सूर्यदर्शन सहकारीको छानबिनमा रवि लामिछानेले एक करोड ऋण लिएको पुष्टि

प्रेस संवाददाता प्रेस संवाददाता
|
शुक्रबार, बैशाख २८, २०८१
|
|
२९ पटक हेरिएको
Shares
सूर्यदर्शन सहकारीको छानबिनमा रवि लामिछानेले एक करोड ऋण लिएको पुष्टि

सारांश

  • उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेले सूर्यदर्शन सहकारीबाट ऋण लिएको पुष्टि भएको छ।
  • पोखरा महानगरले गठन गरेको छानबिन समितिले लामिछानेले ऋण माग फाराम भरेर सहकारीबाट रकम लिएको प्रमाणसहित प्रतिवेदन बुझाएपछि उनले ऋण लिएको पुष्टि भएको हो।
  • यस अघि सीबीआईको अनुसन्धानमा लामिछानेलाई क्लीन चिट दिइएको भएपनि पीडितहरूको मागको आधारमा पोखरा महानगरले गठन गरेको छानबिन समितिले भने लामिछानेले एक करोड ऋण लिएको प्रमाणसहित प्रतिवेदन बुझाएको छ।

काठमाडौं ।

उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेले सूर्यदर्शन सहकारीबाट ऋण लिएको पुष्टि भएको छ। पोखरा महानगरले गठन गरेको छानबिन समितिले लामिछानेले ऋण माग फाराम भरेर सहकारीबाट रकम लिएको प्रमाणसहित प्रतिवेदन बुझाएपछि उनले ऋण लिएको पुष्टि भएको हो।

यस अघि सीबीआईको अनुसन्धानमा लामिछानेलाई क्लीन चिट दिइएको भएपनि पीडितहरूको मागको आधारमा पोखरा महानगरले गठन गरेको छानबिन समितिले भने लामिछानेले एक करोड ऋण लिएको प्रमाणसहित प्रतिवेदन बुझाएको छ।

जीबी राई अध्यक्ष रहेको गोर्खा मिडिया नेटवर्कमा लामिछाने प्रबन्ध निर्देशक भएका बेला सूर्यदर्शन सहकारीबाट ३० करोड रुपैयाँ लिएको तमसुक र लामिछाने स्वयंका नाममा खाता खोलेर सहकारीबाट एक करोड रुपैयाँ ऋण निकालेको प्रमाण छानबिन समितिले फेला पारेको छ।

वित्तीय विश्लेषणका क्रममा फेला परेको कर्जा माग फारामको फोटोकपी प्रतिवेदनमा राखिएको बताइएको छ। रवि लामिछानेको मागअनुसार एक करोड रुपैयाँ गएको र पैसा कहाँ गयो, कुन मितिमा, कुन चेकबाट पैसा गयो भनेर पनि प्रतिवेदनमा लेखिएको छ।https://press4k.com/

पोखरा महानगरको छानबिन समिति र सीआईबीको अनुसन्धानले एउटै विषय पुष्टि गरेका छन्। प्रतिवेदनमा सूर्यदर्शनका ८७ ‘शंकास्पद ऋणी’ को सूचीमा पूर्वउपराष्ट्रपति नन्दबहादुर पुनका छोरा दीपेश पुनको नाम ६ र २६ नम्बरमा, रवि लामिछानेको नाम १९ नम्बरमा, गितेन्द्रबाबु राईको नाम २१ नम्बरमा छ। लामिछानेले चेक तथा नगदबाट एक करोड लिएका छन्।

स्रोत : नेपाल समाचारपत्र

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

यसरी बन्दैछ इलाका प्रहरी कार्यालय इटहरीको ‘कामचलाउ’ भवन
यसरी बन्दैछ इलाका प्रहरी कार्यालय इटहरीको ‘कामचलाउ’ भवन
डेंगु सङ्क्रमितको सङ्ख्या २८ हजार नाघ्यो, १२ जनाको मृत्यु
डेंगु सङ्क्रमितको सङ्ख्या २८ हजार नाघ्यो, १२ जनाको मृत्यु
खानेपानीमन्त्री यादवको राजीनामा दिने घोषणा
खानेपानीमन्त्री यादवको राजीनामा दिने घोषणा
भरतपुरमा भूमिगत विद्युतीकरणको काम ८० प्रतिशत सम्पन्न, लागत एक अर्ब ४० करोड
भरतपुरमा भूमिगत विद्युतीकरणको काम ८० प्रतिशत सम्पन्न, लागत एक अर्ब ४० करोड
आजको मौसमःयी स्थानमा मेघगर्जनसहित मध्यम वर्षाको सम्भावना
आजको मौसमःयी स्थानमा मेघगर्जनसहित मध्यम वर्षाको सम्भावना
नयाँ वर्षमा नयाँ ऊर्जा, सङ्कल्प र सम्भावनाको खोजी गर्छाैं : प्रधानमन्त्री ओली
नयाँ वर्षमा नयाँ ऊर्जा, सङ्कल्प र सम्भावनाको खोजी गर्छाैं : प्रधानमन्त्री ओली
मिडिया क्षेत्रलाई संसद अन्तर्गत राख्नुपर्छः सांसद भट्टराई
मिडिया क्षेत्रलाई संसद अन्तर्गत राख्नुपर्छः सांसद भट्टराई
बलिउड अभिनेता शाहरुखको सिग्नेचर स्टेप गिनिज बुकमा
बलिउड अभिनेता शाहरुखको सिग्नेचर स्टेप गिनिज बुकमा
सुनसरीको विवादपछी सर्लाहीमा डिजे प्रयोगमा प्रतिबन्ध
सुनसरीको विवादपछी सर्लाहीमा डिजे प्रयोगमा प्रतिबन्ध
शिक्षकहरुको आन्दोलन आज पनि जारी
शिक्षकहरुको आन्दोलन आज पनि जारी