झापामा दुर्घटनामा परी घाइते दुईजनाको मृत्यु

प्रेस संवाददाता प्रेस संवाददाता
|
सोमबार, मंसिर १७, २०८१
|
|
७३ पटक हेरिएको
Shares
झापामा दुर्घटनामा परी घाइते दुईजनाको मृत्यु

सारांश

  • साइकलबाट लडेर र मोटरसाइकल दुर्घटनामा परी दुईजनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।
  • प्रहरीका अनुसार मङ्सिर ११ गते हल्दिबारी गाउँपालिका–५ का ४४ वर्षीय नवीन राई आफैले चलाएको साइकलबाट लडेर घाइते भएका थिए ।
  • मादक पदार्थ सेवन गरी साइकलबाट लड्दा घाइते भएका उनलाई मेची प्रादेशिक अस्पताल भद्रपुरमा लगिएको थियो ।

१७ मंसिर, झापा : झापामा छुट्टाछुट्टै दुर्घटनामा परी घाइते भएका दुईजनाको उपचारको क्रममा मृत्यु भएको छ । साइकलबाट लडेर र मोटरसाइकल दुर्घटनामा परी दुईजनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

प्रहरीका अनुसार मङ्सिर ११ गते हल्दिबारी गाउँपालिका–५ का ४४ वर्षीय नवीन राई आफैले चलाएको साइकलबाट लडेर घाइते भएका थिए । मादक पदार्थ सेवन गरी साइकलबाट लड्दा घाइते भएका उनलाई मेची प्रादेशिक अस्पताल भद्रपुरमा लगिएको थियो । त्यहाँ उपचार सम्भव नभएपछि बीएण्डसी अस्पताल बिर्तामोड लगिएको र उनको सोमबार बिहान पौन ११ बजे उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।

त्यस्तै मङ्सिर ४ गते पूर्व–पश्चिम राजमार्गअन्तरगत कमल गाउँपालिका– ५ रतुवा पुलमा मे १० प १४४१ नम्बरको मोटरसाइकल आफै अनियन्त्रित भई पुलको बायाँ भागमा ठोक्किँदा दुर्घटना भएको थियो । दुर्घटनामा परी मोटरसाइकल चालक कमल– ५ का ३० वर्षीय रुपेश सुनुवार र सोही मोटरसाइकलको पछाडि सवार सोही ठाउँका २८ वर्षीय नितेश राई घाइते भएका थिए ।

घाइते दुवैलाई सोही दिन निम्स अस्पताल दमकमा सामान्य उपचार पश्चात् थप उपचारको लागी न्युरो अस्पताल विराटनगर पठाइएको थियो । अस्पतालबाट मङ्सिर १६ गते दुवैजना डिस्चार्ज भई घर आएकोमा घाइते नितेश भोलिपल्ट पुनः बिरामी परेका थिए ।  उनलाई उपचारका लागि विराटनगर लगिएको र उपचारको क्रममा सोमबार बिहान पौने १० बजे मृत्यु भएको प्रहरी कार्यालय झापाका डीएसपी कृष्णकुमार चन्दले जानकारी दिए ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

राष्ट्र बैंकले एक अर्ब २० करोड मुद्दती निक्षेपमा लगानी गर्ने
राष्ट्र बैंकले एक अर्ब २० करोड मुद्दती निक्षेपमा लगानी गर्ने
नेपालीको उद्धारका लागी नेपाल एयरलाइन्सको जहाज इजरायल पठाइँदै
नेपालीको उद्धारका लागी नेपाल एयरलाइन्सको जहाज इजरायल पठाइँदै
नेपाल नेत्रज्योति संघको ४७औं स्थापना दिवसको अवसरमा निःशुल्क आँखा परीक्षण तथा चश्मा वितरण
नेपाल नेत्रज्योति संघको ४७औं स्थापना दिवसको अवसरमा निःशुल्क आँखा परीक्षण तथा चश्मा वितरण
गुल्मीमा मागअनुसार निर्वाचन प्रहरी अपुग, आवेदन म्याद दुई दिन थप
गुल्मीमा मागअनुसार निर्वाचन प्रहरी अपुग, आवेदन म्याद दुई दिन थप
टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै
टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै
आज किराँत समुदायको उँधौली पर्व, देशभर सार्वजनिक बिदा
आज किराँत समुदायको उँधौली पर्व, देशभर सार्वजनिक बिदा
क्षतिको विवरण प्राप्त नहुँदा पुनर्वास कार्यक्रम प्रभावित
क्षतिको विवरण प्राप्त नहुँदा पुनर्वास कार्यक्रम प्रभावित
चितवनमा रास्वपाको केन्द्रीय समिति बैठक बस्दै
चितवनमा रास्वपाको केन्द्रीय समिति बैठक बस्दै
गृह मन्त्रालयमा केन्द्रीय सुरक्षा समितिको बैठक बस्ने तयारी
गृह मन्त्रालयमा केन्द्रीय सुरक्षा समितिको बैठक बस्ने तयारी
करेन्ट लागेर घाइते भएका बालकलाई १५ लाख ७१ हजार क्षतिपूर्ति दिइने
करेन्ट लागेर घाइते भएका बालकलाई १५ लाख ७१ हजार क्षतिपूर्ति दिइने