नेप्सेले दियो गिरावटलाई निरन्तरता, कारोबार रकममा देखियो सुधार

प्रेस संवाददाता प्रेस संवाददाता
|
मंगलबार, बैशाख ८, २०८३
|
|
९९ पटक हेरिएको
Shares
नेप्सेले दियो गिरावटलाई निरन्तरता, कारोबार रकममा देखियो सुधार

सारांश

  • सेयर कारोबार साताको दोस्रो दिन मंगलबार नेप्से परिसूचक दोहोरो अंकले घटेर बन्द भएको छ।
  • नेप्से परिसूचक १८.
  • १० अंकले घटेर २८०७.

८ वैशाख,काठमाडौं ।

सेयर कारोबार साताको दोस्रो दिन मंगलबार नेप्से परिसूचक दोहोरो अंकले घटेर बन्द भएको छ। नेप्से परिसूचक १८.१० अंकले घटेर २८०७.१२ विन्दुमा अडिएको छ। अघिल्लो दिन सोमबार नेप्से परिसूचक १३.१७ अंकले घटेर २८२५.२३ विन्दुमा पुगेको थियो। सो दिन ५ अर्ब ४३ करोड मूल्य बराबरको सेयर कारोबार भएको थियो।

परिसूचक दोहोरो अंकले घटे पनि कारोबार रकम भने सोमबारको तुलनामा सामान्य बढेको छ। आज ३४७ वटा स्क्रिप्सको १ करोड ३० लाख १९ हजार ५५ वटा कित्ता सेयर ५ अर्ब ७७ करोड ४३ लाख  १७ हजार  ८७९ रुपैयाँमा खरिदबिक्री भए। कारोबारमा आएकामध्ये ४८ वटा स्टक्सको मूल्य बढ्दा २१५ वटाको घट्यो। ६ वटा स्टक्सको मूल्य भने स्थिर रह्यो। तीनवटा कम्पनीको सेयर १५ प्रतिशतले बढ्यो। सूर्यकुण्ड हाइड्रो इलेक्ट्रिक,पाल्पा सिमेन्ट इन्डस्ट्रिज र शिखर पावर डेभलपमेन्ट लिमिटेडको सेयर १५ प्रतिशतले बढेको हो।

कर्पोरेट डेभलपमेन्ट बैंकको १४.८२ प्रतिशतले बढ्दा एसियन हाइड्रोपावरको १०.३८ प्रतिशतले बढ्यो। दोल्ती पावरका लगानीकर्ताले सर्वाधिक गुमाए। सो कम्पनीको सेयर ८.७१ प्रतिशतले घट्यो। कारोबार रकमका आधारमा सोलु हाइड्रोपावर शीर्षस्थानमा रह्यो। सो कम्पनीले ३७ करोड मूल्य बराबरको सेयर कारोबार भयो। रिलायन्स स्पिनिङ्ग मिल्सले ३० करोडको सेयर कारोबार गर्दा नेसनल हाइड्रोपावरले २३ करोड,होटल फरेस्टी इनले २२करोड र एसवाइ प्यानल नेपालले १८ करोड मूल्य बराबरको सेयर कारोबार गरे। होटल्स एण्ड टुरिजमबाहेक अरु बाँकी समूहको उपसूचक नकारात्मक देखिए। होटल्स एण्ड टुरिजम समूहको उपसूचक १.१६ प्रतिशतले बढ्यो।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

सडक निर्माणमा एमसीए नेपालले गर्‍यो साढे ३ अर्बको ठेक्का सम्झौता
सडक निर्माणमा एमसीए नेपालले गर्‍यो साढे ३ अर्बको ठेक्का सम्झौता
तीनकुने घटनामा जरिवाना गराउन महानगरले खटायो अध्ययन टोली
तीनकुने घटनामा जरिवाना गराउन महानगरले खटायो अध्ययन टोली
अर्गानिक उत्पादनको प्रमाणीकरण देशभित्रै गर्न प्रधानमन्त्री शाहको निर्देशन
अर्गानिक उत्पादनको प्रमाणीकरण देशभित्रै गर्न प्रधानमन्त्री शाहको निर्देशन
नागढुंगा सुरुङमार्ग पहिलो हो तर अन्तिम होइन : सचिव सिग्देल
नागढुंगा सुरुङमार्ग पहिलो हो तर अन्तिम होइन : सचिव सिग्देल
महिला च्याम्पियनशिपको फाइनलमा नेपाल र म्यानमार मैदानमा
महिला च्याम्पियनशिपको फाइनलमा नेपाल र म्यानमार मैदानमा
पाकिस्तानमा प्रहरी र आतंकवादीबीच भिडन्त, १० जना आतंकवादीको मृत्यु
पाकिस्तानमा प्रहरी र आतंकवादीबीच भिडन्त, १० जना आतंकवादीको मृत्यु
आजको मौसम : यी प्रदेशमा भारी वर्षाको सम्भावना
आजको मौसम : यी प्रदेशमा भारी वर्षाको सम्भावना
यस्तो छ तपाईको आजको राशिफल
यस्तो छ तपाईको आजको राशिफल
‘सगरमाथा संवाद अन्तरराष्ट्रिय मञ्चमा नेपालको उपस्थितिका लागि महत्त्वपूर्ण’
‘सगरमाथा संवाद अन्तरराष्ट्रिय मञ्चमा नेपालको उपस्थितिका लागि महत्त्वपूर्ण’
ऊर्जामन्त्री घिसिङसामु बाढीप्रभावित जलविद्युत उत्पादकका ७ माग, भन्सार छुटदेखि आरसीओडी थपसम्म
ऊर्जामन्त्री घिसिङसामु बाढीप्रभावित जलविद्युत उत्पादकका ७ माग, भन्सार छुटदेखि आरसीओडी थपसम्म