रास्वपालाई एमालेको चुनौतिः बोल्दा हेक्का पु¥याउनुस्, भाषा र परिभाषाको ज्ञान सिकेर आउनुस्

प्रेस संवाददाता प्रेस संवाददाता
|
बुधबार, आषाढ २५, २०८२
|
|
२८ पटक हेरिएको
Shares
रास्वपालाई एमालेको चुनौतिः बोल्दा हेक्का पु¥याउनुस्, भाषा र परिभाषाको ज्ञान सिकेर आउनुस्

सारांश

  • नेकपा एमाले सचेतक सुनिता बरालले संसद अफवाह फैलाउने ठाउँ नभएको बताउनुभएको छ ।
  • राष्ट्रिय स्वतन्त्र पार्टीले प्रधानमन्त्री केपी शर्मा ओलीको स्पेन भ्रमणमा सँगै गएका मानिसहरु नफर्किएको भन्दै आरोप लगाएपछि सचेतक बरालले यस्तो बताउनुभएको हो ।
  • उहाँले संसद गलत कुराको प्रचार गर्ने ठाउँ नभएको बताउनु भयो ।

ने२५ असार, काठमाडौं ।

नेकपा एमाले सचेतक सुनिता बरालले संसद अफवाह फैलाउने ठाउँ नभएको बताउनुभएको छ । राष्ट्रिय स्वतन्त्र पार्टीले प्रधानमन्त्री केपी शर्मा ओलीको स्पेन भ्रमणमा सँगै गएका मानिसहरु नफर्किएको भन्दै आरोप लगाएपछि सचेतक बरालले यस्तो बताउनुभएको हो । उहाँले संसद गलत कुराको प्रचार गर्ने ठाउँ नभएको बताउनु भयो ।

गलत टिप्पणी गर्ने र कुनै कुरा धैयर्तापूर्वक सुन्न नसक्ने ठाउँ संसद नभएको जिकिर गर्नुभयो । देशको प्रधानमन्त्री दल विशेषसँग मात्रै नभइ राष्ट्रको एउटा कार्यकारी प्रमुखकका हिसावले गएको हुने बताउनु भयो । बोल्दा हेक्क पु¥याएर बोल्न र भाषा र परिभाषाको ज्ञान सिकेर आउन चुनौति दिनुभयो ।
उहाँले भन्नुभयो, ‘यो संसद अफवाह फैलाउने, गलत कुराको प्रचार गर्ने, गलत टिप्पणी गर्ने र आफू बाहिरिने र कुनै कुरा धैयर्तापूर्वक सुन्न नसक्ने ठाउँ होइन । तथ्यको आधारमा कुरा गरौँ । देशको प्रधानमन्त्री दल विशेषसँग मात्रै होइन, राष्ट्रको एउटा कार्यकारी प्रमुखकका हिसावले गएको हुन्छ ।

पटक पटक टिप्पणी गरिरहेका मान्यज्युलाई म प्रश्न गर्न चाहन्छु, भाषा र परिभाषाको ज्ञान तपाईंलाई सिकाउनप¥यो भने हामी तयार छौँ । तर बोल्दा हेक्का पु¥याएर बोल्न चुनौति दिन चाहन्छु ।’ सचेतक बरालले प्रधानमन्त्रीसँग गएको टिमको फेहरिस्त चाहियो भने फेरि पनि प्रमाणसहित दिन तयार रहेको बताउनु भयो । प्रधानमन्त्रीले देशको गौरव बनाएर आउँदा किन छटपटी भयो ? भन्दै प्रश्न गर्नुभयो । रास्वपाको राष्ट्रप्रेम पटक पटक घटनाक्रमहरु र तथ्य तथ्यांकहरुबाट देखिसकेको बताउनु भयो ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

आइपिएल मेगा अक्सनका लागि ५७४ खेलाडी
आइपिएल मेगा अक्सनका लागि ५७४ खेलाडी
कोशी, गण्डकी र कर्णालीका केही ठाउँमा चट्याङसहित वर्षाको सम्भावना
कोशी, गण्डकी र कर्णालीका केही ठाउँमा चट्याङसहित वर्षाको सम्भावना
आजको मौसम : यी प्रदेशमा वर्षाको सम्भावना
आजको मौसम : यी प्रदेशमा वर्षाको सम्भावना
माधवलाई अर्को संकट आउँदै, असन्तुष्ट नेताहरुले पार्टी फुटाउँदै
माधवलाई अर्को संकट आउँदै, असन्तुष्ट नेताहरुले पार्टी फुटाउँदै
राष्ट्रपति शैक्षिक सुधार कार्यक्रमलाई राष्ट्रिय शैक्षिक सुधार कार्यक्रम बनाइयो
राष्ट्रपति शैक्षिक सुधार कार्यक्रमलाई राष्ट्रिय शैक्षिक सुधार कार्यक्रम बनाइयो
गुण्डुमा एमालेको सचिवालय बैठक सुरु
गुण्डुमा एमालेको सचिवालय बैठक सुरु
आजको मौसम: केही प्रदेशमा भारी वर्षाको सम्भावना। 
आजको मौसम: केही प्रदेशमा भारी वर्षाको सम्भावना। 
रविलाई संगठित अपराधमा मुद्दा नचलाएको भन्दै चितवन जिल्ला न्यायाधिवक्तामाथि छानबिन
रविलाई संगठित अपराधमा मुद्दा नचलाएको भन्दै चितवन जिल्ला न्यायाधिवक्तामाथि छानबिन
सिन्धुलीमा खोलाले बगाउँदा चार वर्षीय बालकको मृत्यु
सिन्धुलीमा खोलाले बगाउँदा चार वर्षीय बालकको मृत्यु
दुबई अन्तर्राष्ट्रिय विमानस्थल नजिक ड्रोन आक्रमण, इन्धन ट्याङ्कीमा आगलागी
दुबई अन्तर्राष्ट्रिय विमानस्थल नजिक ड्रोन आक्रमण, इन्धन ट्याङ्कीमा आगलागी