बिहीबारदेखि कोशीमा लगानी सम्मेलन, २ दर्जन परियोजना सम्झौता हुने अपेक्षा

प्रेस संवाददाता प्रेस संवाददाता
|
बुधबार, बैशाख १७, २०८२
|
|
५२ पटक हेरिएको
Shares
बिहीबारदेखि कोशीमा लगानी सम्मेलन, २ दर्जन परियोजना सम्झौता हुने अपेक्षा

सारांश

  • कोशी प्रदेश सरकारले बिहीबार र शुक्रबार आयोजना गर्ने प्रदेश लगानी सम्मेलनमा दुई दर्जन बढी परियोजना अघि बढाउनका लागि सम्झौता गर्ने बताएको छ ।
  • पहिलो लगानी सम्मेलनमा ७१ वटा परियोजना राखिदैछ ।
  • तीमध्ये दुई दर्जन परियोजना अघि बढाउनका लागि सम्झौता हुने प्रदेश लगानी प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत डाक्टर सरोज कोइरालले बताए ।

१७ वैशाख, विराटनगर ।

कोशी प्रदेश सरकारले बिहीबार र शुक्रबार आयोजना गर्ने प्रदेश लगानी सम्मेलनमा दुई दर्जन बढी परियोजना अघि बढाउनका लागि सम्झौता गर्ने बताएको छ । पहिलो लगानी सम्मेलनमा ७१ वटा परियोजना राखिदैछ । तीमध्ये दुई दर्जन परियोजना अघि बढाउनका लागि सम्झौता हुने प्रदेश लगानी प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत डाक्टर सरोज कोइरालले बताए । बुधबार पत्रकार सम्मेलन गर्दै प्राधिकरणले सम्पूर्ण तयारी पूरा भएको बताएको छ । सम्मेलनको उद्घाटन प्रधानमन्त्री केपी शर्मा ओलीले गर्नेछन् ।

लगानी सम्मेलनमा एक खर्ब ७३ अर्ब ४९ करोड बराबरका  ७१ वटा परियोजनाहरू सोकेसिङ गर्ने तयारी छ । पर्यटन, कृषि, उद्योग, उर्जा, पुर्वाधार, आई.टी. सेवा लगायत आठवटा क्षेत्रका परियोजनाहरू सोकेसिङ गरिनेछ ।सम्मेलन अघि निजी क्षेत्रको सहजताका लागि मंगलबार आठवटा कानुन अध्यादेशमार्फत संशोधन गरेको थियो । ऐन संशोधन भएपछि लगानी गर्दा आइपर्ने सम्पूर्ण झन्झटहरू अन्त्य हुने कोइरालाले बताए । लगानी सम्मेलनमा चीन, रुस, अमेरिका, दक्षिण कोरिया, भारतलगायतका देशका लगानीकर्ता र गैरआवासीय नेपालीहरूको सहभागिता हुनेछ । स्वदेशका उद्योगपतिहरू पनि यो लगानी सम्मेलनमा सहभागी हुनेछन् । लगानी सम्मेलनमा विभिन्न छ वटा विषयगत छलफल सञ्चालन हुनेछन् । कृषि र पर्यटनमा कोशी प्रदेशको सम्भावना, औद्योगिक उत्पादन र बजारीकरण, पूर्वाधार विकास र ऊर्जा, स्वास्थ्य सेवा र मेडिकल शिक्षामा लगानीका अवसर र सम्भावना विषयक विषयगत छलफल हुने बताइएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

कुलमानलाई तीन दिनको म्याद दिएर स्पष्टीकरण सोधिदै
कुलमानलाई तीन दिनको म्याद दिएर स्पष्टीकरण सोधिदै
मधेशका ११ केन्द्रमा एमबीएस परीक्षा स्थगित
मधेशका ११ केन्द्रमा एमबीएस परीक्षा स्थगित
नेपाल सरकार र एसियाली विकास बैंकबीच १०० मिलियन डलरको सहुलियतपूर्ण ऋण सम्झौता
नेपाल सरकार र एसियाली विकास बैंकबीच १०० मिलियन डलरको सहुलियतपूर्ण ऋण सम्झौता
सामाजिक सञ्जाल बन्द गर्ने सरकारको निर्णय गलत छ, पुनर्विचार गरिनुपर्छ: गगन थापा
सामाजिक सञ्जाल बन्द गर्ने सरकारको निर्णय गलत छ, पुनर्विचार गरिनुपर्छ: गगन थापा
मंगलबार भएको प्रदर्शनमा घाइते भएका थप २ जनाको मृ*त्यु
मंगलबार भएको प्रदर्शनमा घाइते भएका थप २ जनाको मृ*त्यु
मन्त्रिपरिषद्का दुई महिनाका निर्णय एकै पटक सार्वजनिक (सूची)
मन्त्रिपरिषद्का दुई महिनाका निर्णय एकै पटक सार्वजनिक (सूची)
अपरेशन सिन्दूर देशको लागि गर्वको क्षण, प्रधानमन्त्री नरेन्द्र मोदी
अपरेशन सिन्दूर देशको लागि गर्वको क्षण, प्रधानमन्त्री नरेन्द्र मोदी
बालुवाटारमा सत्तापक्षीय दलहरूको बैठक जारी
बालुवाटारमा सत्तापक्षीय दलहरूको बैठक जारी
भैंसेपाटीस्थित मन्त्री क्वाटरको पश्चिमतर्फ ११ मिटर बाटो सुनिश्चित गर्न रास्वपाको माग
भैंसेपाटीस्थित मन्त्री क्वाटरको पश्चिमतर्फ ११ मिटर बाटो सुनिश्चित गर्न रास्वपाको माग
कर्णाली प्रदेशसभाको हिउँदे अधिवेशन अन्त्य
कर्णाली प्रदेशसभाको हिउँदे अधिवेशन अन्त्य