संघीय संसद्का सदस्यलाई ६० दिनभित्र सम्पत्ति विवरण बुझाउन आग्रह

प्रेस संवाददाता प्रेस संवाददाता
|
शनिबार, श्रावण २, २०८३
|
|
१८७ पटक हेरिएको
Shares
संघीय संसद्का सदस्यलाई ६० दिनभित्र सम्पत्ति विवरण बुझाउन आग्रह

सारांश

  • सघीय संसद् सचिवालयले संघीय संसद्का सदस्यहरूलाई आर्थिक वर्ष २०८२/०८३ को सम्पत्ति विवरण तोकिएको समयभित्र बुझाउन आग्रह गरेको छ ।
  •   शुक्रबार सचिवालयको सांसद सुविधा व्यवस्थापन शाखाले सूचना जारी गर्दै भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ५०(१) तथा अख्तियार दुरुपयोग अनुसन्धान आयोग ऐन, २०४८ को कानुनी प्रावधान अनुसार तोकिएको समयभित्र आफ्नो सम्पत्ति विवरण पेस गर्न निर्देशन दिएको हो ।
  • जारी सूचना अनुसार, सांसदहरूले आर्थिक वर्ष २०८२/०८३ समाप्त भएको मितिले ६० दिनभित्र अर्थात् २०८३ साउन १ गतेदेखि भदौ २९ गतेसम्ममा आफ्नो वा आफ्नो परिवारको नाममा रहेको सम्पत्तिको स्रोत र निस्सा (प्रमाण) सहितको अद्यावधिक विवरण बुझाउनुपर्ने व्यवस्था रहेको छ ।

काठमाडौं ।

सघीय संसद् सचिवालयले संघीय संसद्का सदस्यहरूलाई आर्थिक वर्ष २०८२/०८३ को सम्पत्ति विवरण तोकिएको समयभित्र बुझाउन आग्रह गरेको छ ।  शुक्रबार सचिवालयको सांसद सुविधा व्यवस्थापन शाखाले सूचना जारी गर्दै भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ५०(१) तथा अख्तियार दुरुपयोग अनुसन्धान आयोग ऐन, २०४८ को कानुनी प्रावधान अनुसार तोकिएको समयभित्र आफ्नो सम्पत्ति विवरण पेस गर्न निर्देशन दिएको हो ।

जारी सूचना अनुसार, सांसदहरूले आर्थिक वर्ष २०८२/०८३ समाप्त भएको मितिले ६० दिनभित्र अर्थात् २०८३ साउन १ गतेदेखि भदौ २९ गतेसम्ममा आफ्नो वा आफ्नो परिवारको नाममा रहेको सम्पत्तिको स्रोत र निस्सा (प्रमाण) सहितको अद्यावधिक विवरण बुझाउनुपर्ने व्यवस्था रहेको छ । सिलबन्दी खाममा सदस्यको नाम, आर्थिक वर्ष, लिङ्ग, पद, कार्यालय, स्थायी ठेगाना, मोबाइल नम्बर, इमेल, प्रतिनिधिसभा सदस्यका हकमा जिल्लारनिर्वाचन क्षेत्र नम्बर तथा राष्ट्रियसभा सदस्यका हकमा निर्वाचित प्रदेश उल्लेख गर्नुपर्नेछ । सम्पत्ति विवरण फाराम सांसद सुविधा व्यवस्थापन शाखाबाट प्राप्त गर्न सकिनेछ भने सचिवालयको वेबसाइटमा पनि उपलब्ध रहेको सूचनामा उल्लेख छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

अध्यादेशबारे छलफल गर्न जसपा नेपालको संसदीय दलको बैठक बस्दै
अध्यादेशबारे छलफल गर्न जसपा नेपालको संसदीय दलको बैठक बस्दै
सामुदायिक वनमा लागेको आगो निभाउन कठिन, जोखिममा भेडीगोठ
सामुदायिक वनमा लागेको आगो निभाउन कठिन, जोखिममा भेडीगोठ
भ्रष्टाचारीहरूको लर्कोमा मलाई नजोड्नुहोला : बाबुराम भट्टराई
भ्रष्टाचारीहरूको लर्कोमा मलाई नजोड्नुहोला : बाबुराम भट्टराई
क्यान्सरको निःशुल्क परीक्षण गर्दै काठमाडौं महानगर
क्यान्सरको निःशुल्क परीक्षण गर्दै काठमाडौं महानगर
काठमाडौं महानगरका जनप्रतिनिधि र कर्मचारीले पाए तलब
काठमाडौं महानगरका जनप्रतिनिधि र कर्मचारीले पाए तलब
सहकारीका साना बचतकर्ताको बचत फिर्ता सय दिनभित्रै थाल्ने सरकारको घोषणा
सहकारीका साना बचतकर्ताको बचत फिर्ता सय दिनभित्रै थाल्ने सरकारको घोषणा
मोटरसाइकल दुर्घटनामा परेर युवाको मृत्यु
मोटरसाइकल दुर्घटनामा परेर युवाको मृत्यु
प्रदेश र स्थानीय सरकार संघीय सरकारका इकाइ होइनन् : मुख्यमन्त्री कँडेल
प्रदेश र स्थानीय सरकार संघीय सरकारका इकाइ होइनन् : मुख्यमन्त्री कँडेल
देशभर आंशिक बदली, कोशी र गण्डकीका केही स्थानमा भारी वर्षाको सम्भावना
देशभर आंशिक बदली, कोशी र गण्डकीका केही स्थानमा भारी वर्षाको सम्भावना
कारोबारसँगै बढ्यो सेयर बजार, नेप्से २६२५ अंकमा
कारोबारसँगै बढ्यो सेयर बजार, नेप्से २६२५ अंकमा