवा
वर्षाका कारण पूर्वपश्चिम राजमार्गको दाउन्नेमा सडक अवरुद्ध
वर्षाका कारण पूर्वपश्चिम राजमार्गको दाउन्नेमा सडक अवरुद्ध
स्कटल्यान्डविरुद्ध नेपालले बलिङ रोज्यो, नन्दनको ठाउँमा बसिर
स्कटल्यान्डविरुद्ध नेपालले बलिङ रोज्यो, नन्दनको ठाउँमा बसिर
  धरानवासीलाई खानेपानीको प्रबन्ध गर्ने प्रक्रिया अघि बढ्यो : प्रधानमन्त्री   
  धरानवासीलाई खानेपानीको प्रबन्ध गर्ने प्रक्रिया अघि बढ्यो : प्रधानमन्त्री   
विद्युत प्राधिकरणको तीन महिनामा नाफा नौ अर्ब ११ करोड
विद्युत प्राधिकरणको तीन महिनामा नाफा नौ अर्ब ११ करोड
रुसमा हेलिकप्टर दु*र्घटना हुँदा ५ जनाको मृ*त्यु, २ घाइते
रुसमा हेलिकप्टर दु*र्घटना हुँदा ५ जनाको मृ*त्यु, २ घाइते
नीति तथा कार्यक्रम वाचन गर्न संसद् भवन पुगे राष्ट्रपति
नीति तथा कार्यक्रम वाचन गर्न संसद् भवन पुगे राष्ट्रपति