राप्रपाका केन्द्रीय सदस्य कार्कीद्वारा पार्टी परित्याग

प्रेस संवाददाता प्रेस संवाददाता
|
बिहिबार, श्रावण १५, २०८२
|
|
२३ पटक हेरिएको
Shares
राप्रपाका केन्द्रीय सदस्य कार्कीद्वारा पार्टी परित्याग

सारांश

  • राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का निर्वाचित केन्द्रीय सदस्य किशोर बहादुर कार्कीले पार्टी परित्याग गरेका छन् ।
  • बिहीबार प्रेस विज्ञप्ति जारी गर्दै उनले लामो समयदेखि समर्पित रहेर काम गरेको राप्रपाको हालको नेतृत्व, गुटबन्दी, भागबन्डा र हैकमवादी प्रवृत्तिबाट निराश भई पार्टी परित्याग गर्ने निर्णय गरेको उल्लेख गरेका छन् ।
  • ‘ पार्टी अध्यक्षले विमति राख्ने कार्यकर्तालाई हटाउँदै, चाकडी र चाप्लुसी गर्नेहरूलाई संरक्षण दिन थालेपछि सुधारको कुनै सम्भावना बाँकी रहेन’, कार्कीद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

१५ साउन, काठमाडौं ।

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का निर्वाचित केन्द्रीय सदस्य किशोर बहादुर कार्कीले पार्टी परित्याग गरेका छन् । बिहीबार प्रेस विज्ञप्ति जारी गर्दै उनले लामो समयदेखि समर्पित रहेर काम गरेको राप्रपाको हालको नेतृत्व, गुटबन्दी, भागबन्डा र हैकमवादी प्रवृत्तिबाट निराश भई पार्टी परित्याग गर्ने निर्णय गरेको उल्लेख गरेका छन् । ‘

पार्टी अध्यक्षले विमति राख्ने कार्यकर्तालाई हटाउँदै, चाकडी र चाप्लुसी गर्नेहरूलाई संरक्षण दिन थालेपछि सुधारको कुनै सम्भावना बाँकी रहेन’, कार्कीद्वारा जारी विज्ञप्तिमा उल्लेख छ । राप्रपामा आफूले सुर्यबहादुर थापा, लोकेन्द्र बहादुर चन्द, पशुपति शम्शेर राणा, कमल थापा र डा. प्रकाश चन्द्र लोहनीसँग विभिन्न जिम्मेवारीमा रहेर काम गरेको उल्लेख गर्दै कार्कीले वर्तमान नेतृत्वले पार्टीलाई विधि-विधानविहीन र स्वेच्छाचारी ढंगले सञ्चालन गरिरहेको आरोप लगाएका छन् । पार्टीमा विचारभन्दा पनि पद, भागबन्डा, सेटिङ र साँठगाँठलाई प्राथमिकता दिइएको भन्दै उनले आक्रोश पोखेका छन् । पार्टीमा पुराना र समर्पित कार्यकर्तालाई पाखा लगाएर अयोग्य र नवप्रवेशीलाई शीर्ष जिम्मेवारी दिइनु, लगातार चुनाव चिन्ह परिवर्तन हुनुले संगठन र कार्यकर्तामाझ निराशा थपिएको उनले बताएका छन् ।

यस्तो प्रवृत्तिले संगठनको आत्मा मरेको अनुभूति हुने र यस्तो नेतृत्वको पछि लाग्नु देश र जनताका लागि धोका हुने कार्कीको निष्कर्ष छ । पार्टीको साधारण सदस्यता समेत त्यागेको भन्दै कार्कीले अब कुनै दल वा गुटसँग आबद्ध नरही स्वतन्त्र जनता र राष्ट्रको सेवामा रहने बताएका छन् । उनले भविष्यमा सत्य, निष्ठा र राष्ट्र निर्माणमा लाग्नेहरुसँग भने साझा प्रयासमा सहकार्यको अपेक्षा राखेका छन् ।पूर्वमधेस प्रदेश संयोजक, पूर्व प्रवक्ता, र पूर्व अनुशासन समिति सदस्य सचिवसहितका भूमिका निभाएका कार्कीको पार्टी परित्यागले राप्रपाभित्रको आन्तरिक कलह बढ्दै गएको देखिएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

नेपालको सामाजिक सुरक्षालाई आईएलओले रोलमोडलको रुपमा अगाडि बढाउन खोजेको छः श्रममन्त्री भण्डारी
नेपालको सामाजिक सुरक्षालाई आईएलओले रोलमोडलको रुपमा अगाडि बढाउन खोजेको छः श्रममन्त्री भण्डारी
ठूलो आन्दोलनमा जाँदैछौं, सरकारमा बस्ने रुचि छैन : प्रचण्ड
ठूलो आन्दोलनमा जाँदैछौं, सरकारमा बस्ने रुचि छैन : प्रचण्ड
क्यानको केन्द्रीय सम्झौतामा समावेश नहुने सन्दीपको घोषणा
क्यानको केन्द्रीय सम्झौतामा समावेश नहुने सन्दीपको घोषणा
काठमाडौं–तराई मधेस द्रुतमार्ग निरीक्षणमा पुगे राष्ट्रपति पौडेल
काठमाडौं–तराई मधेस द्रुतमार्ग निरीक्षणमा पुगे राष्ट्रपति पौडेल
जनमतका जिल्ला अध्यक्ष नायकद्वारा झण्डा मेला उद्घाटन
जनमतका जिल्ला अध्यक्ष नायकद्वारा झण्डा मेला उद्घाटन
सुनचाँदीको मूल्य घट्यो
सुनचाँदीको मूल्य घट्यो
मिथिला माध्यमिकी परिक्रमा आज कञ्चन वन पुग्दै, आजैदेखि मिथिलाञ्चलमा होली सुरु
मिथिला माध्यमिकी परिक्रमा आज कञ्चन वन पुग्दै, आजैदेखि मिथिलाञ्चलमा होली सुरु
वर्तमान सरकारमा बस्नेलाई कुनै दलतिर ढल्कने छुट छैन : गृहमन्त्री अर्याल
वर्तमान सरकारमा बस्नेलाई कुनै दलतिर ढल्कने छुट छैन : गृहमन्त्री अर्याल
घट्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?
घट्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?
मधेशमा विपद्‌बाट पाँच जनाको मृत्यु, ५ सय मानिस विस्थापित
मधेशमा विपद्‌बाट पाँच जनाको मृत्यु, ५ सय मानिस विस्थापित