Press 4K
बिहिबार, १ आश्विन २०८३

किम जोङ उनको उपस्थितिमा उत्तर कोरियाद्वारा ब्यालिस्टिक मिसाइलको सफल परीक्षण

प्रेस संवाददाता प्रेस संवाददाता
|
सोमबार, बैशाख ७, २०८३
|
|
१८४ पटक हेरिएको
Shares
किम जोङ उनको उपस्थितिमा उत्तर कोरियाद्वारा ब्यालिस्टिक मिसाइलको सफल परीक्षण

सारांश

  • उत्तर कोरियाले ‘क्लस्टर वारहेड’ (झुप्पा बम) जडित उन्नत रणनीतिक ब्यालिस्टिक मिसाइलको सफल परीक्षण गरेको पुष्टि गरेको छ ।
  • उक्त सैन्य अभ्यासको सर्वोच्च नेता किम जोङ उनले प्रत्यक्ष अवलोकन गरेका थिए ।
  • उत्तर कोरियाको सरकारी सञ्चार माध्यम (केसीएनए) लाई उद्धृत गर्दै क्योडो न्यूजले जनाएअनुसार, आइतबार गरिएको परीक्षणमा पाँचवटा ‘हवासोङ्फो–११ जमिनबाट जमिनमा प्रहार गर्ने रणनीतिक ब्यालिस्टिक मिसाइलहरू प्रयोग गरिएको थियो ।

७ वैशाख, काठमाडौं ।

उत्तर कोरियाले ‘क्लस्टर वारहेड’ (झुप्पा बम) जडित उन्नत रणनीतिक ब्यालिस्टिक मिसाइलको सफल परीक्षण गरेको पुष्टि गरेको छ । उक्त सैन्य अभ्यासको सर्वोच्च नेता किम जोङ उनले प्रत्यक्ष अवलोकन गरेका थिए ।

उत्तर कोरियाको सरकारी सञ्चार माध्यम (केसीएनए) लाई उद्धृत गर्दै क्योडो न्यूजले जनाएअनुसार, आइतबार गरिएको परीक्षणमा पाँचवटा ‘हवासोङ्फो–११ जमिनबाट जमिनमा प्रहार गर्ने रणनीतिक ब्यालिस्टिक मिसाइलहरू प्रयोग गरिएको थियो । ती मिसाइलहरूले १३६ किलोमिटर टाढा रहेको निर्धारित लक्ष्यमा सटिक प्रहार गरेका थिए ।

उत्तर कोरियाको यो सैन्य गतिविधिलाई छिमेकी मुलुकहरूले नजिकबाट नियालेका छन् । प्योङयाङले यी मिसाइलहरू जमिनबाट प्रहार गरिएको बताए पनि जापान र दक्षिण कोरियाका अधिकारीहरूले भने ती मिसाइलहरू सिनपो क्षेत्रबाट प्रहार गरिएको र तटीय स्थानका कारण ती पनडुब्बीबाट प्रहार गरिएको हुन सक्ने आशंका व्यक्त गरेका छन् ।

उत्तर कोरियाली सञ्चार माध्यमका अनुसार यस परीक्षणको मुख्य उद्देश्य रणनीतिक ब्यालिस्टिक मिसाइलमा प्रयोग गरिने क्लस्टर बम र फ्र्याग्मेन्टेसन माइन वारहेडको शक्ति र विशेषता प्रमाणित गर्नु थियो । निरीक्षणका क्रममा नेता किमले आफ्ना वैज्ञानिकहरूको प्राविधिक प्रगतिको प्रशंसा गर्दै विभिन्न प्रकारका क्लस्टर वारहेडहरूको विकासले सेनाको आक्रमण क्षमतालाई अझ उच्च र सघन बनाउने विश्वास व्यक्त गरे ।

हाल उत्तर कोरियाले हाइपरसोनिक मिसाइल, बहु–वारहेड न्युक्लियर मिसाइल र अत्याधुनिक पनडुब्बी हतियारहरू विकास गर्ने रणनीति लिएको छ । यी प्रविधिहरूको विकासलाई अमेरिका र दक्षिण कोरियाको मिसाइल प्रतिरक्षा प्रणालीलाई विफल पार्ने प्रयासको रूपमा हेरिएको छ । एएनआई

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

भारतको राजधानीमा प्रदूषणका कारण विद्यालयहरू बन्द
भारतको राजधानीमा प्रदूषणका कारण विद्यालयहरू बन्द
अपाङ्गतासम्बन्धी ऐनको व्यवहारिक रूपमै कार्यान्वयन गर्नुपर्छ : मन्त्री सुडी
अपाङ्गतासम्बन्धी ऐनको व्यवहारिक रूपमै कार्यान्वयन गर्नुपर्छ : मन्त्री सुडी
उद्घाटन खेलमा विराटनगर र जनकपुर भिड्ने, एनपीएलको खेल तालिका सार्वजनिक,
उद्घाटन खेलमा विराटनगर र जनकपुर भिड्ने, एनपीएलको खेल तालिका सार्वजनिक,
उग्ररुप लियो जेनजी आन्दोलन: ट्रमा सेन्टरमा मात्रै चार जनाको मृ*त्यु
उग्ररुप लियो जेनजी आन्दोलन: ट्रमा सेन्टरमा मात्रै चार जनाको मृ*त्यु
सिन्धुपाल्चोकमा १२ वर्षीया बालिकाको सामूहिक बलात्कारपछि हत्या, ५ जना पक्राउ
सिन्धुपाल्चोकमा १२ वर्षीया बालिकाको सामूहिक बलात्कारपछि हत्या, ५ जना पक्राउ
नरेशका वकिलको दाबी : ममता काफ्ले जीवितै छिन्
नरेशका वकिलको दाबी : ममता काफ्ले जीवितै छिन्
माइतीघरमा मानव अधिकारवादीहरुको प्रदर्शन, १७ जना पक्राउ
माइतीघरमा मानव अधिकारवादीहरुको प्रदर्शन, १७ जना पक्राउ
यस्तो छ आज फलफूल तथा तरकारीको मूल्य
यस्तो छ आज फलफूल तथा तरकारीको मूल्य
काठमाडौंसहित चार प्रदेशमा पानी पर्ने सम्भावना
काठमाडौंसहित चार प्रदेशमा पानी पर्ने सम्भावना
प्रहरी महानिरीक्षक कार्कीले लगाए दर्ज्यानी चिह्न
प्रहरी महानिरीक्षक कार्कीले लगाए दर्ज्यानी चिह्न

पात्रो

२०८३
Sep/Oct 2026
आइत
सोम
मंगल
बुध
बिहि
शुक्र
शनि

राशिफल

राशिफल लोड हुँदैछ...

रेडियो

रेडियो लोड हुँदैछ...

स्टेशन छान्नुहोस्

-

भिडियो

लोड हुँदैछ...

मिति परिवर्तन

विनिमय दर

मुद्रा रूपान्तरण

Update: Loading...
🇺🇸 USD
🇳🇵 NPR

Indicative Exchange Rate: 1 USD = Loading...

Open Market Rates

Currency Unit Buy Sell

...