सखुवा प्रसौनी गाउँपालिकाको सार्वजनिक अनुरोध!
 सखुवा प्रसौनी गाउँपालिकाको सार्वजनिक अनुरोध!
सखुवा प्रसौनी गाउँपालिकाको सार्वजनिक अनुरोध!
 सखुवा प्रसौनी गाउँपालिकाको सार्वजनिक अनुरोध!

जापानी जङ्गलमा लागेको डढेलो नियन्त्रणका लागि १७ हजार अग्निनियन्त्रक परिचालित

प्रेस संवाददाता प्रेस संवाददाता
|
सोमबार, फाल्गुन १९, २०८१
|
|
१०६ पटक हेरिएको
Shares
जापानी जङ्गलमा लागेको डढेलो नियन्त्रणका लागि १७ हजार अग्निनियन्त्रक परिचालित

सारांश

  • गत हप्ता इवातेको उत्तरी क्षेत्रमा भएको आगलागीमा परी एक जनाको मृत्यु भएको थियो ।
  • उक्त क्षेत्रमा गत बर्ष अहिलेसम्मकै अत्यधिक कम वर्षा र उच्च तापक्रम वृद्धि भएको रेकर्ड गरिएको थियो ।
  • ओफुनाटो शहरनजिकै बिहीबारदेखि लागेको डढेलो करिब दुई हजार १०० हेक्टर जमिन क्षेत्रमा फैलिएको अग्नि तथा विपद् व्यवस्थापन निकायले सोमबार जनाएको छ ।

 

१९ फागुन , काठमाडौँ, : जापानको जङ्गलमा तीन दशकयताकै सबैभन्दा ठूलो डढेलो नियन्त्रणका लागि करिब एक हजार ७०० अग्निनियन्त्रक परिचालन गरिएको अधिकारीहरूले सोमबार बताएका छन् । गत हप्ता इवातेको उत्तरी क्षेत्रमा भएको आगलागीमा परी एक जनाको मृत्यु भएको थियो । उक्त क्षेत्रमा गत बर्ष अहिलेसम्मकै अत्यधिक कम वर्षा र उच्च तापक्रम वृद्धि भएको रेकर्ड गरिएको थियो ।

ओफुनाटो शहरनजिकै बिहीबारदेखि लागेको डढेलो करिब दुई हजार १०० हेक्टर जमिन क्षेत्रमा फैलिएको अग्नि तथा विपद् व्यवस्थापन निकायले सोमबार जनाएको छ । जापानका १४ वटा क्षेत्रका अग्निनियन्त्रक र सेनासहित १६ वटा हेलिकप्टरले आगो निभाउने प्रयास गरिरहेका छन् । भूकम्पले आइतबारसम्म ८४ वटा भवनमा क्षति पु¥याएको अनुमान गरिएको छ तर विस्तृत विवरण आउन बाँकी रहेको विपद् व्यवस्थापन निकायले जनाएको छ ।

अधिकारीहरूका अनुसार करिब तीन हजार २०० भन्दा बढी व्यक्तिलाई सुरक्षित स्थानमा सारिएको छ । राष्ट्रिय प्रसारक एनएचकेको ओफुनातोको बिहानको फुटेजमा भवनहरू नजिकै सुन्तला रङ्गको ज्वाला र धुवाँ उडिरहेको देखिएको छ।जापानमा सन् १९७० को दशकमा डढेलोको चरम बिन्दुमा पुगेको सरकारी तथ्याङ्कले देखाएको छ । तर सन् २०२३ फेब्रुअरीदेखि अप्रिलको अवधिमा देशभर करिब एक हजार ३०० हेक्टरको हाराहारीमा जङ्गलमा डढेलो फैलिएको थियो ।ओफुनाटोमा फेब्रुअरीमा मात्र २.५ मिलिमिटर (०.१ इन्च) वर्षा भएको थियो ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

जसपा नेपालको सर्लाही अधिवेशनमा कुटपिट गर्नेलाई कारबाही हुने
जसपा नेपालको सर्लाही अधिवेशनमा कुटपिट गर्नेलाई कारबाही हुने
काठमाडौं आए न्युजिल्यान्डका उपप्रधानमन्त्री
काठमाडौं आए न्युजिल्यान्डका उपप्रधानमन्त्री
यू-१९ एसिया कप : नेपाल पहिलो खेलमा आज श्रीलंकासँग भिड्दै
यू-१९ एसिया कप : नेपाल पहिलो खेलमा आज श्रीलंकासँग भिड्दै
रवि लामिछानेको आह्वानमा सर्वदलीय बैठक बस्दै
रवि लामिछानेको आह्वानमा सर्वदलीय बैठक बस्दै
कार्बन बिक्रीबापत प्राप्त रकम विपन्न नागरिकको हितमा परिचालन गर्नुपर्छ : मन्त्री दीपक खड्का
कार्बन बिक्रीबापत प्राप्त रकम विपन्न नागरिकको हितमा परिचालन गर्नुपर्छ : मन्त्री दीपक खड्का
जानेर–बुझेर नियतबस खराब काम गर्दिन्, जस्तो आएको त्यस्तै फर्किन तयार छु: मन्त्री खरेल
जानेर–बुझेर नियतबस खराब काम गर्दिन्, जस्तो आएको त्यस्तै फर्किन तयार छु: मन्त्री खरेल
कांग्रेसको स्वयंसेवक परिचालन उपसमितिमा ५ सदस्य मनोनीत
कांग्रेसको स्वयंसेवक परिचालन उपसमितिमा ५ सदस्य मनोनीत
आईपीएलको दोस्रो क्वालिफायर आज, गुजरात र राजस्थान भिड्दै
आईपीएलको दोस्रो क्वालिफायर आज, गुजरात र राजस्थान भिड्दै
नेपालद्वारा म्यानमार सरकारलाई २७ टन राहत प्रदान
नेपालद्वारा म्यानमार सरकारलाई २७ टन राहत प्रदान
गोली लोड भएको अटोमेटिक पेस्तोलसहित २ भारतीय पक्राउ
गोली लोड भएको अटोमेटिक पेस्तोलसहित २ भारतीय पक्राउ