प्रहरी महानिरीक्षक कार्कीले लगाए दर्ज्यानी चिह्न

प्रेस संवाददाता प्रेस संवाददाता
|
बिहिबार, कार्तिक २७, २०८२
|
|
२७ पटक हेरिएको
Shares
प्रहरी महानिरीक्षक कार्कीले लगाए दर्ज्यानी चिह्न

सारांश

  • नवनियुक्त प्रहरी महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीले दर्ज्यानी चिह्न लगाएका छन् ।
  • गृह मन्त्रालयमा आयोजित कार्यक्रममा सचिव रामेश्वर दंगालले कार्कीलाई प्रहरी महानिरीक्षकको दर्ज्यानी चिह्न लगाइदिएका हुन् ।
  • प्रहरी नियमावलीमा उल्लेख रहेको ३० वर्षे सेवा अवधिका कारण अघिल्ला आईजीपी (महानिरीक्षक) चन्द्रकुवेर खापुङ २६ कात्तिक राति १२ बजेबाट अनिवार्य अवकाशमा गएकाले नेपाल प्रहरीको कमाण्ड कार्की मातहत आएको हो ।

२७ कात्तिक, काठमाडौं ।

नवनियुक्त प्रहरी महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीले दर्ज्यानी चिह्न लगाएका छन् । गृह मन्त्रालयमा आयोजित कार्यक्रममा सचिव रामेश्वर दंगालले कार्कीलाई प्रहरी महानिरीक्षकको दर्ज्यानी चिह्न लगाइदिएका हुन् । प्रहरी नियमावलीमा उल्लेख रहेको ३० वर्षे सेवा अवधिका कारण अघिल्ला आईजीपी (महानिरीक्षक) चन्द्रकुवेर खापुङ २६ कात्तिक राति १२ बजेबाट अनिवार्य अवकाशमा गएकाले नेपाल प्रहरीको कमाण्ड कार्की मातहत आएको हो । खापुङ अवकाशमा जानुअघि नै कात्तिक २५ गतेको मन्त्रिपरिषद बैठकले नेपाल प्रहरीको सर्वोच्च पद आईजीपीमा कार्कीलाई नियुक्त गर्ने निर्णय गरेको थियो ।

२४ भदौमा जेनजी आन्दोलन हुँदा कार्कीले उपत्यकाको कमाण्ड सम्हालेका थिए । २३ भदौमा भने उपत्यकाको कमाण्ड एआईजीविहीन थियो । उपत्यका कमाण्ड सम्हाल्नुअघि उनी प्रहरी प्रधान कार्यालयस्थित मानव स्रोत साधन डीआईजी हुँदा भने उनले लुम्बिनी प्रदेशको कमाण्ड सम्हालेका थिए । एसएसपीको जिम्मेवारीमा उनले काठमाडौं जिल्ला प्रहरी परिसरको कमाण्ड सम्हाल्दा भुटानी शरणार्थी प्रकरणको मुद्दा चलेको थियो ।

चुनौतीपूर्ण मानिने काठमाडौं जिल्लादेखि उपत्यकाको कमाण्ड सम्हालेका कार्कीले इमान्दार प्रहरी अधिकृतको परिचय बनाएका छन् । कुनै ठूलो आर्थिक विवादमा नमुछिएका कार्कीसँग फिल्डदेखि आईजीपी सचिवालयसम्म बसेर काम गरेको अनुभव छ । विदेशमा विभिन्न तालिम लिइसकेका उनी नेपाल प्रहरीको केन्द्रीय प्रवक्ता समेत भएका थिए । विभागको प्रमुख थिए ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

एमाले महाधिवेशन : १४०० बढीले लिए मनोनयन फारम
एमाले महाधिवेशन : १४०० बढीले लिए मनोनयन फारम
रविको मुद्दा फिर्ताविरुद्धको रिटमा आज पनि आएन आदेश, ‘हेर्दाहेर्दै’ मा सकियो सुनुवाइ
रविको मुद्दा फिर्ताविरुद्धको रिटमा आज पनि आएन आदेश, ‘हेर्दाहेर्दै’ मा सकियो सुनुवाइ
पेट्रोलियम पदार्थको मूल्य बढ्यो
पेट्रोलियम पदार्थको मूल्य बढ्यो
मनोहरा सुकुमवासी बस्तीका सबै ८१० घरटहरा भत्काइयो
मनोहरा सुकुमवासी बस्तीका सबै ८१० घरटहरा भत्काइयो
कमल थापासहित ६ जनालाई भद्रकालीमा राखियो, छाड्नेबारे के भन्छ प्रहरी ?
कमल थापासहित ६ जनालाई भद्रकालीमा राखियो, छाड्नेबारे के भन्छ प्रहरी ?
४ हजार १ सयले सुनको मूल्य बढ्दा चाँदीको मूल्य कति पुग्यो?
४ हजार १ सयले सुनको मूल्य बढ्दा चाँदीको मूल्य कति पुग्यो?
नेपाल आउँदै ब्राजिलियन विश्वविजेता कार्लोस
नेपाल आउँदै ब्राजिलियन विश्वविजेता कार्लोस
विद्यार्थी संगठनहरु साझा मुद्दा बनाएर सँगसँगै अगाडि बढ्नुपर्छ : मन्त्री पौडेल
विद्यार्थी संगठनहरु साझा मुद्दा बनाएर सँगसँगै अगाडि बढ्नुपर्छ : मन्त्री पौडेल
कर्णाली सरकारका प्रवक्ता विनोदकुमार शाह काठमाडौँ अस्पतालमा भर्ना
कर्णाली सरकारका प्रवक्ता विनोदकुमार शाह काठमाडौँ अस्पतालमा भर्ना
कांग्रेसका मन्त्रीहरूलाई देउवाले बूढानीलकण्ठ बोलाए
कांग्रेसका मन्त्रीहरूलाई देउवाले बूढानीलकण्ठ बोलाए