रौतहटको बर्थिङ सेन्टरमा सुत्केरी महिलाको मृत्यु भएपछि अवस्था तनावग्रस्त

प्रेस संवाददाता प्रेस संवाददाता
|
शुक्रबार, भाद्र २१, २०८१
|
|
५१ पटक हेरिएको
Shares
रौतहटको बर्थिङ सेन्टरमा सुत्केरी महिलाको मृत्यु भएपछि अवस्था तनावग्रस्त

सारांश

  • रौतहटको गरुडा नगरपालिका–५ शिवनगरस्थित स्वास्थ्य चौकीमा रहेको बर्थिङ सेन्टरमा एकजना सुत्केरी महिलाको मृत्यु भएपछि अवस्था तनावग्रस्त बनेको छ ।
  • चिकित्सकको लापरबाहीले सुत्केरी महिलाको ज्यान गएको भन्दै शुक्रबार पीडित परिवारले अस्पताल घेराउ गरेपछि त्यहाँको अवस्था तनावग्रस्त बनेको हो।
  • बर्थिङ सेन्टरमा अहिले ठुलो सङ्ख्यामा नेपाल र सशस्त्र प्रहरी परिचालन गरिएको छ ।

 

२१ भदौ , रौतहट । रौतहटको गरुडा नगरपालिका–५ शिवनगरस्थित स्वास्थ्य चौकीमा रहेको बर्थिङ सेन्टरमा एकजना सुत्केरी महिलाको मृत्यु भएपछि अवस्था तनावग्रस्त बनेको छ ।चिकित्सकको लापरबाहीले सुत्केरी महिलाको ज्यान गएको भन्दै शुक्रबार पीडित परिवारले अस्पताल घेराउ गरेपछि त्यहाँको अवस्था तनावग्रस्त बनेको हो। बर्थिङ सेन्टरमा अहिले ठुलो सङ्ख्यामा नेपाल र सशस्त्र प्रहरी परिचालन गरिएको छ । गरुडा ५ शिवनगर बस्ने अरबिन्द साहको श्रीमती वर्ष २५ की रमिता देवीलाई सुत्केरी व्यथा लागी सुत्केरी गराउन उक्त स्वास्थ्य चौकीमा बिहीबार साँझ ल्याएकोमा नर्मल सुत्केरी भएको थियो। सुत्केरी पछि बढी रक्तस्राव भएको कारण सुत्केरी महिलालाई थप उपचारको लागि आज बिहान बजे वीरगन्जतर्फ रेफर गरेकोमा वीरगन्जस्थित ईन्डो नेपाल अस्पतालमा बिरामीको उपचारको क्रममा बिहान ९ बजे मृत्यु भएको जिल्ला प्रहरी प्रमुख एसपी दिलीप घिमिरेले बताए ।चिकित्सकको लापरबाहीले अत्यधिक रक्तस्राव भएर शिवनगरबाट वीरगन्ज लैजाने क्रममा उक्त महिलाको मृत्यु भएको भन्दै पीडित परिवार र उनका आफन्तहरूले स्वास्थ्य चौकी शिवनगर अगाडि मृतक महिलाको शव राखेर दोषी चिकित्सकलाई कारबाहीको माग गर्दै प्रदर्शन गरिरहेका छन् । चिकित्सकको चरम लापरबाहीका कारण अत्यधिक रक्तस्राव भएर वीरगन्ज लैजाने क्रममा सुत्केरी आमाको मृत्यु भएको पीडित परिवारको आरोप छ ।  जिल्ला प्रहरी कार्यालय रौतहटका प्रमुख एसपी दिलीप घिमिरेले घटनाको पुष्टि गर्दै गरुडा नगरपालिकामा दुई पक्षीय वार्ता जारी रहेको तथा अस्पतालमा क्षति हुन नदिन प्रहरी परिचालन गरिएको जानकारी दिए ।

मृत्युपछि आक्रोशित मृतकका आफन्तहरूले शिवनगरस्थित गौर चपुर सडक खण्डमा आई बाटो अवरोध गरेको थियो । प्रहरीले बाटो सुचारु गराई सम्झाई बुझाई गर्ने कार्य भइरहेको एसपी घिमिरेले जानकारी दिए

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

प्राविधिक शिक्षा परिषद्द्वारा नयाँ र परिमार्जित पाठ्यक्रमहरू लागू
प्राविधिक शिक्षा परिषद्द्वारा नयाँ र परिमार्जित पाठ्यक्रमहरू लागू
प्रहरीमा स्वच्छता, निष्पक्षता, पारदर्शिता हुनुपर्छ: प्रधानमन्त्री ओली
प्रहरीमा स्वच्छता, निष्पक्षता, पारदर्शिता हुनुपर्छ: प्रधानमन्त्री ओली
कैलाली र कञ्चनपुरमा लागुऔषधसहित ८ जना पक्राउ
कैलाली र कञ्चनपुरमा लागुऔषधसहित ८ जना पक्राउ
सुनसरीबाट लागुऔषधसहित एक पक्राउ
सुनसरीबाट लागुऔषधसहित एक पक्राउ
यसरी तयार गरेर न्युयोर्क पठाइयो राष्ट्रसंघमा प्रधानमन्त्री शाहले गर्ने भाषण, १४ मिनेटमा के–के बोल्दैछन्
यसरी तयार गरेर न्युयोर्क पठाइयो राष्ट्रसंघमा प्रधानमन्त्री शाहले गर्ने भाषण, १४ मिनेटमा के–के बोल्दैछन्
भारतीय राजदूत श्रीवास्तवको अवस्था सुधार उन्मुख, जनरल वार्डमा सार्ने तयारी
भारतीय राजदूत श्रीवास्तवको अवस्था सुधार उन्मुख, जनरल वार्डमा सार्ने तयारी
धरानमा एमाले उमेदवारबीच कुटाकुट, उपचार गराउँदै छन् घाइते
धरानमा एमाले उमेदवारबीच कुटाकुट, उपचार गराउँदै छन् घाइते
एसजेवीएनद्वारा प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १ करोड सहयोग
एसजेवीएनद्वारा प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १ करोड सहयोग
कैलाली जिल्ला कारागारमा कैदीबन्दीको मृ*त्यु
कैलाली जिल्ला कारागारमा कैदीबन्दीको मृ*त्यु
काठमाडौं महानगरपालिकाविरुद्ध व्यवसायीहरुको प्रदर्शन
काठमाडौं महानगरपालिकाविरुद्ध व्यवसायीहरुको प्रदर्शन