सामाजिक सञ्जाल नियन्त्रण होइन, नियमन आवश्यक : प्रचण्ड

प्रेस संवाददाता प्रेस संवाददाता
|
शुक्रबार, भाद्र २०, २०८२
|
|
३४ पटक हेरिएको
Shares
सामाजिक सञ्जाल नियन्त्रण होइन, नियमन आवश्यक : प्रचण्ड

सारांश

  • नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले सरकारको सामाजिक सञ्जाल बन्द गर्ने निर्णयलाई असंवैधानिक, अलोकतान्त्रिक र जनविरोधी भनेका छन्।
  • सामाजिक सञ्जालमार्फत उनले सरकारले सरकारविरुद्ध गरिएको आलोचना दबाउन, आफ्नालाई जोगाउन र अभिव्यक्ति स्वतन्त्रतामाथि नियन्त्रण गर्न निरन्तर मुद्दा लगाउने कार्यलाई निरन्तरता दिँदै आएको बताएका छन् ।
  • संविधानले प्रत्याभूत गरेको अभिव्यक्ति स्वतन्त्रताको ठाडो उल्लङ्घन गर्दै सामाजिक सञ्जाल नै बन्द गर्ने निर्णय गर्नु गम्भीर गल्ती भएको उनको भनाइ छ।

२० भदौ, काठमाडौँ ।

नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले सरकारको सामाजिक सञ्जाल बन्द गर्ने निर्णयलाई असंवैधानिक, अलोकतान्त्रिक र जनविरोधी भनेका छन्। सामाजिक सञ्जालमार्फत उनले सरकारले सरकारविरुद्ध गरिएको आलोचना दबाउन, आफ्नालाई जोगाउन र अभिव्यक्ति स्वतन्त्रतामाथि नियन्त्रण गर्न निरन्तर मुद्दा लगाउने कार्यलाई निरन्तरता दिँदै आएको बताएका छन् । संविधानले प्रत्याभूत गरेको अभिव्यक्ति स्वतन्त्रताको ठाडो उल्लङ्घन गर्दै सामाजिक सञ्जाल नै बन्द गर्ने निर्णय गर्नु गम्भीर गल्ती भएको उनको भनाइ छ।

प्रचण्डले सर्वोच्च अदालतले सामाजिक सञ्जाल प्रकाशन–प्रसारणसम्बन्धी कानूनी व्यवस्था गर्न दिएको आदेशको समेत अपव्याख्या गरिएको बताएका छन् । “यस निर्णयले संविधान प्रदत्त अभिव्यक्ति स्वतन्त्रता मात्र होइन, वैदेशिक रोजगारीमा रहेका श्रमिक र उनका परिवारबीचको सम्पर्कलाई समेत जटिल र असहज बनाएको छ,” उनले लेखेका छन् ।

उनले सामाजिक सञ्जालको नियन्त्रण होइन, उचित नियमनको पक्षमा आफूहरू अडिग रहेको स्पष्ट गर्दै भनेका छन् , “संसदमा विचाराधीन विधेयकलाई सरोकारवालाको सहभागिता र अपनत्व हुने गरी अघि बढाउनुको सट्टा कार्यकारी आदेशमार्फत सामाजिक सञ्जाल बन्द गर्नु घोर आपत्तिजनक कदम हो।”

प्रचण्डले संविधान प्रदत्त अधिकारको प्रत्याभूति, अभिव्यक्ति स्वतन्त्रताको सम्मान र लोकतान्त्रिक मूल्य–मान्यताको रक्षा गर्न सरकारको गम्भीर ध्यानाकर्षण गराउँदै, सो निर्णय तत्काल खारेज गर्न माग गरेका छन्।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

असोजका लागि थप घट्यो ब्याजदर
असोजका लागि थप घट्यो ब्याजदर
जनकपुरको खराब सुरुवात, पावर प्लेमै गुमायो तीन विकेट
जनकपुरको खराब सुरुवात, पावर प्लेमै गुमायो तीन विकेट
धार्मिक पर्यटकीय गन्तव्य बन्दै मालिका मन्दिर
धार्मिक पर्यटकीय गन्तव्य बन्दै मालिका मन्दिर
सुनको मुल्य अहिलेसम्मकै उच्च  तोलाको कति पुग्यो ?
सुनको मुल्य अहिलेसम्मकै उच्च तोलाको कति पुग्यो ?
८४ वर्षीय वृद्धले आफ्नै शरीरमा लगाए आ*गो
८४ वर्षीय वृद्धले आफ्नै शरीरमा लगाए आ*गो
प्रधानमन्त्रीद्वारा प्रेस चौतारीको नयाँ नेतृत्वलाई बधाई
प्रधानमन्त्रीद्वारा प्रेस चौतारीको नयाँ नेतृत्वलाई बधाई
प्रधानमन्त्री ओलीद्वारा भारतको उत्तराखण्डमा बाढीले क्षति पुर्‍याएको खबरप्रति चिन्ता व्यक्त
प्रधानमन्त्री ओलीद्वारा भारतको उत्तराखण्डमा बाढीले क्षति पुर्‍याएको खबरप्रति चिन्ता व्यक्त
वासना थापा: कर्णालीबाट चुनाव जित्ने पहिलो महिला
वासना थापा: कर्णालीबाट चुनाव जित्ने पहिलो महिला
मन्त्रालयमै हुनेछ शिक्षामन्त्री महावीरको बास, मागे मन्त्रालयमै कोठा, आफैं पकाएर खाने
मन्त्रालयमै हुनेछ शिक्षामन्त्री महावीरको बास, मागे मन्त्रालयमै कोठा, आफैं पकाएर खाने
बीपीलाई आफूअनुकूल प्रयोग गर्ने प्रवृत्ति रोक्नुपर्छ :गगन थापा
बीपीलाई आफूअनुकूल प्रयोग गर्ने प्रवृत्ति रोक्नुपर्छ :गगन थापा