Bajaj Himanshu Motors
Bajaj Himanshu Motors

नेपालले टस हारेर ब्याटिङ गर्दै, नेपाली टोलीमा एक परिवर्तन

प्रेस संवाददाता प्रेस संवाददाता
|
बुधबार, फाल्गुन ९, २०८०
|
|
४३ पटक हेरिएको
Shares
नेपालले टस हारेर ब्याटिङ गर्दै, नेपाली टोलीमा एक परिवर्तन

सारांश

  • नेपालले आईसीसी विश्वकप लिग–२ अन्तर्गत आफ्नो तेस्रो खेलमा नामिवियासँग टस हारेर पहिला ब्याटिङ गर्ने भएको छ ।
  • टी.
  • यु क्रिकेट मैदानमा नामिवियाका कप्तान जेराल्ड इरास्मसले टस जितेर पहिला फिल्डिङ गर्ने निर्णय लिएका हुन् ।

९ फागुन, काठमाडौं  । नेपालले आईसीसी विश्वकप लिग–२ अन्तर्गत आफ्नो तेस्रो खेलमा नामिवियासँग टस हारेर पहिला ब्याटिङ गर्ने भएको छ ।

टी.यु क्रिकेट मैदानमा नामिवियाका कप्तान जेराल्ड इरास्मसले टस जितेर पहिला फिल्डिङ गर्ने निर्णय लिएका हुन् । यसअघि टस हारेर पहिला ब्याटिङ गर्ने तीनै टोली पराजित भएका थिए । आज विकेट पनि परिवर्तन भएको छ । आज दोस्रो विकेटमा खेल भएको छ । जहाँ ब्याटिङ सहयोगी मानिन्छ । नेपालले आजको खेलमा टोलीमा एक परिवर्तन गरेको छ । गुलशन झा बेन्चमा बस्दा करण केसी टोलीमा फर्किएका छन् । नामिवियाले पहिलो खेलमा नेपाललाई ४ विकेटले हराएको थियो । टस हारेर पहिला ब्याटिङको निम्तो पाएको नेपाल १३२ रनमै अल आउट भएको थियो । दोस्रो खेलमा नेपालले विश्वकपमा दक्षिण अफ्रिका र बंगलादेशलाई हराएको नेदरल्यान्ड्सलाई ९ विकेटले पराजित गरेको थियो ।

नेदरल्यान्ड्सलाई १३७ रनमा अल आउट गर्दै उक्त लक्ष्य नेपालले १५।२ ओभरमा पूरा गरेको थियो । अनिल शाह र कुशल भुर्तेलले आक्रामक ब्याटिङ गरेका थिए । आसिफ शेखले पनि अर्धशतक प्रहार गरेका थिए । नेपाल र नामिवियाबीच ओडीआईमा ७ खेल भएका छन् । जसमा नेपाल २ खेलमा विजयी र ४ खेलमा पराजित भएको थियो ।

नेपालको प्लेइङ ११ : रोहित पौडेल (कप्तान), आसिफ शेख, कुशल भुर्तेल, कुशल मल्ल, भीम सार्की, अनिल कुमार शाह, दीपेन्द्र सिंह ऐरी, सोमपाल कामी, करण केसी, ललित राजवंशी र देव खनाल                                                                बेन्चमा : आरिफ शेख, पवन सर्राफ, गुलशन झा र सूर्य तामाङ ।

 

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

हिन्दु अधिराज्य र राजसंस्था पुनस्र्थापना हाम्रो बटमलाइन : धवलशमशेर
हिन्दु अधिराज्य र राजसंस्था पुनस्र्थापना हाम्रो बटमलाइन : धवलशमशेर
लागुऔषध गाँजा सहित चार जना प्रहरी नियन्त्रणमा
लागुऔषध गाँजा सहित चार जना प्रहरी नियन्त्रणमा
माओवादीले फागुन १ बाट ‘जनतासँग माओवादी अभियान’ चलाउने, त्यसपछि महाधिवेशन केन्द्रित हुने
माओवादीले फागुन १ बाट ‘जनतासँग माओवादी अभियान’ चलाउने, त्यसपछि महाधिवेशन केन्द्रित हुने
काँकडभिट्टाबाट पौने १८ अर्बको कृषिजन्य वस्तु निर्यात
काँकडभिट्टाबाट पौने १८ अर्बको कृषिजन्य वस्तु निर्यात
काठमाडौँ महानगरविरुद्ध कबाड व्यवसायीको दोस्रो दिन पनि प्रदर्शन
काठमाडौँ महानगरविरुद्ध कबाड व्यवसायीको दोस्रो दिन पनि प्रदर्शन
यार्सा सकंलनका लागि मुगुका बासिन्दा पाटनतिर
यार्सा सकंलनका लागि मुगुका बासिन्दा पाटनतिर
दुर्गा प्रसाईंलाई प्रहरी परिसर लगिँदै
दुर्गा प्रसाईंलाई प्रहरी परिसर लगिँदै
सांसदका सुझाव कार्यान्वयन गर्न सरकारलाई राष्ट्रिय सभा अध्यक्षको निर्देशन
सांसदका सुझाव कार्यान्वयन गर्न सरकारलाई राष्ट्रिय सभा अध्यक्षको निर्देशन
नेपालमा बिहे गर्न आउने विदेशीलाई आकर्षित गर्न बजेटमा व्यवस्था
नेपालमा बिहे गर्न आउने विदेशीलाई आकर्षित गर्न बजेटमा व्यवस्था
सभामुख अर्यालसँग कोरियाली राजदूत तायोङ पार्कको शिष्टाचार भेटवार्ता
सभामुख अर्यालसँग कोरियाली राजदूत तायोङ पार्कको शिष्टाचार भेटवार्ता