Press 4K
मंगलबार, ३० भाद्र २०८३

आदिवासीमाथि भएको विभेद सच्याउन सरकारसँग सांसद तामाङको माग

प्रेस संवाददाता प्रेस संवाददाता
|
बुधबार, चैत्र २५, २०८२
|
|
१४५ पटक हेरिएको
Shares
आदिवासीमाथि भएको विभेद सच्याउन सरकारसँग सांसद तामाङको माग

सारांश

  • नेपाली कम्युनिष्ट पार्टीका सांसद परशुराम तामाङले आदिवासी समुदायमाथि भएको विभेदप्रति सरकार र सदनको ध्यानाकर्षण गराएका छन् ।
  • बुधबार प्रतिनिधिसभा बैठकमा बोल्दै सांसद तामाङले गोर्खा राज्य विस्तारको क्रममा आदिवासी समुदायको पुर्खेली भूमि खोस्ने ,मातृभाषा निषेध गर्ने, धर्म र संस्कृति प्रति घृणा गर्ने र राज्यसत्ताबाटै बञ्चित गरिएको गुनासो गरे ।
  • सांसद तामाङले विगतमा बनेका जातीय कानुनहरूले आदिवासी समुदायमाथि गम्भीर अन्याय गरेको पनि बताए ।

२५ चैत, काठमाडौं ।

नेपाली कम्युनिष्ट पार्टीका सांसद परशुराम तामाङले आदिवासी समुदायमाथि भएको विभेदप्रति सरकार र सदनको ध्यानाकर्षण गराएका छन् । बुधबार प्रतिनिधिसभा बैठकमा बोल्दै सांसद तामाङले गोर्खा राज्य विस्तारको क्रममा आदिवासी समुदायको पुर्खेली भूमि खोस्ने ,मातृभाषा निषेध गर्ने, धर्म र संस्कृति प्रति घृणा गर्ने र राज्यसत्ताबाटै बञ्चित गरिएको गुनासो गरे ।

सांसद तामाङले विगतमा बनेका जातीय कानुनहरूले आदिवासी समुदायमाथि गम्भीर अन्याय गरेको पनि बताए ।
उनले भने, ‘म यस्तो समुदायप्रति सदन र सरकारको ध्यान आकर्षण गर्दछु, जसको गोर्खा राज्यले दिन एकबाटै स्वशासन र पुर्खेली भूमि खोस्यो, मातृभाषा निषेध ग¥यो, हाम्रो धर्म र संस्कृति प्रति घृणा ग¥यो, राज्यसत्ताबाटै बञ्चित ग¥यो ।

त्यतिमात्र होइन ,राज्यले मासिन्य मतवाली मार्न मिल्ने र दास बनाउन पाइने जातीय कानुन बनाएर मानव भएर बाँच्नपाउने अधिकार छिन्यो । अझै पनि आदिवासीहरू त्यो उत्पीडित र विभेदको भारीबाट मुक्त भइसकेको छैनन् । म त्यही मासिने मतवालीहरूको बचेको अस्तित्वको प्रतिनिधि हुँ ।’ उनले राज्यको तर्फबाट विभिन्न जाति बीचको मेलमिलाप र एकता सम्बर्धन गर्न इतिहासको त्रुटि सच्याउन सरकारसँग माग गरे ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

नवनियुक्त दुई मन्त्रीले लिए शपथ
नवनियुक्त दुई मन्त्रीले लिए शपथ
रवीन्द्र र धवलसहित ४१ जनालाई ६ दिन हिरासतमा राख्न म्याद थप
रवीन्द्र र धवलसहित ४१ जनालाई ६ दिन हिरासतमा राख्न म्याद थप
निर्वाचनको वातावरण बनाउन सरकार गम्भिर भएर लाग्नुपर्छ : प्रचण्ड
निर्वाचनको वातावरण बनाउन सरकार गम्भिर भएर लाग्नुपर्छ : प्रचण्ड
कांग्रेस संसदीय दलको बैठक शनिबार
कांग्रेस संसदीय दलको बैठक शनिबार
तस्करले फाइदा लिने र जनताले दुःख पाउने अवस्थाको अन्त्य हुन्छ : उपप्रधानमन्त्री लामिछाने
तस्करले फाइदा लिने र जनताले दुःख पाउने अवस्थाको अन्त्य हुन्छ : उपप्रधानमन्त्री लामिछाने
राहुघाट जलविद्युत् आयोजनामा ९० प्रतिशत भौतिक प्रगति
राहुघाट जलविद्युत् आयोजनामा ९० प्रतिशत भौतिक प्रगति
मधेस प्रदेशका तत्कालीन सचिव डा. नम्रता सिंहसहित आठ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दर्ता
मधेस प्रदेशका तत्कालीन सचिव डा. नम्रता सिंहसहित आठ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दर्ता
पाकिस्तानको कराँचीमा भवन भत्किँदा १२ जनाको मृ*त्यु
पाकिस्तानको कराँचीमा भवन भत्किँदा १२ जनाको मृ*त्यु
बंगलादेशसँग पराजित हुँदै नेपाल साफ यू-२० च्याम्पियनसिपबाट बाहिरियो
बंगलादेशसँग पराजित हुँदै नेपाल साफ यू-२० च्याम्पियनसिपबाट बाहिरियो
राष्ट्रियसभामा आर्थिक सर्वेक्षण पेस
राष्ट्रियसभामा आर्थिक सर्वेक्षण पेस

पात्रो

२०८३
Sep/Oct 2026
आइत
सोम
मंगल
बुध
बिहि
शुक्र
शनि

राशिफल

राशिफल लोड हुँदैछ...

रेडियो

रेडियो लोड हुँदैछ...

स्टेशन छान्नुहोस्

-

भिडियो

लोड हुँदैछ...

मिति परिवर्तन

विनिमय दर

मुद्रा रूपान्तरण

Update: Loading...
🇺🇸 USD
🇳🇵 NPR

Indicative Exchange Rate: 1 USD = Loading...

Open Market Rates

Currency Unit Buy Sell

...