सुदनले गृहमन्त्रीको राजीनामा माग्दै चलाए सामाजिक सञ्जालमा अभियान

प्रेस संवाददाता प्रेस संवाददाता
|
बिहिबार, मंसिर ४, २०८२
|
|
२५ पटक हेरिएको
Shares
सुदनले गृहमन्त्रीको राजीनामा माग्दै चलाए सामाजिक सञ्जालमा अभियान

सारांश

  • हामी नेपाल नामक संस्थाका संयोजक सुदन गुरूङले गृहमन्त्री ओमप्रकाश अर्यालविरूद्ध सामाजिक सञ्जालमा अभियान चलाएका छन् ।
  • उनले सामाजिक सञ्जाल फेसबुकमार्फत् राजीनामा माग गर्दै गृहमन्त्री अर्यालविरूद्ध अभियान चलाएका हुन् ।
  • ‘मौनतालाई कमजोरी नठान्नू : जनआन्दोलनको ज्वालामुखी उठ्दैछ’ भन्दै गुरूङले एउटा पोस्टर फेसबुकमा साझा गरेका छन् ।

४ मंसिर, काठमाडौं ।

हामी नेपाल नामक संस्थाका संयोजक सुदन गुरूङले गृहमन्त्री ओमप्रकाश अर्यालविरूद्ध सामाजिक सञ्जालमा अभियान चलाएका छन् । उनले सामाजिक सञ्जाल फेसबुकमार्फत् राजीनामा माग गर्दै गृहमन्त्री अर्यालविरूद्ध अभियान चलाएका हुन् । ‘मौनतालाई कमजोरी नठान्नू : जनआन्दोलनको ज्वालामुखी उठ्दैछ’ भन्दै गुरूङले एउटा पोस्टर फेसबुकमा साझा गरेका छन् । पोस्टरमा गृहमन्त्री अर्यालविरूद्ध तीनवटा ह्यासट्यागहरू पनि उल्लेख छन् ।

त्यसअघि उनले फेसबुकमै गृहमन्त्री अर्यालको लाचारीपनले बारामा बुधबार जेनजी माथि कुटपिट भएको आरोप लगाएका थिए । ‘गृहमन्त्रीले आफू आन्दोलनको म्यान्डेटबाट, सडकमा बगेको रगतबाट र जनेजी भाइबहिनीहरूको बलिदानबाट गृहमन्त्री बनेको कुरा बिर्सिएको देखेर लाज पनि लजाइसक्यो,’ उनले लेखेका थिए, ‘यदि गृहमन्त्रीले राजीनामा नदिने हो भने, भ्रष्टाचारीहरू र हत्याराहरुलाई समात्न सक्दैन भने, देशको परिवर्तनका लागि लड्ने योद्धाहरू माथि कुटपिट हुँदा कानमा तेल हालेर, हात बाँधेर बस्छ भने र उल्टै देशप्रेमी भाइबहिनीहरूलाई पक्राउ गर्छ भने ‘मलाई पनि पक्राउ गर’ राष्ट्रिय अभियान चलाउने चुनौती दिन्छु ।’

सुदनले गत भदौ २३ र २४ गतेको जेनजी आन्दोलनमा दमन गर्नेहरुलाई पक्राउ गरी कारबाहीको दायरामा ल्याउन माग गर्दै आएका छन् । तर त्यसको बेवास्ता गरेको भन्दै गृहमन्त्री अर्यालविरुद्ध गुरुङ खरो उत्रिँदै आएका छन् । एकदिन अघि मात्रै पनि सुदनले गृहमन्त्रीविरुद्ध फेसबुकमा कडा स्टाटस लेखेका थिए । उनले प्रश्न गरेका थिए, ‘आफूलाई संविधानविद भनेर चिनाउने, संविधानको कुन धारामा ‘सानालाई ऐन र ठुलालाई चैन’ लेखेको छ ? विधिको शासन लागू नहुने भने पुरानो शासन र अहिलेकोमा के फरक भयो गृहमन्त्रीज्यू ?’

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

दाइजोविरुद्ध अन्तिम साससम्म लड्छु : उपसभामुख ठाकुर
दाइजोविरुद्ध अन्तिम साससम्म लड्छु : उपसभामुख ठाकुर
विकास, आर्थिक मामिला तथा सुशासन समितिको बैठक बस्दै
विकास, आर्थिक मामिला तथा सुशासन समितिको बैठक बस्दै
यस्तो छ , आजको लागि विदेशी मुद्राको विनिमयदर
यस्तो छ , आजको लागि विदेशी मुद्राको विनिमयदर
सदनको अवरोध हटाउन प्रधानमन्त्री अनौपचारिक संवादमा, कांग्रेस आक्रामक
सदनको अवरोध हटाउन प्रधानमन्त्री अनौपचारिक संवादमा, कांग्रेस आक्रामक
शीर्ष–२ मा पुग्न मुम्बई र पञ्जाबबीच कडा प्रतिस्पर्धा, कुन टिम छ बलियो ?
शीर्ष–२ मा पुग्न मुम्बई र पञ्जाबबीच कडा प्रतिस्पर्धा, कुन टिम छ बलियो ?
आज कोशी र बागमती प्रदेशका एकदुई स्थानमा भारी वर्षाको सम्भावना
आज कोशी र बागमती प्रदेशका एकदुई स्थानमा भारी वर्षाको सम्भावना
१६ महिनामा देशको प्रतिष्ठा बढाउने मानक कायम भएको छ : प्रधानमन्त्री
१६ महिनामा देशको प्रतिष्ठा बढाउने मानक कायम भएको छ : प्रधानमन्त्री
अन्तरिक्ष स्टेशनमाबाट सुनिता र बुचको पत्रकार सम्मेलन
अन्तरिक्ष स्टेशनमाबाट सुनिता र बुचको पत्रकार सम्मेलन
एसएसपीदेखि एआईजीसम्म १५ अधिकृत मधेशमा खटिए, को–कहाँ ? (सूचीसहित)
एसएसपीदेखि एआईजीसम्म १५ अधिकृत मधेशमा खटिए, को–कहाँ ? (सूचीसहित)
जेन-जी आन्दोलनमा मारिनेको संख्या ५१ पुग्याे
जेन-जी आन्दोलनमा मारिनेको संख्या ५१ पुग्याे