बर्दियामा गोहीको आक्रमणबाट एक जनाको मृ*त्यु

प्रेस संवाददाता प्रेस संवाददाता
|
शनिबार, आश्विन २४, २०८३
|
|
९० पटक हेरिएको
Shares
बर्दियामा गोहीको आक्रमणबाट एक जनाको मृ*त्यु

सारांश

  • कर्णाली नदीमा माछा मार्न गएकी एक महिलाको गोहीको आक्रमणबाट मृत्यु भएको छ ।
  • शुक्रबार बिहान नदीमा माछा मार्न गएकी बर्दियाको मधुवन नगरपालिका–३ बस्ने अन्दाजी ४५ वर्षीया पुष्पा लामिछानेको गोहीको आक्रमणबाट मृत्यु भएको प्रहरीले जनाएको छ ।
  • इलाका प्रहरी कार्यालय राजापुरका प्रमुख प्रहरी नायब उपरीक्षक(डीएसपी) होमप्रकाश चौधरीले गोहीको आक्रमणबाट लामिछानेको मृत्यु भएको पुष्टि गरेका छन् ।

२४ असोज, धनगढी । कर्णाली नदीमा माछा मार्न गएकी एक महिलाको गोहीको आक्रमणबाट मृत्यु भएको छ । शुक्रबार बिहान नदीमा माछा मार्न गएकी बर्दियाको मधुवन नगरपालिका–३ बस्ने अन्दाजी ४५ वर्षीया पुष्पा लामिछानेको गोहीको आक्रमणबाट मृत्यु भएको प्रहरीले जनाएको छ ।

इलाका प्रहरी कार्यालय राजापुरका प्रमुख प्रहरी नायब उपरीक्षक(डीएसपी) होमप्रकाश चौधरीले गोहीको आक्रमणबाट लामिछानेको मृत्यु भएको पुष्टि गरेका छन् । उनकाअनुसार लामिछाने बिहान ७ बजेतिर माछा मार्न घरबाट निस्किएकी थिइन् ।

घर नफर्किएपछि खोजीका लागि प्रहरीलाई खबर गरिएको थियो । खोजीका क्रममा उनलाई कोठियाघाट क्षेत्रमा गोहीले आक्रमण गरेर मारेको अवस्था फेला पारेको हो ।

गोहीले आक्रमण गरी लामिछानेलाई नदीभित्रै राखेको थियो । राति करिब ११ बजेतिर उनलाई नदी छेउतिर ल्याएपछि प्रहरीले शव निकालेको थियो ।

 

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?