सडकका २३४ रुग्ण ठेक्का तोडिने, कर्मचारीमाथि पनि छानबिन हुने

प्रेस संवाददाता प्रेस संवाददाता
|
शनिबार, आश्विन ११, २०८२
|
|
२५ पटक हेरिएको
Shares
सडकका २३४ रुग्ण ठेक्का तोडिने, कर्मचारीमाथि पनि छानबिन हुने

सारांश

  • सडक र पुल निर्माणका लागि सम्झौता गरिएका तर काम नगरी अलपत्र परेका २३४ वटा रुग्ण ठेक्का तोडिने भएका छन् ।
  • संघीय सडक सुपरीवेक्षण तथा अनुगमन कार्यालय मातहतका सडक डिभिजन कार्यालय, हुलाकी राजमार्ग र मध्यपहाडी लोकमार्गका रुग्ण अवस्थामा रहेका ठेक्कामा यो कदम चालिने भएको हो ।
  • दमक कार्यालय अन्तर्गत ३८, काठमाडौं ७५, पोखरा ३९, सुर्खेत ४९, हुलाकी १६ र मध्यपहाडी लोकमार्ग १७ वटा ठेक्का रुग्ण अवस्थामा छन् ।

११ असोज, काठमाडौं ।

सडक र पुल निर्माणका लागि सम्झौता गरिएका तर काम नगरी अलपत्र परेका २३४ वटा रुग्ण ठेक्का तोडिने भएका छन् । संघीय सडक सुपरीवेक्षण तथा अनुगमन कार्यालय मातहतका सडक डिभिजन कार्यालय, हुलाकी राजमार्ग र मध्यपहाडी लोकमार्गका रुग्ण अवस्थामा रहेका ठेक्कामा यो कदम चालिने भएको हो । दमक कार्यालय अन्तर्गत ३८, काठमाडौं ७५, पोखरा ३९, सुर्खेत ४९, हुलाकी १६ र मध्यपहाडी लोकमार्ग १७ वटा ठेक्का रुग्ण अवस्थामा छन् । आयोजना तर्फ काम नगरी ठेक्का रुग्ण बनाउन संलग्न तत्कालीन र हालका जिम्मेवार कर्मचारीमाथि छानबिनका लागि समिति गठन गरिने भएको छ ।

ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात र शहरी विकासमन्त्री कुलमान घिसिङले शनिबार भौतिक मन्त्रालयका सचिव, सहसचिव, सडक विभागका महानिर्देशक र संघीय सडक सुपरीवेक्षण तथा अनुगमन कार्यालयका प्रमुखसँग छलफल गर्दै रुग्ण ठेक्का तोड्ने कदम अपरिहार्य भएको बताएका छन् । मन्त्री घिसिङका अनुसार, “सडक निर्माणका लागि राज्यले प्रत्येक वर्ष ठूलो रकम खर्च गरिरहेको छ, तर नागरिकले लाभ प्राप्त गर्न सकेका छैनन् । ठेक्का व्यवस्थापन शून्य जस्तो देखिएको छ । कतिपय निर्णय कर्मचारीले समयमै नगर्दा ठेक्का रुग्ण बनेका छन् । यस्ता कर्मचारीमाथि पनि छानबिन गर्नुपर्छ ।” उनले थपे, “रुग्ण ठेक्कामा संलग्न निर्माण व्यवसायीलाई कसैले प्रलोभन दिन सक्दैनन्।

तपाईंहरूले स्वतन्त्रतापूर्वक ठेक्का तोड्नुहोस । यस कदमले सुशासन कायम गर्न महत्वपूर्ण भूमिका खेल्नेछ । म तपाईंलाई पूर्ण संरक्षण गर्नेछु ।” निर्माण सम्झौता अनुसार समय थप भए पनि प्रगति कम भएका ठेक्कालाई रुग्ण मानिएको छ । उदाहरणका लागि, दुई करोडभन्दा बढी सम्झौता भएको ठेक्कामा ५० प्रतिशतभन्दा कम प्रगति भएमा रुग्ण ठेक्का मानिनेछ । त्यस्तै, २–४ सय प्रतिशत समय म्याद थप भए पनि प्रगति ८०–९५ प्रतिशतभन्दा कम भएको ठेक्कालाई रुग्ण ठेक्का मानिने प्रावधान छ ।
मन्त्री घिसिङले मन्त्रालय र मातहतका कार्यालयमा अनियमितता, ढिलासुस्ती, घूसमाग्ने वा सेवाग्राहीलाई दुःख दिने कर्मचारीमाथि तत्काल कारबाही हुने स्पष्ट पारेका छन्। उनले कर्मचारीलाई पनि निर्देश दिएका छन । कसैले आफ्नो नाम बेचेर अनावश्यक दुःख पु¥याएमा तुरुन्त जानकारी गराउनुपर्छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

यू-१९ महिला विश्‍वकपको तेस्रो खेलमा नेपालले अस्ट्रेलियासँग खेल्दै
यू-१९ महिला विश्‍वकपको तेस्रो खेलमा नेपालले अस्ट्रेलियासँग खेल्दै
पूर्वाधार विकास कार्यालय सर्लाहीमा योजनाको ‘चिठी’मै चलखेल
पूर्वाधार विकास कार्यालय सर्लाहीमा योजनाको ‘चिठी’मै चलखेल
बागमतीमा दलहरूबीच सहमति नहुँदा सभामुख चयन प्रक्रिया अन्याेल
बागमतीमा दलहरूबीच सहमति नहुँदा सभामुख चयन प्रक्रिया अन्याेल
रित्तो थाली बोकेर माइतीघरमा सुकुम्वासीको प्रदर्शन
रित्तो थाली बोकेर माइतीघरमा सुकुम्वासीको प्रदर्शन
बेलिब्रिज भाँचिदा घाइते भएका तीनजना कामदारको मृ*त्यु
बेलिब्रिज भाँचिदा घाइते भएका तीनजना कामदारको मृ*त्यु
डेंगी संक्रमितको संख्या २३ हजार नाघ्यो, तीन महिनामा १४ जनाको मृत्यु
डेंगी संक्रमितको संख्या २३ हजार नाघ्यो, तीन महिनामा १४ जनाको मृत्यु
थाइल्यान्डबाट गाँजा बोकेर आएका भारतीय नागरिक विमानस्थलमा पक्राउ
थाइल्यान्डबाट गाँजा बोकेर आएका भारतीय नागरिक विमानस्थलमा पक्राउ
संसदमा प्ले कार्डसहित श्रम संस्कृति पार्टीको विरोध
संसदमा प्ले कार्डसहित श्रम संस्कृति पार्टीको विरोध
दुर्गा प्रसाईंका बडिगार्ड दीपक खड्का पनि पक्राउ
दुर्गा प्रसाईंका बडिगार्ड दीपक खड्का पनि पक्राउ
इरानको सबैभन्दा ठुलो बन्दरगाहमा विस्फोट, करिब ३०० जना घाइते
इरानको सबैभन्दा ठुलो बन्दरगाहमा विस्फोट, करिब ३०० जना घाइते