धरानमा एमाले उमेदवारबीच कुटाकुट, उपचार गराउँदै छन् घाइते

प्रेस संवाददाता प्रेस संवाददाता
|
शुक्रबार, मंसिर १२, २०८२
|
|
३५ पटक हेरिएको
Shares
धरानमा एमाले उमेदवारबीच कुटाकुट, उपचार गराउँदै छन् घाइते

सारांश

  • नेकपा (एमाले) सुनसरी क्षेत्र नम्बर–१ मा महाधिवेशन प्रतिनिधि मनोनयन दर्ता गराउने क्रममा उमेदवारबीच कुटाकुट भएको छ ।
  • कोसी प्रदेशका पूर्वमुख्यमन्त्री भीम आचार्यका निजी सचिव तथा एमाले सुनसरी जिल्ला कमिटी सदस्य अनिल राजधामीमाथि पार्टीकै अर्को समूहले कुटपिट गरेको हो ।
  • कुटपिटबाट घाइते भएका राजधामीले अनुहारमा चोट लागेको र आफू यति बेला धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचाररत रहेको बताए ।

१२ मंसिर, विराटनगर ।

नेकपा (एमाले) सुनसरी क्षेत्र नम्बर–१ मा महाधिवेशन प्रतिनिधि मनोनयन दर्ता गराउने क्रममा उमेदवारबीच कुटाकुट भएको छ । कोसी प्रदेशका पूर्वमुख्यमन्त्री भीम आचार्यका निजी सचिव तथा एमाले सुनसरी जिल्ला कमिटी सदस्य अनिल राजधामीमाथि पार्टीकै अर्को समूहले कुटपिट गरेको हो ।कुटपिटबाट घाइते भएका राजधामीले अनुहारमा चोट लागेको र आफू यति बेला धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचाररत रहेको बताए ।

‘‘मेरो अनुहार सुन्निएको छ, चिकित्सकले ग्लान्ड्समा पनि चोट लागेको भन्नुभएको छ । भिडियो एक्सरेपछि सीटीस्क्यान गर्ने तयारीमा छु,” उनले भने, “म अहिले बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा छु ।’’ धरानस्थित एमाले पार्टी कार्यालयनजिकै बिहीबार (मंसिर ११) बेलुका युवा संघ कोसी इन्चार्ज दिवस राई, धरान उपमहानगरपालिका–१० का वडाध्यक्ष विवेक राईसहितको समूहले आफूलाई कुटपिट गरी गम्भीर घाइते बनाएको राजधामीले बताए । उनलाई तत्कालै विजयपुर अस्पताल लगेर उपचार गरिएको थियो । शुक्रबार (मंसिर १२) थप चेकजाँचका निम्ति बीपी प्रतिष्ठान पुगेको उनले सुनाए  ।

युवा कोटामा मनोनयनपत्र दर्ता गराएपछि फिर्ता लिन भन्दै दबाब दिइएको र नलिने अडान लिएका कारण आक्रमण गरिएको उनको भनाइ छ । राजधामी र दिवस दुवैले महाधिवेशनमा युवातर्फका प्रतिनिधिका निम्ति मनोनयनपत्र दर्ता गराएका थिए । एमाले धरान उपमहानगरका सचिव योगेशबाबु काफ्लेले मनोनयन दर्ताका क्रममा विवाद भएको र दुवै पक्षले मिलापत्र गरिसकेको बताए । उनले भने, ‘‘उहाँहरूले मिलापत्र गरिसक्नुभएको छ ।’’

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

प्रदेशसभाको बन्द सूचीमा रहेका १९ जनाको नाम हटाउने कांग्रेसको निर्णय
प्रदेशसभाको बन्द सूचीमा रहेका १९ जनाको नाम हटाउने कांग्रेसको निर्णय
दुई/चार दिनमै नयाँ गभर्नर पाउँछौंः प्रवक्ता गुरुङ
दुई/चार दिनमै नयाँ गभर्नर पाउँछौंः प्रवक्ता गुरुङ
पूर्वाधार कार्यालयको दाबी अवरोधका बाबजुद समयमै योजना कार्यान्वयन र भुक्तानी
पूर्वाधार कार्यालयको दाबी अवरोधका बाबजुद समयमै योजना कार्यान्वयन र भुक्तानी
बंगलादेशमा विमान दुर्घटना : मृतकको संख्या २७ पुग्यो, १७१ जना घाइते
बंगलादेशमा विमान दुर्घटना : मृतकको संख्या २७ पुग्यो, १७१ जना घाइते
शानदार प्रदर्शनसँगै लुम्बिनीले जित्यो नेपाल प्रिमियर लिग २ को उपाधि, सुदूरपश्चिम फेरि स्तब्ध
शानदार प्रदर्शनसँगै लुम्बिनीले जित्यो नेपाल प्रिमियर लिग २ को उपाधि, सुदूरपश्चिम फेरि स्तब्ध
रास्वपाले मधेशमा केन्द्रीय समिति र संसदीय दलको बैठक गर्ने
रास्वपाले मधेशमा केन्द्रीय समिति र संसदीय दलको बैठक गर्ने
निर्माणाधीन फास्ट ट्रयाकमा टिपर दुर्घटना, एकको मृत्यु
निर्माणाधीन फास्ट ट्रयाकमा टिपर दुर्घटना, एकको मृत्यु
जनकपुर बोल्ट्सका आसिफ डकआउट
जनकपुर बोल्ट्सका आसिफ डकआउट
कृषि अनुदानमा हुने बदमासीको अन्त्य भएको छ : कृषि मन्त्री अधिकारी
कृषि अनुदानमा हुने बदमासीको अन्त्य भएको छ : कृषि मन्त्री अधिकारी
भारतीय प्रधानन्यायाधीश भूषण रामकृष्ण गवईले गरे लुम्बिनी भ्रमण
भारतीय प्रधानन्यायाधीश भूषण रामकृष्ण गवईले गरे लुम्बिनी भ्रमण