भोजपुरमा एकै परिवारका चार जनाको ह*त्या

प्रेस संवाददाता प्रेस संवाददाता
|
आइतबार, आषाढ २२, २०८२
|
|
३१ पटक हेरिएको
Shares
भोजपुरमा एकै परिवारका चार जनाको ह*त्या

सारांश

  • भोजपुरको रामप्रसाद राई गाउँपालिका–२ धोद्लेखानीमा एउटै घरमा चार जनाको हत्या भएको छ ।
  • जिल्ला प्रहरी कार्यालय भोजपुरका प्रमुख प्रहरी नायव उपरीक्षक युवराज तिमिल्सिनाले एकै घरभित्र चार जनाको हत्या भएको जानकारी दिए ।
  • तिमिल्सिनाका अनुसार ६८ वर्षीय बेल बहादुर गिरी, उनकी श्रीमती ४५ वर्षीया मञ्जु गिरी, छोरी मनिषा गिरी र छोरा सपन गिरीको हत्या भएको छ ।

२२ असार, विराटनगर ।

भोजपुरको रामप्रसाद राई गाउँपालिका–२ धोद्लेखानीमा एउटै घरमा चार जनाको हत्या भएको छ । जिल्ला प्रहरी कार्यालय भोजपुरका प्रमुख प्रहरी नायव उपरीक्षक युवराज तिमिल्सिनाले एकै घरभित्र चार जनाको हत्या भएको जानकारी दिए । तिमिल्सिनाका अनुसार ६८ वर्षीय बेल बहादुर गिरी, उनकी श्रीमती ४५ वर्षीया मञ्जु गिरी, छोरी मनिषा गिरी र छोरा सपन गिरीको हत्या भएको छ ।

प्रहरीका अनुसार ज्वाइँ राजेन्द्र राईले ससुरा बेलबहादुर, सासू मञ्जु, श्रीमती मनिषा र सालो सपनसहित चार जनाको हत्या गरेको हुनसक्ने प्रहरीले जनाएको छ ।घाइते अवस्थामा भेटिएका राईले हत्या गरेको स्वीकार गरेको प्रहरीले जनाएको छ । घटनास्थलमा घाइते अवस्थामा भेटिएका राजेन्द्रलाई भने उपचारका लागि लगिएको जनाइएको छ । उनको जिल्ला अस्पताल भोजपुरमा उपचार भई रहेको छ । गए राती करिब १ बजेतिर प्रहरीले घटनाको जानकारी पाएकोले तत्कालै घटनास्थलमा प्रहरी परिचालन गरिएको प्रनाउ तिमिल्सिनाले बताए । घटनास्थलमा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाइएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

स्थानीय तह उपनिर्वाचनः शान्तिपूर्ण रूपमा मतदान हुँदै
स्थानीय तह उपनिर्वाचनः शान्तिपूर्ण रूपमा मतदान हुँदै
माधव नेपाललाई मुद्दा दायर हुनुमा सरकारको कुनै भूमिका छैन: सञ्चारमन्त्री गुरुङ
माधव नेपाललाई मुद्दा दायर हुनुमा सरकारको कुनै भूमिका छैन: सञ्चारमन्त्री गुरुङ
नेपालमा अन्तर्राष्ट्रिय पर्यटक आगमन १५.७ प्रतिशतले वृद्धि
नेपालमा अन्तर्राष्ट्रिय पर्यटक आगमन १५.७ प्रतिशतले वृद्धि
सर्लाहीको सुरक्षा अवस्थाप्रति सांसद भण्डारीद्वारा सरकारको ध्यानाकर्षण
सर्लाहीको सुरक्षा अवस्थाप्रति सांसद भण्डारीद्वारा सरकारको ध्यानाकर्षण
सदनमा प्रधानमन्त्रीको उपस्थितिका लागि रुलिङ गर्न कांग्रेसको माग
सदनमा प्रधानमन्त्रीको उपस्थितिका लागि रुलिङ गर्न कांग्रेसको माग
सुदूरपश्चिम सरकारद्वारा एक करोड आर्थिक सहयोगसहित स्वास्थ्यकर्मी पठाउने घोषणा
सुदूरपश्चिम सरकारद्वारा एक करोड आर्थिक सहयोगसहित स्वास्थ्यकर्मी पठाउने घोषणा
नेपाललाई दोस्रो सफलता, मलेसियाको दुई विकेट गयो
नेपाललाई दोस्रो सफलता, मलेसियाको दुई विकेट गयो
सरकार र चिनियाँ ठेकेदारविरुद्ध प्रदर्शन
सरकार र चिनियाँ ठेकेदारविरुद्ध प्रदर्शन
भारत उत्तराखण्डमा बन्धक बनाइएका ३५ नेपालीको उद्धार
भारत उत्तराखण्डमा बन्धक बनाइएका ३५ नेपालीको उद्धार
मध्यपहाडी राजमार्गको जाजरकोट खण्डमा छिटो काम सक्न संसदीय समितिको निर्देशन
मध्यपहाडी राजमार्गको जाजरकोट खण्डमा छिटो काम सक्न संसदीय समितिको निर्देशन