Bajaj Himanshu Motors
Bajaj Himanshu Motors

चितवनमा युवक कुट्ने प्रहरी निलम्बित

प्रेस संवाददाता प्रेस संवाददाता
|
सोमबार, माघ ७, २०८१
|
|
४५ पटक हेरिएको
Shares
चितवनमा युवक कुट्ने प्रहरी निलम्बित

सारांश

  • चितवनको भरतपुर महानगरपालिकाको बाइपास सडकखण्डमा सवारी जाँचका क्रममा युवकलाई कुटपिट गर्ने प्रहरी निलम्बित भएका छन् ।
  • कुटपिट गर्ने प्रहरीलाई निलम्बन गरी थप कारबाही प्रक्रिया अघि बढाइएको हो ।
  • ‘माथिको पावर देखाएको’ भन्दै चेकिङमा खटिएका प्रहरीले युवकलाई लात्तीले हानेर कुटपिट गरेको भिडियो सार्वजनिक भएको थियो ।

 

७ माघ, काठमाडौं । चितवनको भरतपुर महानगरपालिकाको बाइपास सडकखण्डमा सवारी जाँचका क्रममा युवकलाई कुटपिट गर्ने प्रहरी निलम्बित भएका छन् । कुटपिट गर्ने प्रहरीलाई निलम्बन गरी थप कारबाही प्रक्रिया अघि बढाइएको हो ।

‘माथिको पावर देखाएको’ भन्दै चेकिङमा खटिएका प्रहरीले युवकलाई लात्तीले हानेर कुटपिट गरेको भिडियो सार्वजनिक भएको थियो । त्यसपश्चात् प्रहरीले उनलाई कारबाहीका लागि छानबिन समिति बनाएको छ । जिल्ला प्रहरी कार्यालय चितवनका एसपी गौतम मिश्रका अनुसार घटना छानबिनका लागि डीएसपी ज्ञानकुमार महतोको नेतृत्वमा तीन सदस्यीय छानबिन समिति गठन गरिएको छ ।

प्रहरी प्रधान कार्यालय काठमाडौंले पनि युवकमाथि कुटपिट गरेको घटनाप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । प्रहरीले सडकमा युवकलाई कुटपिट गरेको भिडियो सार्वजनिक भएपछि वक्तव्य जारी गर्दै प्रहरी प्रधान कार्यालयले संलग्न कर्मचारीलाई कारबाही प्रक्रिया अघि बढाइएको जानकारी गराएको हो ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

एकैदिन पाँच हजारले बढ्यो सुनको मूल्य, चाँदीमा पनि भारी वृद्धि
एकैदिन पाँच हजारले बढ्यो सुनको मूल्य, चाँदीमा पनि भारी वृद्धि
सुर्तीजन्य पदार्थमा ५० प्रतिशत कर वृद्धि गर्न सांसद कार्कीको प्रस्ताव
सुर्तीजन्य पदार्थमा ५० प्रतिशत कर वृद्धि गर्न सांसद कार्कीको प्रस्ताव
प्रधानमन्त्रीको ब्रिफिङ : लामिछानेले आज बोल्न पाउनुहुन्छ
प्रधानमन्त्रीको ब्रिफिङ : लामिछानेले आज बोल्न पाउनुहुन्छ
पूर्वाधार आयोजनाहरूको कार्यान्वयनमा गम्भीर समस्या देखिएको छ : सदस्य सचिव पन्थ
पूर्वाधार आयोजनाहरूको कार्यान्वयनमा गम्भीर समस्या देखिएको छ : सदस्य सचिव पन्थ
पाल्पामा ५० प्रतिशतभन्दा बढी मुद्दा सम्बन्ध विच्छेदका
पाल्पामा ५० प्रतिशतभन्दा बढी मुद्दा सम्बन्ध विच्छेदका
पछिल्लो २४ घण्टामा देशका धेरै स्थानमा भीषण वर्षा, छैन रोकिने सम्भावना
पछिल्लो २४ घण्टामा देशका धेरै स्थानमा भीषण वर्षा, छैन रोकिने सम्भावना
ऊर्जा मन्त्रालयमा प्लास्टिकजन्य सामग्री पूर्ण प्रतिबन्ध
ऊर्जा मन्त्रालयमा प्लास्टिकजन्य सामग्री पूर्ण प्रतिबन्ध
चीनको एक रासायनिक प्लान्टमा विष्फोट, कम्तिमा पाँचजनाको मृ*त्यु
चीनको एक रासायनिक प्लान्टमा विष्फोट, कम्तिमा पाँचजनाको मृ*त्यु
नेताहरूले शिर नउठाउन् भनेर शितलनिवास गएको हुँ, पानी समेत खाइनँ : सुदन गुरुङ
नेताहरूले शिर नउठाउन् भनेर शितलनिवास गएको हुँ, पानी समेत खाइनँ : सुदन गुरुङ
प्रधानमन्त्रीले आज सातै प्रदेशका मुख्यमन्त्रीसँग भर्चुअल संवाद गर्दै
प्रधानमन्त्रीले आज सातै प्रदेशका मुख्यमन्त्रीसँग भर्चुअल संवाद गर्दै