काठमाडौँ महानगरविरुद्ध कबाड व्यवसायीको दोस्रो दिन पनि प्रदर्शन

प्रेस संवाददाता प्रेस संवाददाता
|
सोमबार, आषाढ ३, २०८१
|
|
३३ पटक हेरिएको
Shares
काठमाडौँ महानगरविरुद्ध कबाड व्यवसायीको दोस्रो दिन पनि प्रदर्शन

सारांश

  • महानगरविरुद्ध कबाड व्यवसायी संघर्ष समितिले काठमाडौंमा प्रदर्शन गरेको छ ।
  • आइतबारदेखि शुरु गरेको सडक प्रदर्शनलाई सोमबार पनि निरन्तरता दिएका हुन्।
  • उनीहरुले काठमाडौं महानगरपालिकाले गरेको रिङरोड भित्रबाट कबाड हटाउने निर्णयविरुद्ध विरोध प्रदर्शन गरेका हुन्।

३ असार, काठमाडौं। महानगरविरुद्ध कबाड व्यवसायी संघर्ष समितिले काठमाडौंमा प्रदर्शन गरेको छ ।

आइतबारदेखि शुरु गरेको सडक प्रदर्शनलाई सोमबार पनि निरन्तरता दिएका हुन्। उनीहरुले काठमाडौं महानगरपालिकाले गरेको रिङरोड भित्रबाट कबाड हटाउने निर्णयविरुद्ध विरोध प्रदर्शन गरेका हुन्।  कबाड व्यवसायीहरुले सोमबार पनि  माइतीघरदेखि नयाँ बानेश्वरसम्म प्रदर्शन गरेका छन्। कबाड व्यवसायीहरुले प्रदर्शनमा छोटे राजाहरुको आतंक बन्द गर्, कबाड व्यवसायीको रक्षा गर्, कानूनी शासन लागू गर्, अदालतको निर्णयको सम्मान गर् जस्ता नारासहित  प्लेकार्डसमेत प्रदर्शन गरेका हुन्।

रिङरोडभित्रका कबाड हटाउने काठमाडौं महानगरपालिकाको निर्णय नसच्याएसम्म प्रदर्शन जारी राख्ने समितिले जनाएको छ। कबाड व्यवसायलाई विस्थापित गर्ने उद्देश्यले रिङरोडभित्रका कबाड हटाउन लागिएको भन्दै व्यवसायीहरुले आन्दोलन गर्नुपरेको बताएका छन्। महानगरले यसअघि माइकिङ गरेर कबाड संकलन केन्द्र हटाउन सूचना गरेको थियो। तर कबाड व्यवासयीले कबाड संकलन केन्द्र हटाउन नमानेपछि महानगरले डोजरसमेत चलाएको थियो।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

बारामा बस दुर्घटना हुँदा एक जनाको मृत्यु, ११ जना घाइते
बारामा बस दुर्घटना हुँदा एक जनाको मृत्यु, ११ जना घाइते
दुई सय अर्ब डलरको प्रतिबद्धता बिल गेट्सको मानवताप्रतिको इतिहासमै अद्वितीय उपहार
दुई सय अर्ब डलरको प्रतिबद्धता बिल गेट्सको मानवताप्रतिको इतिहासमै अद्वितीय उपहार
प्रधानमन्त्रीको आश्वासनपछि सुकुमवासी– मुठभेड खोजेका होइनौं, समस्या समाधान होस्
प्रधानमन्त्रीको आश्वासनपछि सुकुमवासी– मुठभेड खोजेका होइनौं, समस्या समाधान होस्
एसईईको नतिजा एसएमएस, आईभीआर र वेबसाइटमा हेर्न सकिने (सूची)
एसईईको नतिजा एसएमएस, आईभीआर र वेबसाइटमा हेर्न सकिने (सूची)
उदयपुरमा पाउरोटी फ्याक्ट्रीलाई दश हजार जरिवाना
उदयपुरमा पाउरोटी फ्याक्ट्रीलाई दश हजार जरिवाना
विशेष अदालत पुगे पूर्वप्रधानमन्त्री नेपाल
विशेष अदालत पुगे पूर्वप्रधानमन्त्री नेपाल
फेरि सर्‍यो पत्रकार महासंघको चुनाव
फेरि सर्‍यो पत्रकार महासंघको चुनाव
एमाले विधान महाधिवेशन : फरक मत भए समूहगत छलफलमा राख्न अध्यक्ष ओलीको सुझाव
एमाले विधान महाधिवेशन : फरक मत भए समूहगत छलफलमा राख्न अध्यक्ष ओलीको सुझाव
पर्यटकको पर्खाइमा म्याग्दीको तास्नाधुरी
पर्यटकको पर्खाइमा म्याग्दीको तास्नाधुरी
कैलालीमा तालिम गरेका सशस्त्रका ८ जवान बेहोस, हेलिकप्टरबाट उद्धार
कैलालीमा तालिम गरेका सशस्त्रका ८ जवान बेहोस, हेलिकप्टरबाट उद्धार