देउवा समूहमा लागेका जनप्रतिनिधिलाई कारबाही गर्ने गगनको चेतावनी

प्रेस संवाददाता प्रेस संवाददाता
|
मंगलबार, मंसिर ९, २०८३
|
|
४२ पटक हेरिएको
Shares
देउवा समूहमा लागेका जनप्रतिनिधिलाई कारबाही गर्ने गगनको चेतावनी

सारांश

  • पार्टी केन्द्रीय कार्यालय सोनपामा मंगलबारबाट सुरु भएको केन्द्रीय कार्यसमिति बैठकमा उनले देउवा समूहमा लागेका राष्ट्रियसभा, प्रदेश र स्थानीय तहका जनप्रतिनिधिलाई कारबाहीको चेतावनी दिए।
  • कांग्रेसको चुनाव चिह्न लिएर चुनाव लडेको व्यक्ति अर्को पार्टी लागेको भन्दै विधानको ख्याल गर्न थापाको आग्रह छ।
  • ‘कुनै पनि व्यक्ति कांग्रेसको चुनाव चिह्न लिएर चुनाव लडेको व्यक्ति अर्को पार्टीमा लाग्छ भने पार्टीले कारबाही गर्छ।

नेपाली कांग्रेसका सभापति गगन थापाले पूर्वसभापति शेरबहादुर देउवा समूहमा  सहभागी जनप्रतिनिधिलाई कारबाहीको चेतावनी दिएका छन्। पार्टी केन्द्रीय कार्यालय सोनपामा मंगलबारबाट सुरु भएको केन्द्रीय कार्यसमिति बैठकमा उनले देउवा समूहमा लागेका राष्ट्रियसभा, प्रदेश र स्थानीय तहका जनप्रतिनिधिलाई कारबाहीको चेतावनी दिए।

कांग्रेसको चुनाव चिह्न लिएर चुनाव लडेको व्यक्ति अर्को पार्टी लागेको भन्दै विधानको ख्याल गर्न थापाको आग्रह छ।
‘कुनै पनि व्यक्ति कांग्रेसको चुनाव चिह्न लिएर चुनाव लडेको व्यक्ति अर्को पार्टीमा लाग्छ भने पार्टीले कारबाही गर्छ। तपाईं हिजो विशेष महाधिवेशनमा भाग लिनु भयो या भएन, पछिको महाधिवेशनमा भाग लिनु भयो या भएन भन्दा पनि कांग्रेस सदस्य भएर अर्को पार्टीको चुनावमा जानु भयो भने पार्टीको विधान कार्यान्वयन गर्ने मेरो जिम्मेवारी हो,’ उनले भने।

एकै पार्टीको दुई वटा महाधिवेशन हुन नसक्ने भन्दै पार्टीमा असन्तुष्टहरूलाई जोड्ने काममा आफू लागिरहेको बताए।
‘अहिले यहाँ भइरहेको कांग्रेसको अधिवेशन हुँदै होइन। एउटै पार्टीको दुई वटा अधिवेशन हुँदैन,’ उनले भने, ‘एक पछि अर्को मान्दै साथीहरूको कुरा पनि सुन्दै जोडेर यहाँसम्म पुगेको हो। अझै पनि जोड्छु। तर यसको एउटा सीमा हुन्छ। कांग्रेसमा अहिलेसम्म समस्या थिएन। तर अब कांग्रेस छोडेर अर्को पार्टीको सदस्या लिने हो भने विधानले प्रष्ट बनाउँछ।’

देउवा समूहले थालेको महाधिवेशनको प्रक्रियालाई फरक पार्टीको गतिविधिको रुपमा संकेत गर्दै थापाले जनप्रतिनिधिलाई कारबाही हुने बताए। केही राष्ट्रियसभा, प्रदेश र स्थानीय तहका जनप्रतिनिधिले देउवा समूहमा सक्रिय रुपमा लागेका छन्।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?