करेन्ट लागेर २ जनाको मृत्यु

प्रेस संवाददाता प्रेस संवाददाता
|
बुधबार, मंसिर १९, २०८१
|
|
२५ पटक हेरिएको
Shares
करेन्ट लागेर २ जनाको मृत्यु

सारांश

  • विभिन्न जिल्लामा करेन्ट लागेर २ जनाको मृत्यु भएको छ ।
  • बारा र कपिलवस्तुमा करेन्ट लागेर २ जनाको मृत्यु भएको हो ।
  • बाराको फेटा गाउँपालिका–१ अकवनिया बस्ने ४० वर्षीया लिलावती देवीको करेन्ट लागेर मङ्गलवार दिउँसो मृत्यु भएको छ ।

 

१९ मंसिर,  काठमाडौँ । विभिन्न जिल्लामा करेन्ट लागेर २ जनाको मृत्यु भएको छ । बारा र कपिलवस्तुमा करेन्ट लागेर २ जनाको मृत्यु भएको हो । बाराको फेटा गाउँपालिका–१ अकवनिया बस्ने ४० वर्षीया लिलावती देवीको करेन्ट लागेर मङ्गलवार दिउँसो मृत्यु भएको छ ।

सोही ठाउँस्थित खेतमा लत्रिएको विद्युतकोतारबाट करेन्ट लागेर गम्भीर घाइते भएकी उनको नेशनल मेडिकल कलेज वीरगन्जमा उपचारको क्रममा मृत्यु भएको हो । त्यस्तै कपिलवस्तुको शुद्धोदन गाउँपालिका–२ हर्नामपुर बस्ने राममिलन लोधकी छोरी १५ वर्षीया मनिषा लोधको करेन्ट लागेर मङ्गलवार राति मृत्यु भएको छ । आफ्नै घरको पानी

तान्ने विद्युतीय मोटरको स्विच अन गर्ने क्रममा करेन्ट लागेर गम्भीर घाइते भएकी उनको अलसेक हस्पिटल लबनीमा उपचारको क्रममा मृत्यु भएको हो । दुवै घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान भइरहेको जानकारी दिएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ