भारतले आज ७७ औँ गणतन्त्र दिवस भव्य रूपमा मनाउँदै

प्रेस संवाददाता प्रेस संवाददाता
|
सोमबार, माघ १२, २०८२
|
|
३६ पटक हेरिएको
Shares
भारतले आज ७७ औँ गणतन्त्र दिवस भव्य रूपमा मनाउँदै

सारांश

  • भारतले संविधान लागू भएको ऐतिहासिक दिनको स्मरणमा आज ७७ औँ गणतन्त्र दिवस भव्य रूपमा मनाउँदैछ ।
  • राजधानी नयाँ दिल्लीस्थित कर्तव्य पथमा आयोजना हुने मुख्य समारोहको नेतृत्व राष्ट्रपति द्रौपदी मुर्मुले गर्नेछिन् ।
  • यस वर्षको समारोहमा युरोपेली काउन्सिलका राष्ट्रपति एन्टोनियो कोस्टा र युरोपेली आयोगकी राष्ट्रपति उर्सुला भोन डर लेयेन प्रमुख अतिथिका रूपमा सहभागी हुनेछन् ।

काठमाडौं ।

भारतले संविधान लागू भएको ऐतिहासिक दिनको स्मरणमा आज ७७ औँ गणतन्त्र दिवस भव्य रूपमा मनाउँदैछ । राजधानी नयाँ दिल्लीस्थित कर्तव्य पथमा आयोजना हुने मुख्य समारोहको नेतृत्व राष्ट्रपति द्रौपदी मुर्मुले गर्नेछिन् । यस वर्षको समारोहमा युरोपेली काउन्सिलका राष्ट्रपति एन्टोनियो कोस्टा र युरोपेली आयोगकी राष्ट्रपति उर्सुला भोन डर लेयेन प्रमुख अतिथिका रूपमा सहभागी हुनेछन् । राष्ट्रपति भवनदेखि राष्ट्रिय युद्ध स्मारकसम्म फैलिएको कर्तव्य पथ भारतको संविधान, सांस्कृतिक विविधता, सैन्य शक्ति र विकास यात्रालाई झल्किने गरी सजाइएको छ ।

समारोह बिहान १०ः३० बजे सुरु हुनेछ । प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय युद्ध स्मारकमा सहिदप्रति श्रद्धाञ्जली अर्पण गरेपछि परेड अवलोकन गर्नेछन् । परेडमा थलसेना, नौसेना र वायुसेनाका आकर्षक झाँकी, अत्याधुनिक हतियार प्रणाली, मिसाइल, ट्याङ्क, ड्रोन प्रविधि र स्वदेशमै विकसित रक्षा उपकरण प्रदर्शन गरिनेछ । यस वर्ष पहिलो पटक भारतीय सेनाको ब्याटल एरे फम्र्याट प्रस्तुत गरिनेछ । साथै, परमवीर चक्र र अशोक चक्र प्राप्त वीरहरूलाई सम्मान गरिनेछ । ‘विविधतामा एकता’ र ‘आत्मनिर्भर भारत’को सन्देशसहित ३० वटा झाँकीले भारतको सांस्कृतिक सम्पदा र प्रगतिलाई उजागर गर्नेछन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

कर्मचारीमा कुलिङ पिरियड नराख्न राष्ट्रिय सभामा एमालेका ५ सांसदको संशोधन
कर्मचारीमा कुलिङ पिरियड नराख्न राष्ट्रिय सभामा एमालेका ५ सांसदको संशोधन
कोशी पर्यटन वर्षको तयारी पूरा, प्रधानमन्त्रीले उद्घाटन गर्ने
कोशी पर्यटन वर्षको तयारी पूरा, प्रधानमन्त्रीले उद्घाटन गर्ने
लुम्बिनीका मुख्यमन्त्री आचार्यले पाए विश्वासको मत
लुम्बिनीका मुख्यमन्त्री आचार्यले पाए विश्वासको मत
प्रधानमन्त्रीको स्पेन भ्रमणबारे प्रभु साहको टिप्पणी : फजुल खर्च बाहेक केही होइन
प्रधानमन्त्रीको स्पेन भ्रमणबारे प्रभु साहको टिप्पणी : फजुल खर्च बाहेक केही होइन
भारत र चीनबीच भएको एकतर्फी सहमति वैध मान्न सकिँदैन् : रास्वपा
भारत र चीनबीच भएको एकतर्फी सहमति वैध मान्न सकिँदैन् : रास्वपा
अर्थमन्त्री पौडेल डिस्चार्ज हुँदै, मेयर आचार्य केही दिन अस्पतालमै रहने
अर्थमन्त्री पौडेल डिस्चार्ज हुँदै, मेयर आचार्य केही दिन अस्पतालमै रहने
क्यान्सर अस्पतालकी लेखा अधिकृतमाथि सेवाग्राहीसँग घुस लिएको आरोपः अख्तियारले हाल्यो मुद्दा
क्यान्सर अस्पतालकी लेखा अधिकृतमाथि सेवाग्राहीसँग घुस लिएको आरोपः अख्तियारले हाल्यो मुद्दा
सडक निर्माणमा भ्रष्टाचार : गाउँपालिकाका तत्कालीन प्रमुख प्रशासकीय अधिकृतसहित ११ जनाविरुद्ध मुद्दा
सडक निर्माणमा भ्रष्टाचार : गाउँपालिकाका तत्कालीन प्रमुख प्रशासकीय अधिकृतसहित ११ जनाविरुद्ध मुद्दा
आपसी सद्भाव र एकतालाई सुदृढ बनाउन सांस्कृतिक पर्वले सहयोग पु¥याउँदछ : राष्ट्रपति
आपसी सद्भाव र एकतालाई सुदृढ बनाउन सांस्कृतिक पर्वले सहयोग पु¥याउँदछ : राष्ट्रपति
नवनियुक्त चार मन्त्रीले लिए पद तथा गोपनीयताको शपथ
नवनियुक्त चार मन्त्रीले लिए पद तथा गोपनीयताको शपथ