Bajaj Himanshu Motors
Bajaj Himanshu Motors

गहना विवाद साम्प्रदायिक रूप लिँदा ६ जना पक्राउ, संयुक्त रूपमा ज्ञापनपत्र

प्रेस संवाददाता प्रेस संवाददाता
|
बिहिबार, जेठ ८, २०८२
|
|
४४ पटक हेरिएको
Shares
गहना विवाद साम्प्रदायिक रूप लिँदा ६ जना पक्राउ, संयुक्त रूपमा ज्ञापनपत्र

सारांश

  •   सर्लाहीको पर्सा गाउँपालिका–५, हनुमान बजारमा गत शनिवार जेठ ३ गते दुई समुदायबीचको विवाद साम्प्रदायिक रूप लिएको छ।
  • विवाहका लागि गहना बनाउने विषयमा भएको सामान्य विवादबाट सुरु भएको थियो ।
  • घटना तस्लीम अंसारी र सुनचाँदी व्यवसायी राजेन्द्र साह सोनार बीच भएको भनाभनबाट सुरु भएको थियो।

८, जेठ सर्लाही । 

सर्लाहीको पर्सा गाउँपालिका–५, हनुमान बजारमा गत शनिवार जेठ ३ गते दुई समुदायबीचको विवाद साम्प्रदायिक रूप लिएको छ। विवाहका लागि गहना बनाउने विषयमा भएको सामान्य विवादबाट सुरु भएको थियो । घटना तस्लीम अंसारी र सुनचाँदी व्यवसायी राजेन्द्र साह सोनार बीच भएको भनाभनबाट सुरु भएको थियो। तस्लीमले छोरीको विवाहका लागि गहना बनाउने विषयमा अर्का सुन व्यवसायीसँग सम्पर्क गरेको कुरामा सोनार असन्तुष्ट थिए। उनले तस्लीमको सम्धिनीले अर्हाएको भन्दै तस्लीमको घरमा पुगेर गहना देखाउन आग्रह गरेका थिए। तर पछि थाहा भयो कि सम्धिनीले त्यस्तो केही भनेकी थिइनन्, जसका कारण शनिबार बिहान १० बजे पञ्चायतसमेत बसेको थियो।

पञ्चायतका क्रममा तस्लीमले राजेन्द्रमाथि हात उठाएको विषयमा विवाद बढेको थियो। सोही दिन दिउँसो तस्लीमलाई छलफलका लागि जिल्ला प्रहरी कार्यालय बोलाइएको भन्दै बाटोमै समातेर गाउँ फर्काएर सुंगुरको खोरमा थुनेर कुटपिट गरिएको आरोप लागेको छ। यस घटनामा संलग्न रहेको आरोपमा प्रहरीले दुवै समुदाय गरी ६ जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा तस्लीम अंसारी, उनका दाइ मोहम्मद अंसारी, राजेन्द्र साह सोनार, उनका छोरा कमलेश साह सोनार, राहुल कुमार महतो र पप्पु कुमार यादव छन्। जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रवक्ता डिएसपी सरोज राईका अनुसार घटनाबारे अनुसन्धान जारी छ।

हिन्दु समुदायका चार जनाविरुद्ध धार्मिक अपमान तथा अमानवीय व्यवहारको अभियोगमा मुद्दा दर्ता गरिएको छ। तर हिन्दु पक्षले उक्त कारवाहीलाई पूर्वाग्रही भन्दै विरोध जनाएका छन्। राष्ट्रिय बजरंग दल, हिन्दू सम्राट नेपाल, मलंगवा चेम्बर अफ कमर्स र सुनचाँदी व्यवसायी संघ सर्लाहीले संयुक्त प्रेस विज्ञप्ति जारी गर्दै जिल्ला प्रशासन कार्यालयमा ज्ञापनपत्र बुझाएको र मुस्लिम पक्षको संलग्नता हुँदाहुँदै हिन्दु पक्षलाई मात्र लक्षित गरी कारवाही गरिएको आरोप लगाएका छन्। हिन्दु समाजले सार्वजनिक भएको भिडियोमा तस्लीम अंसारी भिडबाट डराएर आफैं सुंगुरको खोरमा पसेको दाबी गर्दै घटना तोडमोड गरी प्रस्तुत गरिएको बताएका छन्।

 

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

भिजिट भिसा प्रकरणमा सत्तापक्षले छानबिन गर्ने प्रतिबद्धता जनाएको छ : प्रचण्ड
भिजिट भिसा प्रकरणमा सत्तापक्षले छानबिन गर्ने प्रतिबद्धता जनाएको छ : प्रचण्ड
नेपालका कम्युनिष्टहरुले आफूलाई लोकतान्त्रिक सिद्धान्तमा ढालिसकेः देउवा
नेपालका कम्युनिष्टहरुले आफूलाई लोकतान्त्रिक सिद्धान्तमा ढालिसकेः देउवा
चुनाव भए भाग लिन्छौं, वातावरण अझै बनेजस्तो लाग्या छैन : ओली
चुनाव भए भाग लिन्छौं, वातावरण अझै बनेजस्तो लाग्या छैन : ओली
डेडिकेटेड र ट्रंकलाइन विवादमा उच्चस्तरीय आयोग गठन गर्न महासंघको माग
डेडिकेटेड र ट्रंकलाइन विवादमा उच्चस्तरीय आयोग गठन गर्न महासंघको माग
भारत र श्रीलङ्काबीचको तेस्रो तथा अन्तिम टी–२० खेल आज
भारत र श्रीलङ्काबीचको तेस्रो तथा अन्तिम टी–२० खेल आज
विश्व मुटु दिवसको अवसरमा सर्लाहीमा मुटुरोग सम्बन्धी रिफ्रेस कोर्स सम्पन्न
विश्व मुटु दिवसको अवसरमा सर्लाहीमा मुटुरोग सम्बन्धी रिफ्रेस कोर्स सम्पन्न
एमाले गण्डकी प्रदेश सदस्य छन्त्याल माओवादी केन्द्रमा प्रवेश
एमाले गण्डकी प्रदेश सदस्य छन्त्याल माओवादी केन्द्रमा प्रवेश
फणीन्द्र देवकोटाले लिए दोस्रो पटक मन्त्रीको शपथ
फणीन्द्र देवकोटाले लिए दोस्रो पटक मन्त्रीको शपथ
बी.पी कोइराला मेमोरियल क्यान्सर अस्पतालका ६ सदस्य नियुक्त
बी.पी कोइराला मेमोरियल क्यान्सर अस्पतालका ६ सदस्य नियुक्त
कांग्रेसले १३ करोड रुपैयाँमा जग्गासहित तीन तले घर किन्दै
कांग्रेसले १३ करोड रुपैयाँमा जग्गासहित तीन तले घर किन्दै