मधेसी समुदायप्रति भेदभाव कायमै छ : अध्यक्ष यादव

प्रेस संवाददाता प्रेस संवाददाता
|
शनिबार, भाद्र १४, २०८२
|
|
४१ पटक हेरिएको
Shares
मधेसी समुदायप्रति भेदभाव कायमै छ : अध्यक्ष यादव

सारांश

  • जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादवले मधेसी समुदायमाथि भेदभाव कायमै रहेको जनाएका छन् ।
  • उनले मधेसी समुदायमाथिको भेदभाव अन्त्य नगरी समृद्ध समाज निर्माण सम्भव नहुने दाबी गरे ।
  •   शनिबार जनकपुरधाममा आयोजित मधेसी स्वास्थ्यकर्मी फोरम नेपालको दोस्रो प्रदेश महाधिवेशनलाई सम्बोधन गर्दै यादवले मधेसप्रति राज्यको व्यवहार अझै पनि भेदभावपूर्ण रहेको आरोप लगाए ।

१४ भदौ, जनकपुरधाम ।

जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादवले मधेसी समुदायमाथि भेदभाव कायमै रहेको जनाएका छन् । उनले मधेसी समुदायमाथिको भेदभाव अन्त्य नगरी समृद्ध समाज निर्माण सम्भव नहुने दाबी गरे ।  शनिबार जनकपुरधाममा आयोजित मधेसी स्वास्थ्यकर्मी फोरम नेपालको दोस्रो प्रदेश महाधिवेशनलाई सम्बोधन गर्दै यादवले मधेसप्रति राज्यको व्यवहार अझै पनि भेदभावपूर्ण रहेको आरोप लगाए ।

मधेसलाई आर्थिक विकासमा कमजोर बनाइएको र कतिपय सरकारी निकायमा मधेसीहरूको प्रतिनिधित्व न्यून रहँदै आएको उनको भनाइ छ । ‘मुलुकमा आधाभन्दा बढी मधेसी समुदाय भए पनि कुनै निकायमा समावेशीता अत्यन्तै न्यून छ । प्रतिनिधि सभामा केही हदसम्म प्रतिनिधित्व भए पनि राष्ट्रिय सभामा ५९ सदस्यमध्ये जम्मा ६ जनामात्रै मधेसी छन्,’ यादवले भने ।

जनसंख्याको आधारमा प्रतिनिधित्व हुनुपर्ने लोकतन्त्रको मूल्य–मान्यता विपरीत मधेसीहरूलाई न्यून कोटाको भरमा प्रवेश हुने अवस्था रहेको उनको भनाइ थियो । अध्यक्ष यादवले उच्च पदमा मधेसीहरूको प्रतिनिधित्व अझै पनि कमजोर रहेको उल्लेख गर्दै भने, ‘भेदभाव कम भएको छ, तर समाप्त भएको छैन ।’

यादवले सत्ता साझेदारीमा पनि मधेसले जनसंख्याको आधारमा बराबर हिस्सा पाउनुपर्नेमा जोड दिए । उनले यस्तो राजनीतिक अधिकारलाई आफूहरूले लक्ष्य बनाएको  प्रस्ट पारे । उनले शोषण र उत्पीडन अन्त्य नगरी समृद्ध समाज निर्माण सम्भव नहुने दाबी गरे ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

चौरासी कोष परिक्रमा यात्रा टोली जनकपुरधाम आउँदै
चौरासी कोष परिक्रमा यात्रा टोली जनकपुरधाम आउँदै
आलमलाई सफाइ दिने न्यायाधीशलाई इजलासमै मोसो प्रहार
आलमलाई सफाइ दिने न्यायाधीशलाई इजलासमै मोसो प्रहार
धौलागिरि हिमालबाट ११ दिनपछि काठमाडौं ल्याइयो ५ रुसी पर्वतारोहीको शव
धौलागिरि हिमालबाट ११ दिनपछि काठमाडौं ल्याइयो ५ रुसी पर्वतारोहीको शव
स्वदेशी जनशक्ति उत्पादन गरेर मात्रै हवाई सेवालाई थप व्यवस्थित गर्न सकिन्छः हितराज पाण्डे
स्वदेशी जनशक्ति उत्पादन गरेर मात्रै हवाई सेवालाई थप व्यवस्थित गर्न सकिन्छः हितराज पाण्डे
एक घण्टामा साढे तीन अर्बको सेयर बारेबार
एक घण्टामा साढे तीन अर्बको सेयर बारेबार
भारत र पाकिस्तानबीचको तनावका कारण आईपीएल २०२५ स्थगित
भारत र पाकिस्तानबीचको तनावका कारण आईपीएल २०२५ स्थगित
मधेस प्रदेशमा जोगियो कृष्ण यादवको सरकार, चार दलले गरे निरन्तरता दिने निर्णय
मधेस प्रदेशमा जोगियो कृष्ण यादवको सरकार, चार दलले गरे निरन्तरता दिने निर्णय
आन्दोलनमा सहभागी १५८ शिक्षकको सरूवा र प्रअ हटाइएपछि संगठनकाे आपत्ति
आन्दोलनमा सहभागी १५८ शिक्षकको सरूवा र प्रअ हटाइएपछि संगठनकाे आपत्ति
यस्तो छ तपाइको आजको राशिफल
यस्तो छ तपाइको आजको राशिफल
हिप्नोथेरापी तन्त्र र उर्जा उपचारको नयाँ शाखा बुटवलमा
हिप्नोथेरापी तन्त्र र उर्जा उपचारको नयाँ शाखा बुटवलमा