निर्माणाधीन फास्ट ट्रयाकमा टिपर दुर्घटना, एकको मृत्यु

प्रेस संवाददाता प्रेस संवाददाता
|
शुक्रबार, मंसिर २१, २०८१
|
|
३४ पटक हेरिएको
Shares
निर्माणाधीन फास्ट ट्रयाकमा टिपर दुर्घटना, एकको मृत्यु

सारांश

  • निर्माणाधीन तराई-काठमाडौं द्रुतमार्ग (फास्ट ट्रयाक) मा टिपर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ ।
  • बकैया गाउँपालिका– ५ झाक्रीडाँडा नजिक निर्माणाधीन सडकमा भएको दुर्घटनामा एक जनाको ज्यान गएको हो ।
  • हात्तीसुडेबाट फास्ट ट्रयाकको बाटोको लागि ग्रावेल लिई जाँदै गरेको ना ८ ख २४३० नम्बरको ट्रिपर आफैं अनियन्त्रित भई सडकबाट करिब २५–३० मिटर तल खोल्सामा खसेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

 

२१ मंसिर, हेटौंडा । निर्माणाधीन तराई-काठमाडौं द्रुतमार्ग (फास्ट ट्रयाक) मा टिपर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । बकैया गाउँपालिका– ५ झाक्रीडाँडा नजिक निर्माणाधीन सडकमा भएको दुर्घटनामा एक जनाको ज्यान गएको हो ।

हात्तीसुडेबाट फास्ट ट्रयाकको बाटोको लागि ग्रावेल लिई जाँदै गरेको ना ८ ख २४३० नम्बरको ट्रिपर आफैं अनियन्त्रित भई सडकबाट करिब २५–३० मिटर तल खोल्सामा खसेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ । कार्यालयका अनुसार दुर्घटनामा टिपर चालक सानु लोको मृत्यु भएको हो ।

 

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?