कोरिया सरकारको एक अर्ब सहयोगमा साबइर ब्युरो सञ्चालनमा आउँदै

प्रेस संवाददाता प्रेस संवाददाता
|
शनिबार, श्रावण ३, २०८२
|
|
२५ पटक हेरिएको
Shares
कोरिया सरकारको एक अर्ब सहयोगमा साबइर ब्युरो सञ्चालनमा आउँदै

सारांश

  • कोरिया सरकारको एक अर्ब रुपैयाँ सहयोगमा साबइर ब्युरो सञ्चालनमा आउने भएको छ ।
  • ब्युरोको भवन निर्माण भइसकेको र अब उपकरण जडान गर्न बाँकी रहेको प्रहरी महानिरीक्षक दीपक थापाले जानकारी दिनुभएको छ ।
  • शुक्रबार संघीय संसद राष्ट्रिय सभा अन्तर्गत संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको बैठकमा बोल्दै महानिरीक्षक थापाले अहिले प्रविधिको प्रयोग सुरक्षाको मुख्य चुनौती भएको बताउनु भयो ।

३ असार, काठमाडौं ।

कोरिया सरकारको एक अर्ब रुपैयाँ सहयोगमा साबइर ब्युरो सञ्चालनमा आउने भएको छ । ब्युरोको भवन निर्माण भइसकेको र अब उपकरण जडान गर्न बाँकी रहेको प्रहरी महानिरीक्षक दीपक थापाले जानकारी दिनुभएको छ । शुक्रबार संघीय संसद राष्ट्रिय सभा अन्तर्गत संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको बैठकमा बोल्दै महानिरीक्षक थापाले अहिले प्रविधिको प्रयोग सुरक्षाको मुख्य चुनौती भएको बताउनु भयो ।

प्रविधिको प्रयोगबाटै चोरी, ठगी लगायका गतिविधि हुने गरेको भन्दै प्रहरी महानिरीक्षक थापाले प्रविधिको प्रयोग गरेर हुने अपराध नियन्त्रण गर्न प्रहरीलाई प्रविधिमै सक्षम बनाउनुपर्ने बताउनु भयो । उहाँले भन्नुभयो, ‘अहिले चोरी भयो भने पनि प्रविधिबाटै हुन्छ । अनलाइन फ्रड हुन्छ । अनलाइन स्क्याम हुन्छ । अहिले टेलिग्रामबाट धेरै ठगिएको अवस्था छ । अहिले भर्खरै प्रधानमन्त्री कार्यालयको सचिवालयबाट मलाई पठाउनुभयो । टेलिग्राम बन्द गर्नुप¥यो भनेर गृहमन्त्रालयबाट पनि धेरै अगाडिबाट पठाइसकेपछि अहिले अहिले टेलिग्राम बल्ल बन्द हुन आँटेको छ । त्यो टेलिग्रामले सबभन्दा बढी ठगिएको अवस्था छ ।एआई आयो अब । फरेन्सिक (ल्याब)को बारेमा पनि माननीयज्युले भन्नुभएको छ ।

फरेन्सिकको काठमाडौँमा मात्रै हुन्थ्यो भने अब फरसेन्सिक ल्याब धरानमा, नेपालगञ्जमा र यसपटक पोखरामा पनि राखेर, अब सातैवटा प्रदेशमा फरेनिसक ल्याब विस्तार गर्ने भनेका छौँ । अब ल्याब मात्रै बनाएर भएन, इक्युपमेण्ट मात्रै राखेर भएन । त्यसमा दक्ष जनशक्तिको आवश्यकता छ । दक्ष जनशक्ति भनेको कहिले कहीँ हामीले विज्ञको सहायता पनि लिन्छौँ । एक्पर्ट मान्छेहरू लिएर पनि गर्छौं । र अनुसन्धानमा एक्पर्ट मान्छेहरू लिँदा कहिलेकाहीँ त्यहाँ च्यालेन्जहरू आउँछ भनेर हाम्रा मान्छेलाई दक्ष गराएको अवस्था छ ।’ महानिरीक्षक थापाले साइबर अपराध नियन्त्रण गर्न विभिन्न दातृ निकायको सहयोग लिने गरिएको पनि स्पष्ट पार्नुभयो । खासगरी इन्टरपोलको सहायता उल्लेखनीय रहेको थापाको भनाई थियो ।

उहाँले अपराध अनुसन्धानमा खटिने प्रहरीलाई प्रविधिमैत्री बनाउन प्रयास गरिरहेको बताउनु भयो ।  उहाँले भन्नुभयो, ‘विभिन्न दातृ निकायहरू, विभिन्न विदेशी निकायहरूसँग पनि समन्वय गरेर, त्यो भन्दा पनि इन्टरपोलको कार्यक्रमहरू पनि छन् । यसबाट हामीले साइबर र साइबरमा खटिनेहरुलाई प्रविधिमैत्री बनाउन त्यसमा लागेका छौँ । म यहाँ जाहेर गर्न चाहन्छु, कोरिया सरकारको सहयोगमा १०० करोडको लागतमा साइबर ब्युरो बन्न लागेको छ । भवन बनिसकेको अवस्था छ । अब त्यहाँ साइबर ल्याबहरू आउँदै छ । त्यो भएपछि अझ हामीलाई सहज हुन्छ ।’कोरिया सरकारको एकसय करोड रुपैयाँ सहयोगमा निर्माण भइरहेको साइबर ब्युरोले साइबरमा खटिने जनशक्तिलाई बल पुग्ने महानिरीक्षक थापाले स्पष्ट पार्नुभयो ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

दुई सातामा ३० हजार मेट्रिक टन ग्यास आयात भएको दाबी, तर उपभोक्ता लाइनमै
दुई सातामा ३० हजार मेट्रिक टन ग्यास आयात भएको दाबी, तर उपभोक्ता लाइनमै
पार्टी एकताबारे निर्णय लिन माओवादीले बोलायो सचिवालय बैठक
पार्टी एकताबारे निर्णय लिन माओवादीले बोलायो सचिवालय बैठक
बाढी महाशाखाद्वारा काठमाडौँसहित २७ जिल्लामा ‘एल्लो अलर्ट’ जारी
बाढी महाशाखाद्वारा काठमाडौँसहित २७ जिल्लामा ‘एल्लो अलर्ट’ जारी
भ्रष्टाचारमा लिप्त मान्छेलाई ऊर्जामन्त्री बनाइएको छ – प्रचण्ड
भ्रष्टाचारमा लिप्त मान्छेलाई ऊर्जामन्त्री बनाइएको छ – प्रचण्ड
दुई करोड २५ लाख धरौटी तिरिसकेका रविविरुद्ध अर्को मुद्दा दायर गर्ने तयारी
दुई करोड २५ लाख धरौटी तिरिसकेका रविविरुद्ध अर्को मुद्दा दायर गर्ने तयारी
पदबहाली गर्दै सोविता गौतमले भनिन् : सुधार गर्नुपर्ने कानुनहरु तीव्र गतिमा अगाडि बढाउछौं
पदबहाली गर्दै सोविता गौतमले भनिन् : सुधार गर्नुपर्ने कानुनहरु तीव्र गतिमा अगाडि बढाउछौं
दक्षिण एशियाली फ्रेञ्च बक्सिङ्गमा नेपाललाई स्वणर्सहित ३८ पदक
दक्षिण एशियाली फ्रेञ्च बक्सिङ्गमा नेपाललाई स्वणर्सहित ३८ पदक
इस्लाम धर्मावलम्बी आज इद-उल-जोहा मनाउँदै
इस्लाम धर्मावलम्बी आज इद-उल-जोहा मनाउँदै
सदनमा सशक्त रुपमा प्रस्तुत हुन अध्यक्ष दाहालको निर्देशन
सदनमा सशक्त रुपमा प्रस्तुत हुन अध्यक्ष दाहालको निर्देशन
स्पेन भ्रमणले अन्तर्राष्ट्रिय मञ्चमा नेपालको छवि उच्च बनाएको छ : प्रधानमन्त्री
स्पेन भ्रमणले अन्तर्राष्ट्रिय मञ्चमा नेपालको छवि उच्च बनाएको छ : प्रधानमन्त्री