झापामा ठूलो परिणाममा बोधिचित्तसहित एक पक्राउ

प्रेस संवाददाता प्रेस संवाददाता
|
शुक्रबार, फाल्गुन २३, २०८१
|
|
४५ पटक हेरिएको
Shares
झापामा ठूलो परिणाममा बोधिचित्तसहित एक पक्राउ

सारांश

  • झापामा प्रहरीले ११० वटा बोधिचित्तको माला र १५ किलो बोधिचित्तको दाना बरामद गरेको छ ।
  • बोधिचित्त लिएर चन्द्रगढी विमानस्थलमार्फत बिहीबार काठमाडौं जान लागेका बेला बिलबिनाका माला र दाना बरामद गरिएको जिल्ला प्रहरी कार्यालय, झापाका प्रमुख एसपी मिलन केसीले बताए ।
  • उनका अनुसार, काभ्रेपलाञ्चोक घर भई हाल काठमाडौं बस्दै आएका सानुबाबु तामाङले बोकेको झोला र सुटकेसभित्र बोधिचत्त फेला परेको थियो ।

२३ फागुन, विर्तामोड । झापामा प्रहरीले ११० वटा बोधिचित्तको माला र १५ किलो बोधिचित्तको दाना बरामद गरेको छ । बोधिचित्त लिएर चन्द्रगढी विमानस्थलमार्फत बिहीबार काठमाडौं जान लागेका बेला बिलबिनाका माला र दाना बरामद गरिएको जिल्ला प्रहरी कार्यालय, झापाका प्रमुख एसपी मिलन केसीले बताए । उनका अनुसार, काभ्रेपलाञ्चोक घर भई हाल काठमाडौं बस्दै आएका सानुबाबु तामाङले बोकेको झोला र सुटकेसभित्र बोधिचत्त फेला परेको थियो ।

त्यसपछि सोधपुछ गर्दा कागजपत्र र बिल नभएको पाइएको प्रहरीले जनाएको छ । पक्राउ परेका तामाङलाई थप अनुसन्धान तथा कारबाहीका लागि जिल्ला डिभिजन वन कार्यालय बुझाइएको प्रहरीले जनाएको छ । धार्मिक महत्वका कारण बोधिचित्त निकै महँगो मूल्यमा बिक्री हुन्छ । नेपालका बोधिचित्त चीनतर्फ तस्करी भएर जाने गरेको छ । काभ्रेको तिमाल र रोशी यसको पकेट क्षेत्र भएपनि अन्यत्र समेत बोधिचित्त केही मात्रामा बोधिचित्त पाइन्छ । यद्यपि, चिनियाँहरुले काभ्रेको बोद्धिचित्तलाई राम्रो मान्ने गर्छन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

सांसद गणेश पौडेलमाथि अभद्र व्यवहार गर्ने दुई जना पक्राउ 
सांसद गणेश पौडेलमाथि अभद्र व्यवहार गर्ने दुई जना पक्राउ 
पीडितलाई न्याय दिने विषयमा सबै दलको एक मत छः सभापति देउवा
पीडितलाई न्याय दिने विषयमा सबै दलको एक मत छः सभापति देउवा
सडक ढाकेर शिक्षकहरुको प्रदर्शन, यातायात प्रभावित
सडक ढाकेर शिक्षकहरुको प्रदर्शन, यातायात प्रभावित
एसियाड कबड्डीमा मलेसियाविरुद्ध नेपालको जित
एसियाड कबड्डीमा मलेसियाविरुद्ध नेपालको जित
रास्वपाको समानुपातिक सूचीवाट डा. राजमी रामले लिए उम्मेदवारी फिर्ता
रास्वपाको समानुपातिक सूचीवाट डा. राजमी रामले लिए उम्मेदवारी फिर्ता
आजको विनिमयदर : कुन देशको मुद्राको भाउ कति ?
आजको विनिमयदर : कुन देशको मुद्राको भाउ कति ?
जलसम्पदालाई राष्ट्रिय समृद्धिको आधार बनाउन जरुरी : उपेन्द्र यादव
जलसम्पदालाई राष्ट्रिय समृद्धिको आधार बनाउन जरुरी : उपेन्द्र यादव
२८ देखि ३० लाख मान्छे लाइसेन्स नपाएर कागज बोकेर हिन्न बाध्य छन् : मन्त्री खरेल
२८ देखि ३० लाख मान्छे लाइसेन्स नपाएर कागज बोकेर हिन्न बाध्य छन् : मन्त्री खरेल
मधेश प्रदेश सभामुखमा यादवको नाममा सहमति
मधेश प्रदेश सभामुखमा यादवको नाममा सहमति
अक्सिजन सिलिण्डरभित्र लुकाएर लागु औषध तस्करी, कुलेश्वरबाट दुई भारतीय पक्राउ
अक्सिजन सिलिण्डरभित्र लुकाएर लागु औषध तस्करी, कुलेश्वरबाट दुई भारतीय पक्राउ
गाउँ कार्यपालिकाको कार्यालय ब्रह्मपुरी सर्लाहीको सार्वजनिक अनुरोध अनुरोध

नेपाली मिति लोड हुँदैछ...