रुकुमपश्चिममा ट्याक्टर दुर्घटना, ५ जनाको मृत्यु

प्रेस संवाददाता प्रेस संवाददाता
|
बिहिबार, पौष ५, २०८०
|
|
४३ पटक हेरिएको
Shares
रुकुमपश्चिममा ट्याक्टर दुर्घटना, ५ जनाको मृत्यु

सारांश

  • रुकुम पश्चिममा ट्याक्टर दुर्घटना हुँदा पाँच जनाको मृत्यु भएको छ ।
  • अन्य नौ जना घाइते भएका छन् ।
  • आठबिसकोट नगरपालिकाको कोट च्यारीगाउँ खोला नजिकै गएराति सवा १० बजे रा १ द १४ नम्बरको ट्याक्टर दुर्घटना भएको थियो ।

५ पुस, काठमाडौं । रुकुम पश्चिममा ट्याक्टर दुर्घटना हुँदा पाँच जनाको मृत्यु भएको छ । अन्य नौ जना घाइते भएका छन् ।

आठबिसकोट नगरपालिकाको कोट च्यारीगाउँ खोला नजिकै गएराति सवा १० बजे रा १ द १४ नम्बरको ट्याक्टर दुर्घटना भएको थियो । दुर्घटनामा परी आठबिसकोट–१० नाउलाका ४६ वर्षीय लोकबहादुर शाही र उनकी श्रीमती ४२ वर्षीया चुकीको मृत्यु भएको इलाका प्रहरी कार्यालय आठबिसकोटका प्रहरी निरीक्षक नवीन मरासिनीले जानकारी दिए । यसैगरी आठबीसकोट–१० डाँडा भन्ने स्थानका ४८ वर्षीय धनराम सार्की, ५२ वर्षीय भद्र सार्की र ४७ वर्षीया निर्मला सार्कीको पनि मृत्यु भएको छ ।

दुर्घटनामा अन्य ९ जना घाइते भएका छन् । घाइते हुनेमा आठबिसकोट–८ का ४१ वर्षीय खड्कबहादुर पुन, आठबिसकोट–१० का ३८ वर्षीय रमेश सार्की, आठबिसकोट– ८ का १४ वर्षीय दलबहादुर पुन, ५६ वर्षीय कुमार घर्ती, ३४ वर्षीया रमा गुरुङ, ५१ वर्षीय जगवीर सार्की, ३६ वर्षीय जयबहादुर घर्ती, ५८ वर्षीय मने सार्की, ४२ वर्षीय मदन पुन छन् । घाइतेहरुको नगर अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ । ट्याक्टर चालक आठबिसकोट–९ का २१ वर्षीय गोपाल विक फरार छन् । उनको खोजी भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

लोकतन्त्रमा समस्या आए कांग्रेस–एमाले एक ठाउँमा उभिनेछन् : पूर्ण बहादुर खड्का
लोकतन्त्रमा समस्या आए कांग्रेस–एमाले एक ठाउँमा उभिनेछन् : पूर्ण बहादुर खड्का
जुम्लामा ज्ञानेन्द्र शाहीको अग्रता कायमै, पछ्याउदै नरेश भण्डारी
जुम्लामा ज्ञानेन्द्र शाहीको अग्रता कायमै, पछ्याउदै नरेश भण्डारी
एमाले महाधिवेशन : उत्साहपूर्ण मतदान प्रक्रिया सुरु
एमाले महाधिवेशन : उत्साहपूर्ण मतदान प्रक्रिया सुरु
एमसीसी खारेज गरी समयको सम्मान गरियोस् : हर्क साम्पाङ
एमसीसी खारेज गरी समयको सम्मान गरियोस् : हर्क साम्पाङ
सहकारी ठगीमा रविमाथि नौ घण्टा बयान, इन्कारी बयानले नउम्कने संकेत
सहकारी ठगीमा रविमाथि नौ घण्टा बयान, इन्कारी बयानले नउम्कने संकेत
वर्षाका कारण देशभरका ११ राजमार्ग ठप्प
वर्षाका कारण देशभरका ११ राजमार्ग ठप्प
मापदण्ड विपरीत जानकी मेडिकल कलेज 
मापदण्ड विपरीत जानकी मेडिकल कलेज 
एकता महाधिवेशन संस्था सुधार गर्ने अवसर हो : डा. शेष घले
एकता महाधिवेशन संस्था सुधार गर्ने अवसर हो : डा. शेष घले
फेसबुकमा ‘अलबिदा’ लेख्ने डाक्टर केशव श्रेष्ठले भेटे गृहमन्त्री
फेसबुकमा ‘अलबिदा’ लेख्ने डाक्टर केशव श्रेष्ठले भेटे गृहमन्त्री
बालिकालाई यौन व्यवसायमा लगाएको आरोपमा गेष्टहाउस सञ्चालक पक्राउ
बालिकालाई यौन व्यवसायमा लगाएको आरोपमा गेष्टहाउस सञ्चालक पक्राउ