गणेश नेपालीको न्याय माग गर्दै वीर अस्पताल अगाडि प्रदर्शन

प्रेस संवाददाता प्रेस संवाददाता
|
शनिबार, आषाढ २७, २०८३
|
|
१०६ पटक हेरिएको
Shares
गणेश नेपालीको न्याय माग गर्दै वीर अस्पताल अगाडि प्रदर्शन

सारांश

  • आत्मदाह गरेर ज्यान गुमाएका मुगुका गणेश नेपालीको न्याय माग गर्दै काठमाडौंको वीर अस्पताल अगाडि प्रदर्शन भएको छ ।
  •  शनिबार दिउँसो सरकार र सत्तारुढ दल रास्वपाको विरोध गर्दै प्रदर्शन भइरहेको छ ।
  •  प्रदर्शनमा सहभागीहरूले प्रधानमन्त्री बालेन शाह, रास्वपा सभापति रवि लामिछानेको नाम लिँदै नारा लगाइरहेका छन् ।

२७ असार, काठमाडौं ।

आत्मदाह गरेर ज्यान गुमाएका मुगुका गणेश नेपालीको न्याय माग गर्दै काठमाडौंको वीर अस्पताल अगाडि प्रदर्शन भएको छ । शनिबार दिउँसो सरकार र सत्तारुढ दल रास्वपाको विरोध गर्दै प्रदर्शन भइरहेको छ । प्रदर्शनमा सहभागीहरूले प्रधानमन्त्री बालेन शाह, रास्वपा सभापति रवि लामिछानेको नाम लिँदै नारा लगाइरहेका छन् ।

अहिले सो क्षेत्रमा सुरक्षा व्यवस्था कडा बनाइएको छ । नेपालीको शव आफन्तले बुझेका छैनन् । उनको शव अहिले त्रिवि शिक्षण अस्पतालमा पोस्टमार्टमका लागि लगिएको छ ।  सरकारी पक्षले हिजोदेखि नै नेपालीको परिवारसँग वार्ता थालेको थियो । यद्यपि सहमति भने जुट्न सकेको छैन ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ